निजामती पुरस्कारका लागि ११ कर्मचारीको नाम सिफारिस

निजामती सेवा दिवसको अवसरमा प्रदान गरिँदै आएको पुरस्कारका अर्थ मन्त्रालयले ११ कर्मचारीको नाम सिफारिस गरेको छ । मन्त्रालयले उत्कृष्ट निजामती सेवा पुरस्कारका लागि ६ र निजामती सेवा पुरस्कारका लागि ५ गरी ११ कर्मचारीको नाम सिफारिस गरेको हो ।

बिज्ञापन

मन्त्रालयका अनुसार उत्कृष्ट निजामती सेवा पुरस्कारका लागि सिफारिस भएकामध्ये उपसचिव तहका तीन,शाखा अधिकृत तहका एक र राजपत्र अनकिंत १ जनाको नाम सिफारिस गरेको हो ।
यस्तै,निजामती पुरस्कारका लागि २ जना शाखा अधिकृत,राजपत्र अनकिंत १,श्रेणीविहिन २ कर्मचारीको नाम सिफारिस भएको छ ।

बिज्ञापन

मन्त्रालयका अनुसार,उत्कृष्ट निजामती सेवा पुरस्कारका लागि आन्तरिक राजश्व कार्यालय पोखरामा कार्यरत शिव शर्मा, भन्सार विभागमा कार्यरत रहेका ज्ञानेन्द्रराज ढकाल र सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्रमा कार्यरत रहेका वरिष्ठ प्रशिक्षक रुद्रप्रसाद भट्ट, अर्थ मन्त्रालयमा कार्यरत रहेका कम्प्युटर अधिकृत सुजिता जोशी, सिनियर प्रेसम्यान डिलराज पाण्डे र नायब सुब्बा जीतेन्द्र शाक्य सिफारिस भएका हुन ।

निजामती-सेवा-पुरस्कार_tjtlx45

बिज्ञापन

यस्तै निजामती सेवा पुरस्कारका लागि आन्तरिक राजश्व विभागमा कार्यरत रहेका अधिकृत नगेन्द्र थारु, अर्थ मन्त्रालयमा कार्यरत रहेका कम्प्युटर इन्जिनियर अमर सुवेदी, कोष तथा लेखा नियन्त्रक दार्चुलामा कार्यरत लेखापाल सुधा केसी तथा भन्सार विभागमा कार्यालय सहयोगीको रुपमा कार्यरत श्याम खत्री र अर्थ मन्त्रालयको श्रेणीविहिन कर्मचारी होमराज खतिवडा सिफारिस भएका छन्।

सरकारले हरेक बर्ष २२ भदौ मा निजामती सेवा दिवस मनाउँदै आएको छ । उक्त दिवसको अवसरमा २ लाख राशीको सर्वाेत्कृष्ट पुरस्कार १ जनालाई सर्वोत्कृष्ट, १० जनालाई उत्कृष्ट र ३० जनालाई निजामती सेवा पुरस्कार प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

वैदेशिक रोजगार विभागका नायब सुब्बाविरुद्ध घुस मुद्दा दायर

मन्त्रिपरिषद्को बैठक सुरु

बजारमा मालवस्तुकाे एमआरपी र बिलबिजक : अवसर र चुनौती

कर्मचारीको मनोबल बढ्दै छ कि गिर्दै ?

सचिवज्यू यस्तै हुन्छ सुशासन ?

ट्रेड युनियन नेतामाथि सरकारको कडाइ : उपत्यकाबाहिर सरुवाको तयारी

सहसचिवको दोहोरो मापदण्ड : सुशासन कागजमै सीमित

प्रधानान्यायधीशको लाइनबाट तीन रिङ आउट

बिशेष