ओझालाई हाजिर नगराउन अर्थ मन्त्रालयको आदेश

अर्थ मन्त्रालयले नेपाल बीमा प्राधिकरणबाट पदमुक्त भएका शरद ओझालाई प्राधिकरणमा अध्यक्षको रूपमा हाजिर नगर्न वा नगराउन भन्दै पत्र काटेको छ । थप निर्णय नहुँदासम्मका लागि हाजिर नगर्न भन्दै बिहीबार प्राधिकरणलाई पत्र पठाएको मन्त्रालयले जनाएको छ ।

बिज्ञापन

मन्त्रालयले काटेको पत्रमा भनिएको छ, शरद ओझाको पुनर्वहाली सम्बन्धमा हालसम्म कुनै निर्णय नभएकोले के कुन आधारमा उनलाइ पदबहाली गराइएको हो सोको आधार र कारण खुलाई पठाउन तथा पुनर्वहाली गर्ने निर्णय नभएसम्म अध्यक्षको पदमा हाजिर गराउने सम्बन्धी कुनै कार्य नगर्नु नगराउनु हुन मिति २०७२।६।२ को निर्णय अनुसार अनुरोध गरिएको छ ।

बिज्ञापन

अर्थ मन्त्रालयको पत्रमा ओझाले अध्यक्षको रुपमा २०८२ भदौ ३१ गते हाजिर गरेको भन्ने जानकारी आएको तर मन्त्रालले २०८२ भदौ २ गतेनै पदमुक्त गरेको हुनाले के कति कारणले प्राधिकरणमा हाजिर भएको खुलाइ पठाउन समेत बीमा प्राधिकरणलाई भनेको हो ।

ओझालाई अर्थमन्त्रालयले १३ फागुन २०८१ प्राधिकरणको अध्यक्ष नियुक्त गरेको थियो । तर, उनले फर्जी कागजपत्र पेश गरेको भन्दै अदालतमा रिट परेपछि मन्त्रालयले उनलाई ३० असार २०८२ निलम्बन गरेको थियो भने गत २ भदौ ०८१ मा बर्खास्त गरेको थियो ।

बिज्ञापन

प्राधिकरणको नियुक्ति प्रक्रियामा अनुभवको फर्जी कागजपत्र बुझाएको भन्दै मन्त्रालयले अध्यक्ष ओझालाई गत २०८२ असार ३० गते निलम्बन गरेको थियो । ओझा निलम्बनमा परेपछि मन्त्रालयका सह सचिव सेवन्तक प्रोख्रेलललाई प्राधिकरणको अध्यक्षको जिम्मेवारी दिइएको थियो ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

कर्मचारीको विदेश भ्रमणमा कडाइ

मन्त्रिपरिषद्को पाँच निर्णय : कासमूमा ७५ प्रतिशत अंक कटाउनेलाई कर्मचारीलाई मात्र प्रोत्साहन भत्ता

डीएफओ र वन अधिकृतहरुको सरुवा

बढ्यो राष्ट्रपति, प्रधानमन्त्रीदेखि सांसदको तलब ,कसको कति ?

किशोर श्रेष्ठलाई बरामद सामानसहित सोमबार सर्वाेच्च अदालतमा उपस्थित गराउन आदेश

चौंथोदेखि सातौं तहसम्म २५ करार कर्मचारी भर्ती गर्दै वैकल्पिक उर्जा केन्द्र

किशोर श्रेष्ठको बन्दीप्रत्यक्षीकरण रिटको सुनुवाई न्यायधीश ढकालको इजलाशमा

सचिव बढुवाका लागि तीन सहसचिवको नाम सिफारिस

बिशेष