अर्थ मन्त्रालयमा राजश्व सचिवको दरबन्दी कटौती भएको हो ?

सरकारले दुई सचिवको दरवन्दी रहेको अर्थ मन्त्रालयले तत्कालका लागि एक सचिवले मात्रै काम चलाउने भएको छ।
अहिले अर्थ,उर्जा,कषि,शिक्षा र विज्ञान,उद्योग वाणिज्य लगायतका मन्त्रालयमा दुई दुई जना सचिवको दरबन्दी रहेको छ । जसमध्ये अर्थ मन्त्रालयमा एकै जना सचिवले काम चलाइने भएको हो ।

बिज्ञापन

अनेकन आयोगहरुले एक मन्त्रालय एक जना मात्रै सचिव पुग्ने बताइए पनि कार्यन्वयन हुन सकेको छैन । मंगलबारको मन्त्रिपरिषद् बैठकले गृह सचिव गोकर्णमणि दुवाडीलाई राष्ट्रिय योजना आयोगमा पठाएर गृह सचिवमा रक्षाबाट रामेश्वर दंगाललाई लगेको थियो भने रक्षामा सुमनराज अर्याललाई लगेको थियो । यस्तै राजस्व सचिव दिनेश घिमिलाई सरूवा गरेर प्राकृतिक स्रोत तथा वित्त आयोगमा खटाइएकोमा राजस्व सचिवको जिम्मेवारीमा भने कसैलाई सरूवा गरिएको छैन।

बिज्ञापन

अर्थ मन्त्रालय स्रोतका अनुसार अर्थमन्त्री रामेश्वर खनालले तत्काल अर्को सचिव नचाहिने बताएका छन्। अहिले अर्थसचिवमा घनश्याम उपाध्याय कार्यरत छन्। अर्थमन्त्रालय अन्तर्गतको निकाय महालेखा नियन्त्रकको जिम्मेवारीमा सचिव शोभाकान्त पौडेल छन्।

अर्थ मन्त्रालय स्रोतका अनुसार एक जना सचिवका लागि एक वर्षमा कम्तीमा २० लाख रूपैयाँ खर्च हुन्छ, त्यो पनि विभिन्न किसिमका भत्ताबाहेक।

बिज्ञापन

खनाल अर्थमन्त्री भएसँगै तीन सहसचिवको जिम्मेवारी हेरफेर गरिसकेका छन् भने राजश्व सचिव पनि सरुवा गरेका हुन ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

सशस्त्र प्रहरीको प्रवक्तामा डीआईजी कार्की

विदा लिएपछि कहाँ गए ५२९ सरकारी कर्मचारी ? बढुवा, सरुवा र पदस्थापनको अभिलेखसमेत नदेखिएपछि विशेष छानबिन सुरु

भेप तस्करीको जालो कहाँसम्म ? प्रधानमन्त्री बालेन्द्र शाहले कहिले खोज्लान् वास्तविक नाइके ?

४० हजार घुससहित पक्राउ परे नासु

सरकारका सह सचिव बेपत्ता

विदा लिएर कहाँ हराए ५२९ कर्मचारी ? सरकारी अभिलेखमै भेटिए गम्भीर प्रश्न

करारका अमिनसँग १ करोड १२ लाख अवैद्य आम्दानी,तोकियो एक बर्ष कैद

मुस्ताङको भेप अनुसन्धानमै जालझेल, मुख्य नाइके जोगाएर भरियामाथि मात्रै मुद्दा ?

बिशेष