मेयर नेपालीविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा,डेढ अर्ब विगो

बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा दर्ता भएको छ । जिल्ला सरकारी वकील कार्यालय बागलुङले नेपालीविरुद्ध एक अर्ब ५८ करोडको बिगो दाबीसहित मुद्दा दायर गरेको हो ।

बिज्ञापन

मुद्दामा बिगोको दोब्बर जरिवाना र कसुरको मात्राअनुसार २ वर्षदेखि १५ वर्षसम्म कैद सजाय र सहकारी संस्थाको पदाधिकारी भएकाले संस्थामा रहेको सेयर रकम ४० लाख, नगद रकम १ लाख २० हजार र नेपालीको नाममा दर्ता कायम कायम रहेको जग्गा कित्ता ३३ समेत जफत गर्न मागदाबी गरिएको छ ।

बिज्ञापन

प्रतिवादीहरू देवकुमार नेपालीसमेतले १ हजार ५ सय ४३ जना बचतकर्ताको १ अर्ब ३३ करोड ९२ लाख ५० हजार ३ सय १४ रुपैयाँ सो सहकारी संस्थाका उपाध्यक्ष डोरबहादुर परियार, सचिव सुनील नेपाली, कोषाध्यक्ष लक्ष्मी सेन सुनार, सदस्य चित्रबहादुर भण्डारी, सदस्य रूपा विक, सदस्य झगबहादुर शाहीको समेत निर्देशनमा इमेज बचत तथा ऋण सहकारी संस्था बागलुङका शाखा प्रबन्धक शक्ति किसान, लेखा प्रमुख लालमती रोका, सेवा केन्द्र बुर्तिबाङकका लेखा प्रमुख अनिता बुढामगर, सेवा केन्द्र गलकोटका शाखा प्रबन्धक अनिल नेपालीले बचतकर्ताको बचत अपचलन गर्ने उद्देश्यले कृत्रिम खाता खोली रकम जम्मा गरेको विभागले फेला पारेको छ ।

सहकारी ठगीकै आरोपमा पक्राउ मेयर नेपाली इमेज सहकारीको बचत डुबाएर २०८० जेठदेखि फरार थिए । बागलुङको ढोरपाटन नगरपालिकाका मेयर समेत रहेका नेपाली इमेज सहकारीको बचत डुबाएर २०८० जेठदेखि फरार थिए । २०८० माघमा नेपाल प्रहरीको अनुरोधमा इन्टरपोलले नेपालीविरुद्ध ‘रेड नोटिस’ जारी गरेको थियो । त्यसपछि भारतीय प्रहरीले उनलाई नयाँदिल्लीबाट पक्राउ गरेको थियो ।
२०८० माघमा नेपाल प्रहरीको अनुरोधमा इन्टरपोलले नेपालीविरुद्ध ‘रेड नोटिस’ जारी गरेको थियो । त्यसपछि दिल्ली प्रहरीले उनलाई नयाँदिल्लीबाट पक्राउ गरेको थियो ।

बिज्ञापन

नेपालीकी पत्नी एवं प्रतिवादी छेला नेपालीलाई बिगो ६ करोड ९८ लाख ८० हजार रुपैयाँ र उनको गाउँमा विभिन्न स्थानमा रहेको १७ कित्ता जग्गा जफतको मागदाबीसहित कैद र जरिवानासमेतको मागदाबी गरिएको छ ।

बागलुङ र पोखरामा इमेज सहकारी खोलेर उनको समूहले १ हजार ५ सयभन्दा बढी बचतकर्ताको डेढ अर्बभन्दा बढी रकम अपचलन गरेको मुद्दा बागलुङ जिल्ला अदालतमा विचाराधीन छ । सहकारी ठगी मुद्दामा नेपाली जेलमा छन् ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

दलहरुको संगठनलाई मान्यता नदिइने मन्त्री पुनको घोषणा,संघ संगठन स्वतन्त्र बनाउन निर्देश

१५ करोडको खरिद प्रक्रिया रद्द, स्वास्थ्य सेवा विभाग विवादमा

पढ्नमा को अगाडि,चोर्नमा को अगाडि ?

आन्दोलित कर्मचारीलाई अर्थमन्त्रीले फकाए,डेढ महिनापछि फर्किए काममा

कोडैनामा ‘खाना-खाजा’ मै सत्र लाखको बिल !

केभिआर समिट च्यालेन्जसमा विशाल र मारिजे पहिलो

कोरला नाकामा थपियो उपसचिवको दरबन्दी,सिण्डिकेटवाला व्यवसायीको रुवावासी

अर्थमन्त्रीका विवादित निर्णय रोक्दै घर जान लागेका मुख्य सचिव

बिशेष