पेट्रोल सस्तो, डिजल र मट्टितेल महँगो – उपभोक्तामा राहत र चिन्ता दुवै

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा फेरबदल गरेको छ। निगमले सोमबार साँझ जारी गरेको सूचनामार्फत पेट्रोलको मूल्य घटाएको र डिजल तथा मट्टितेलको मूल्य बढाएको जानकारी दिएको हो।

बिज्ञापन

निगमका अनुसार पेट्रोलको मूल्य प्रतिलिटर १ रुपैयाँ घटाइएको छ। अब पेट्रोलको मूल्य प्रतिलिटर १५९ रुपैयाँ कायम हुनेछ। तर, डिजल र मट्टितेलको मूल्य प्रतिलिटर २ रुपैयाँले बढाइएको छ। संशोधित दरअनुसार अब यी दुबैको मूल्य प्रतिलिटर १५० रुपैयाँ पुगेको छ। नयाँ दर सोमबार राति १२ बजेदेखि लागू भएको छ।

बिज्ञापन

यससँगै हवाई इन्धनको मूल्यमा पनि समायोजन गरिएको छ। आन्तरिक उडानका लागि प्रयोग हुने हवाई इन्धनको मूल्य प्रतिलिटर ३ रुपैयाँले वृद्धि गरिएको छ। अब यसको मूल्य १२८ रुपैयाँ प्रतिलिटर हुनेछ। त्यस्तै, अन्तर्राष्ट्रिय उडानका लागि प्रयोग हुने इन्धनको मूल्य अमेरिकी डलर २१ ले बढाएर प्रति किलो लिटर १ हजार ७७ डलर कायम गरिएको छ।

निगमले मूल्य समायोजनको आधारबारे जानकारी दिँदै भनेको छ, “नयाँ खरिद मूल्यका आधारमा मूल्य समायोजन गरिएको हो। पेट्रोलमा अझै प्रतिलिटर १० रुपैयाँभन्दा बढी घाटा रहेको देखिन्छ। तर डिजल र मट्टितेलमा भने थोरै नाफा देखिएको छ।” मूल्य निर्धारण गर्दा औसत खरिद दर, भन्सार महसुल, ढुवानी खर्च र अन्तर्राष्ट्रिय बजार मूल्यलाई मुख्य आधार बनाइएको निगमको भनाइ छ।

बिज्ञापन

यसपटक एलपी ग्यासको मूल्य भने यथावत् राखिएको छ। एक सिलिन्डर ग्यासको मूल्य १८०० रुपैयाँमै स्थिर छ।

पेट्रोलको मूल्य घटेसँगै सवारी साधन प्रयोगकर्ताले केही राहत पाउने विश्वास गरिएको छ। तर, डिजल र मट्टितेल महँगिदा यातायात भाडा तथा उपभोग्य वस्तुको मूल्यमा असर पर्न सक्ने चिन्ता उपभोक्ताहरूले व्यक्त गरेका छन्।

नयाँ मूल्य दर अनुसार देशभरका सबै डिपो तथा बिक्री केन्द्रहरूबाट इन्धन वितरण सुरु भइसकेको निगमले जनाएको छ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

सात सचिव रिक्त,चार महिनादेखि बढुवा ठप्प हुँदा मारमा बरिष्ठ सहसचिवहरु

प्रधानमन्त्री कार्यालयमा सचिवको पल्टन,चार निकाय सचिवविहीन

आयल निगममा तेल चोर्नेदेखि ओभरटाइमको नाममा मासिक ५० लाख खानेसम्म

मनसुनको जोखिम बढ्दै, देशभर ५४ स्थानमा सशस्त्र प्रहरीको प्रतिकार्य बेस स्थापना

टेरामक्स भ्रष्टाचार मुद्दा : पूर्वमन्त्री मोहन बस्नेतसहित १९ प्रतिवादीको मुद्दामा आज फेरि सुनुवाइ

‘मनसुनजन्य विपद् प्रतिकार्यका लागि सुरक्षा निकाय र सरकारी संयन्त्र उच्च शतर्कतामा’

अर्थका दुई महत्वपूर्ण विभाग निमित्तको भरमा,६ सहसचिवको दरबन्दी रिक्त

डिभी र पिआरधारी चार अधिकृतलाई १५ दिने स्पष्टीकरण

बिशेष