अर्थमन्त्री पौडेलका प्रिय सहसचिव बराल

अर्थ मन्त्रालयका २५ सहसचिव कार्यरत छन् तीमध्ये अर्थमन्त्री विष्णु पौडेलले एक सहससिचवलाई छानी छानी पाँच पाँच वटा महत्वपूर्ण जिम्मेवारी दिएको भेटिएको छ । यसरी छानीछानी विभिन्न जिम्मेवारी पाउने सहसचिव हुन्,महेश बराल ।
बराल यस अघि धितोपत्र वोर्डका अध्यक्ष थिए,त्यहाँ व्यापारी दिपक भट्टका योजना अनुसार सन्तोषनारायण श्रेष्ठ नियुक्त भएसँगै अहिले धितोपत्र वोर्डका सञ्चालक समितिका सदस्यको भूमिकामा छन् । उनै बराललाई स्वार्थको द्धन्द हुने गरी अर्थमन्त्री विष्णु पौडेलले नेपाल पुनर्बीमा कम्पनीको सञ्चालक मनोनयन गरेका छन् । त्यहाँ पुगेको भोलिपल्टै सो संस्थाको शेयर संरचना परिवर्तन गरेर उनी विवादमा तानिएका छन् । मन्त्रालयले वरालको संयोजकत्वमा बजेट अनुशासन सुदृढ गर्न कानून निर्माणका लागि पाँच सदस्यीय कार्यदल बनाएको छ । मन्त्रालयको वित्तीय संघीयता समन्वय महाशाखा प्रमुख बरालका अलवा मन्त्रालयका बजेट महाशाखाका उपचिव, अर्थ मन्त्रालय कानून तथा फैसला महाशाखाका उपसचिव र विषय विज्ञमा पूर्व सहसचिव निर्मलहरी अधिकारी सदस्य रहेका छन् ।

बिज्ञापन

कार्यदलको सदस्य सचिवमा वित्तीय संघीयता महाशाखाका उपसचिव रहेका छन् । बजेटको बुँदा नं ३७१ मा संविधानले निर्दिष्ट गरे बमोजिम संघ, प्रदेश र स्थानीय तहमा बजेट अनुशासन सुदृढ गर्न कानुन निर्माण गर्ने र तीनै तहमा लागू हुने गरी सार्वजनिक खर्च मापदण्ड तर्जुमा गर्ने उल्लेख छ । बजेटमा रहेको व्यवस्थालाई कार्यान्वयन गर्न अर्थ मन्त्रालयले कार्यदल गठन गरेको हो । यस्का अलवा बराल राष्ट्रिय वीमा प्राधिकरणको अध्यक्ष, नेपाल आयल निगमका समेत सञ्चालक समितिमा छन् । हालैमात्र नेपाल पुर्नवीमा प्राधिकरणको सञ्चालकका रुपमा मनोनयन गरेर पठाइएको छ ।

बिज्ञापन

यसरी दुई दर्जन सहसचिवहरुमध्ये अर्थ मन्त्री विष्णु पौडेलले किन यी सहसचिव बराल मात्र छानीछानी महत्वपूर्ण जिम्मेवारी दिएका होलान् ?

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

आठ सहसचिवको आन्तरिक जिम्मेवारी हेरफेर

कर्मचारीलाई प्रोत्साहन भत्ता खुवाउने बाटो खुल्यो : ‘कर्मचारी प्रोत्साहन तथा पुरस्कार शीर्षक’मा रकमान्तर गर्न परिपत्र

१ लाख ६० हजार घुससहित पक्राउ परे अमिन,अख्तियारले लग्यो विशेषमा मुद्धा

कार्यालय सहयोगीदेखि दशौं तहसम्मका गरी १५५ कर्मचारीको सरुवा

विद्युत पोलकै कारण सडक आयोजना अलपत्र, राज्यलाई करोडौँको थप भार : महानिर्देशक जैसी

कासमूमा ७५ प्रतिशत अंक कटाउने कर्मचारीलाई मात्र प्रोत्साहन भत्ता

नयाँ सरकार बनेको चार महिनामै सिंहदरबारबाट महिला सचिव तितरबितर

मध्यराति भागेर ज्यान जोगाए कर्मचारी र सुरक्षाकर्मी, तातोपानी भन्सारमा ३२ करोडको एक्सरे मेसिन पनि प्रभावित

बिशेष