मनोज केसीलाई सिआइबीको जिम्मेवारी

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को प्रमुखमा अतिरिक्त महानिरीक्षक (एआईजी) डा मनोजकुमार केसीलाई सरुवा गरिएको छ।

बिज्ञापन

आइतबार बसेको मन्त्रिपरिषद बैठकले उक्त निर्णय गरेको हो। केसी हाल प्रदेश समन्वय विभागमा कार्यरत छन्। यसअघिका सीआईबी प्रमुख समेत रहेका चन्द्रकुवेर खापुङ प्रहरी महानिरीक्षक नियुक्त भएपछि रिक्त रहेको स्थानमा केसीलाई पठाइएको हो ।

बिज्ञापन

केसी तिनै प्रहरी अधिकृत हुन जो एसएसपी हुँदा ०७९ पुस २८ गते काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको जिम्मा दिइएको थियो। त्यहाँ रहँदा नक्कली भुटानी शरणार्थी प्रकरण अनुसन्धान गरे वापत पटक पटक सरूवामात्र होइन बढुवामा समेत अन्याय गरिएको थियो। भुटानी शरणार्थी प्रकरणको अनुसन्धान गरेका कारण उनलाई निवर्तमान सत्ताले रिसिइवी साँधेको प्रहरी वृत्तमा चर्चा सुन्न पाइन्थ्यो ।

अन्तरिम सरकार बनेसँगै मानव स्रोत विकास विभागका प्रमुख समेत रहेका एआईजी दानबहादुर कार्कीलाई  काठमाडौँ उपत्यका प्रमुखमा जिम्मेवारी पाएका छन् भने प्रदेश समन्वय विभागमा थन्काइएका मनोज केसीलाई सिआइवीमा खटाइएको छ ।

बिज्ञापन

यसैबीच राष्ट्रिय अनुसन्धान विभागको मुख्य अनुसन्धान निर्देशकमा टेकेन्द्र कार्की नियुक्त भएका छन् । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले अतिरिक्त मुख्य अनुसन्धान निर्देशक कार्कीलाई गुप्तचर प्रमुखमा नियुक्त गरेको हो ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

दक्षिण एशियामै नेपालको आर्थिक बृद्धिदर कमजोर,आगामी बर्ष २ दशमलव १ प्रतिशतमा सीमित रहने प्रक्षेपण

बाढी पहिरोपीडितलाई अस्थायी आवास बनाउन तत्काल ५० हजार अनुदान

सम्पत्ति शुद्धीकरण विभागको महानिर्देशकमा ठाकुर

मन्त्री नभएको मौका छोपेर सयौं कर्मचारीको गुपचुप सरुवा,अत्याचार भयो भन्दै प्रम कार्यालयमा पुग्यो उजुरी

विपद् व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक जारी

जेनजी मुभमेन्ट अलायन्सद्वारा अख्तियार प्रमुखको राजीनामा माग, आयोग परिसरमा सुरक्षा कडा

१८ जना प्रहरीलाई साता दिनभित्र हाजिर हुन निर्देशन, नत्र बर्खास्त हुने

कृत्रिम बुद्धि र डिजिटल मानववाद(कविता)

बिशेष