पछिल्लो समय केही समय अनुसन्धान गर्ने निकायमा बस्ने र त्यहाँबाट गृह तथा अर्थतिर फाल हाल्ने कर्मचारीको संख्या बढ्न थालेको छ ।
बिज्ञापन
पछिल्लो समय अर्थ सचिव बनेका अधिकांश कर्मचारी अख्तियारलाई फड्को बनाएका छन् । यस्तै गृहमा इन्ट्री हानेर महत्वपूर्ण विभागमा जिम्मेवारी लिएका सहसचिवहरु पनि विगतमा अख्तियारबाटै आएका सहसचिवहरु छन् । यता केही यस्ता उपसचिवहरु छन्,जो महालेखालाई भर्याङ बनाएर परराष्ट्रमा भित्रिन्छन् र दिल्ली दुतावासतिर पुग्न थालेका छन् ।
बिज्ञापन
जस्तो हालैमात्र त्रिवि अध्यागनको कमाण्ड गर्ने जिम्मेवारी पाएका नरहरि अर्याल केही अघि अख्तियारमा कार्यरत थिए । त्यहाँबाट गृहमा फड्का हानेका उनी प्रमुख जिल्ला अधिकारी हुँदै अहिले त्रिवि अध्यागमनको प्रमुखको जिम्मेवारीमा छन् । यस्तै यस अघि अख्तियारका प्रवक्ताको जिम्मेवारीमा रहेका श्याम प्रसाद भण्डारी अहिले अर्थ मन्त्रालयका प्रवक्ता छन् । यस्तै तारानाथ अधिकारी सम्पत्ति शुद्धीकरण हुँदै दिल्लीको ‘मिनिष्टर इकोनोमिक’मा नियुक्ति भेट्टाएका छन् ।
यसरी अख्तियारलाई भ¥याङ्ग बनाएर अर्थ र गृह फड्को मार्ने सहसचिवमात्र होइन । अख्तियारबाट अर्थमा भित्रिएका हुन घनश्याम उपाध्याय । उनका अलवा सचिव शान्तराज सुवेदी,राजन खनाल, कृष्णहरि पुस्कर,रामेश्वर दंगाल, रामप्रसाद घिमिरे वा महेश्वर न्यौपाने । उनीहरु अख्तियारलाई भर्याङ बनाएर अर्थ र गृह पुगेका देखिन्छन् ।
बिज्ञापन
ठ्याक्कै उस्तै देखिएको छ महालेखा नियन्त्रक कार्यालयको हकमा पनि । महालेखालाई भर्याङ बनाएर परराष्ट्रतिर फड्को हान्ने प्रचलन बिस्तारै मौलाउन थालेको देखिन्छ । जस्तो हालैमात्र महालेखाले तीन जना उपसचिवको सरुवा गरेको छ । सरुवाको सूची अनुसार,महालेखामा पुल दरबन्दीमा रही अर्थमन्त्रीको निजी सचिवका रुपमा कार्यरत रहेका मधुसुदन पौडेल परराष्ट्र मन्त्रालयमा पुगेका छन् । अघिल्लो असारमा आन्तरिक प्रतिस्पर्धाबाट लेखाको उपसचिव बनेका मधुसुधन एक वर्ष अर्थमन्त्री पौडेलको सचिवालयमा बसेर परराष्ट्र जान सफल भएका हुन । यस्तै,१८ जना कर्मचारीको सरुवा हुँदा लेखा अधिकृत शंकर न्यौपाने परराष्ट्रमा इन्ट्री भएका छन् ।
पछिल्लो समय मलेनिकाबाट परराष्ट्र फड्को हान्ने क्रम बढेको छ । विगतमा यदुनाथ भट्टराई, भेषप्रसाद भुर्तेल परराष्ट्र मन्त्रालय पुगेकै शैलीमा यस पटक मधुसुदन पौडेल महालेखाबाट परराष्ट्रमा जम्प गर्न सफल भएका छन् । यदुनाथ भट्टराई परराष्ट्र मन्त्रालय हुँदै भारतको नयाँदिल्लीस्थित नेपाली राजदूतावासमा कार्यरत छन् भने विगतमा महालेखाबाट परराष्ट्रमा पुगेका भेष भुर्तेल पनि दिल्ली राजदूतावास पुगेका छन्। यस्तै अघिल्लो बर्षमात्र उपसचिवमा उक्लिएका अर्थमन्त्रीका निजी सचिव मधुसुधन पौडेल पनि परराष्ट्रमा इन्ट्री भएका हुन ।