अर्थमन्त्री पौडेलका प्रिय सहसचिव बराल

अर्थ मन्त्रालयका २५ सहसचिव कार्यरत छन् तीमध्ये अर्थमन्त्री विष्णु पौडेलले एक सहससिचवलाई छानी छानी पाँच पाँच वटा महत्वपूर्ण जिम्मेवारी दिएको भेटिएको छ । यसरी छानीछानी विभिन्न जिम्मेवारी पाउने सहसचिव हुन्,महेश बराल ।
बराल यस अघि धितोपत्र वोर्डका अध्यक्ष थिए,त्यहाँ व्यापारी दिपक भट्टका योजना अनुसार सन्तोषनारायण श्रेष्ठ नियुक्त भएसँगै अहिले धितोपत्र वोर्डका सञ्चालक समितिका सदस्यको भूमिकामा छन् । उनै बराललाई स्वार्थको द्धन्द हुने गरी अर्थमन्त्री विष्णु पौडेलले नेपाल पुनर्बीमा कम्पनीको सञ्चालक मनोनयन गरेका छन् । त्यहाँ पुगेको भोलिपल्टै सो संस्थाको शेयर संरचना परिवर्तन गरेर उनी विवादमा तानिएका छन् । मन्त्रालयले वरालको संयोजकत्वमा बजेट अनुशासन सुदृढ गर्न कानून निर्माणका लागि पाँच सदस्यीय कार्यदल बनाएको छ । मन्त्रालयको वित्तीय संघीयता समन्वय महाशाखा प्रमुख बरालका अलवा मन्त्रालयका बजेट महाशाखाका उपचिव, अर्थ मन्त्रालय कानून तथा फैसला महाशाखाका उपसचिव र विषय विज्ञमा पूर्व सहसचिव निर्मलहरी अधिकारी सदस्य रहेका छन् ।

बिज्ञापन

कार्यदलको सदस्य सचिवमा वित्तीय संघीयता महाशाखाका उपसचिव रहेका छन् । बजेटको बुँदा नं ३७१ मा संविधानले निर्दिष्ट गरे बमोजिम संघ, प्रदेश र स्थानीय तहमा बजेट अनुशासन सुदृढ गर्न कानुन निर्माण गर्ने र तीनै तहमा लागू हुने गरी सार्वजनिक खर्च मापदण्ड तर्जुमा गर्ने उल्लेख छ । बजेटमा रहेको व्यवस्थालाई कार्यान्वयन गर्न अर्थ मन्त्रालयले कार्यदल गठन गरेको हो । यस्का अलवा बराल राष्ट्रिय वीमा प्राधिकरणको अध्यक्ष, नेपाल आयल निगमका समेत सञ्चालक समितिमा छन् । हालैमात्र नेपाल पुर्नवीमा प्राधिकरणको सञ्चालकका रुपमा मनोनयन गरेर पठाइएको छ ।

बिज्ञापन

यसरी दुई दर्जन सहसचिवहरुमध्ये अर्थ मन्त्री विष्णु पौडेलले किन यी सहसचिव बराल मात्र छानीछानी महत्वपूर्ण जिम्मेवारी दिएका होलान् ?

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

एमआरलाई अस्पताल प्रवेश निषेध

जेनजीको आन्दोलनका नाममा कर्मचारीलाई चलखेलको अवसर,विवादमा तानियो कलंकी मालपोत

राजस्व अनुसन्धान विभागकै गेटभित्र हरायो ४० करोड : बर्दिया डिस्टिलरी फाइलको रहस्य

उपसचिवको सरुवामा ५३ लाख डिल,दुई हाइप्रोफाइलविरुद्ध भ्रष्टाचार मुद्धा दायर

पूर्व प्रधानमन्त्री,मन्त्रीसहित सचिव र सह सचिवलाई विदेश भ्रमणमा रोक

दुई मन्त्री, पाँच विचौलियालाई प्रतिवादी बनाएर विशेष अदालत पुग्यो अख्तियार

बाघ भैरवबारे सामान्य जानकारी

१४ बर्षको इतिहासमा दोहोर्याएर महानिर्देशक,ग्रे लिष्टबाट बाहिर निकाल्ने मुख्य टिओआर

बिशेष