महालक्ष्मी बैंकको करिब ३ करोड हिनामिना आरोपमा पूर्वप्रबन्धकसहित ४ जना कर्मचारी पक्राउ

काठमाडौं । महालक्ष्मी बैंकको करिब तीन करोड रुपैयाँ हिनामिना गरेको आरोपमा चार जना पूर्वकर्मचारी पक्राउ परेका छन् ।पक्राउ पर्नेमा तत्कालनी शाखा प्रवन्धक डोटी घर भई कैलालीको भजनी नगरपालिका-७ बस्ते ३५ वर्षीय सागर शाही, शैल्यशिखर-९ घर भई नगद विभागमा काम गर्ने २९ वर्षीया निर्मला साउँद, बैतडीको पुर्चौडी नगरपालिका-३ घर भई ग्राहक सहायता कक्षमा कार्यरत २८ वर्षीय अम्बादत्त पन्त र दार्चुलाको लेकम गाउँपालिका-१ घर भई बैंकको कर्जा विभागमा कार्यरत ३१ वर्षीय धनन्जय पन्त रहेका छन् ।
दार्चुलाको शैल्यशिखर नगरपालिका-९ गोकुलेश्वरस्थित शाखा कार्यालयबाट २ करोड ८४ लाख ७६ हजार ७०२ रुपैया २९ पैसा नोक्सानी गरेको आरोपमा कर्मचारी पक्राउ परेका हुन् ।उनीहरुले बैंकको भल्टमा रहेको नगद गैरकानुनी रफमा भुक्तानी लिएर बैंकलाई नोक्सानी पुर्याएको आरोप छ ।
चार जना कर्मचारीको मिलेमतोमा बैंकलाई नोक्सानी पुर्याइएको भनी जाहेरी परेपछि उनीहरुलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।पक्राउ परेका चारै जनाविरुद्ध जिल्ला अदालत दार्चुलाबाट ७ दिनको म्याद थप गराई बैंकिङ कसुर मुद्दामा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

बिज्ञापन

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

दलहरुको संगठनलाई मान्यता नदिइने मन्त्री पुनको घोषणा,संघ संगठन स्वतन्त्र बनाउन निर्देश

१५ करोडको खरिद प्रक्रिया रद्द, स्वास्थ्य सेवा विभाग विवादमा

पढ्नमा को अगाडि,चोर्नमा को अगाडि ?

आन्दोलित कर्मचारीलाई अर्थमन्त्रीले फकाए,डेढ महिनापछि फर्किए काममा

कोडैनामा ‘खाना-खाजा’ मै सत्र लाखको बिल !

केभिआर समिट च्यालेन्जसमा विशाल र मारिजे पहिलो

कोरला नाकामा थपियो उपसचिवको दरबन्दी,सिण्डिकेटवाला व्यवसायीको रुवावासी

अर्थमन्त्रीका विवादित निर्णय रोक्दै घर जान लागेका मुख्य सचिव

बिशेष