९ कार्यालय खारेज,३२ मर्ज : सचिवसहित १८५ कर्मचारीको दरबन्दी कटौती

गण्डकी प्रदेशमा एकै पटक १ सय ८५ बढी कर्मचारी कटौती हुने भएका छन् ।

बिज्ञापन

पूर्वसचिव शरदचन्द्र पौडेलको संयोजकत्वमा गठित ‘प्रदेश प्रशासनिक संरचना पुनरवलोकन, अध्ययन तथा सुझाव समिति’ र प्रमुख सचिव सचिव खगेन्द्र सुवेदीको संयोजकत्वमा अर्को समिति गठन भएको थियो । सोही प्रतिवेदनका आधारमा मन्त्रिपरिषदको पछिल्लो बैठकले ७ निर्देशनालयसहित ९ कार्यालय पूर्णतः खारेजी गर्ने र ३२ वटा कार्यालय एक आपसमा गाम्ने भएसँगै त्यहाँ कार्यरत रहेका सचिवसहितका १ सय ८५ बढी कर्मचारीहरु कटौतीमा पर्ने भएका हुन ।

बिज्ञापन

मन्त्रिपरिषद्को निर्णय अनुसार, कृषि विकास निर्देशनालय, पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय,स्वास्थ्य निर्देशनालय,शिक्षा विकास निर्देशनालय, प्रादेशिक स्वास्थ्य तालिम केन्द्र, प्रादेशिक स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, पर्यटन, उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय, प्रादेशिक स्वास्थ्य तालिम केन्द्र प्रादेशिक स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रहरु खारेजीमा परेका छन् । प्रदेश अन्तर्गत ११ जिल्लामा रहेका उद्योग पर्यटन र सामाजिक विकास कार्यालयहरूलाई घटाएर ६–६ वटामा झारिएको छ । अब एउटै कार्यालयले दुई जिल्ला हेर्ने गरी कार्यक्षेत्र तोकिएको छ । त्यसैगरी, मनाङ र मुस्ताङका कृषि ज्ञान केन्द्र र भेटेरिनरी अस्पताललाई गाभेर एक–एक वटा कार्यालय बनाइएको छ । क्षयरोग केन्द्र र स्वास्थ्य प्रयोगशाला गाभिएको छ ।

यो हिसाबले प्रदेशमा ३२ कार्यालय मर्ज गरेर १८५ कर्मचारी दरबन्दी कटौतीको निर्णय भएको छ । यी कार्यालय खारेजी र गाभ्दा १८५ दरबन्दी कटौती हुनेछ । तत्कालका लागि अधिकृतस्तरका ४१, सहायकस्तरका ९६ र श्रेणीविहीन ४८ कर्मचारीको दरबन्दी कटौती हुने मुख्यमन्त्री कार्यालयले जनाएको छ । यो निर्णयसँगै मन्त्रालयहरूले ३० दिनभित्र संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्नुपर्ने भएको छ ।

बिज्ञापन

यी कार्यालयहरु खारेजीमा जाँदा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको सचिव १,उपसचिव १ सहित १३,कृषि,भूमि व्यवस्था तथा सहकारी निवारण मन्त्रालयका २५,उर्जा जलश्रोत मन्त्रालयका २५,गण्डकी प्रदेश सचिवालय १,प्रदेश नीति तथा योजना आयोगका ३,उद्योग पर्यटन मन्त्रालय ९,उर्जा जलश्रोत मन्त्रालय १४,भौतिक मन्त्रालय ७,वन तथा वातावरण मन्त्रालय ३२,सामाजिक विकास,युवा तथा खेलकुद मन्त्रालय २४ कर्मचारीको दरबन्दी कटौतीमा पर्नेछ । यस्तै स्वास्थ्यको सबैभन्दा बढी ५७ कर्मचारीको दरबन्दी काटिने भएको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

सरुवा,बढुवादेखि आयोग खारेजीसम्म : यस्ता छन् मन्त्रिपरिषद्का २० निर्णय

मालपोतको सुव्वा,कम्युटर अपरेटर,भूमाफियासहित चार विरुद्ध पक्राउ पूर्जी जारी

प्रचण्ड र ओलीको सुरक्षार्थ खटिएका २७ सशस्त्र प्रहरी फिर्ता

काठमाडौं प्रशासनले एमालेलाई दिएन मोटरसाइकल र्याली र सभा गर्न अनुमति

सरकारी जग्गा व्यक्तिको नाममा! रंगेली मालपोतको सेटिङमा सुकुमबासी बस्ती बेचियो

१५ सहसचिवको सरुवा

राष्ट्रपतिले बोलाए प्रधानमन्त्री‍सहितको सर्वदलीय बैठक

मन्त्रीविहीन विभागमा मनपरी सरुवा, सतर्कता र हेलो सरकारमा उजुरी

बिशेष