मुस्ताङ भन्सार संचालनमा आएपछि चीन–नेपाल व्यापार सहज, करोडौं राजस्व संकलन

रसुवा र तातोपानी भन्सार अवरुद्ध भएपछि चीन–नेपालबीचको वैदेशिक व्यापारलाई सहज बनाउन मुस्ताङ जिल्लास्थित मुस्ताङ भन्सार कार्यालय, नेचुङ (कोरला नाका) मिति २०८२ भाद्र ३० गतेदेखि पूर्ण रूपमा संचालनमा आएको छ।

बिज्ञापन

 

बिज्ञापन

मिति २०८२ असोज ४ गतेसम्म मुस्ताङ भन्सार कार्यालयमार्फत २०९ वटा विद्युतिय गाडी र १०७ वटा मालबाहक ढुवानी साधनमा रहेका मालवस्तु जाँचपास गरिएको छ। यस अवधिमा जम्मा ३४ करोड ४७ लाख ४५ हजार २५२ रुपैयाँ राजस्व संकलन भएको भन्सार विभागले जनाएको छ।

 

बिज्ञापन

यस नाकामा हाल आशिकुडा प्रणाली (ASYCUDA System) समेत सञ्चालन भइसकेको छ। साथै नेपाल राष्ट्र बैंकको मिति २०८२ भाद्र ३१ गतेको परिपत्र अनुसार मुस्ताङ भन्सार कार्यालयलाई पनि चिनियाँ भूभाग हुँदै प्रतितपत्र (Letter of Credit – LC) मार्फत सामान आयात गर्न एकीकृत परिपत्र २०८१ मा समावेश गरिसकिएको छ।

 

यसअघि २०८२ असार २४ गते रसुवाको लेहेन्दे खोलामा आएको बाढीका कारण रसुवा भन्सार कार्यालय पूर्ण रूपमा बन्द भएको थियो भने तातोपानी भन्सार कार्यालयतर्फ कोदारी राजमार्गमा आएको पहिरोका कारण आवतजावत अवरुद्ध भएको थियो। यस्तो अवस्थामा वैकल्पिक रूपमा मुस्ताङ भन्सारको संचालनले चीनसँगको व्यापारिक गतिविधि सुचारु हुने विश्वास गरिएको छ।

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

प्रधानमन्त्री कार्यालयमा सचिवको पल्टन,चार निकाय सचिवविहीन

आयल निगममा तेल चोर्नेदेखि ओभरटाइमको नाममा मासिक ५० लाख खानेसम्म

मनसुनको जोखिम बढ्दै, देशभर ५४ स्थानमा सशस्त्र प्रहरीको प्रतिकार्य बेस स्थापना

टेरामक्स भ्रष्टाचार मुद्दा : पूर्वमन्त्री मोहन बस्नेतसहित १९ प्रतिवादीको मुद्दामा आज फेरि सुनुवाइ

‘मनसुनजन्य विपद् प्रतिकार्यका लागि सुरक्षा निकाय र सरकारी संयन्त्र उच्च शतर्कतामा’

अर्थका दुई महत्वपूर्ण विभाग निमित्तको भरमा,६ सहसचिवको दरबन्दी रिक्त

डिभी र पिआरधारी चार अधिकृतलाई १५ दिने स्पष्टीकरण

३० शाखा अधिकृतको पदस्थापन : २५ पुगे भन्सार विभाग,५ लाई आन्तरिक राजश्व

बिशेष