अर्थमन्त्री पौडेलका प्रिय सहसचिव : स्वार्थको द्धन्द हुने गरी पाँच संस्थामा जिम्मेवारी

अर्थमन्त्रालयभित्रै २५ जना सहसचिव छन् । तर एक यस्ता सहसचिव छन्,जसलाई अर्थमन्त्री विष्णु पौडेलले मन्त्रालयको महत्वपूर्ण महाशाखाका अलवा चार चार वटा संस्थाको जिम्मेवारी दिएका छन् । अर्थमन्त्री विष्णु पौडेलले जिम्मेवारीमाथि जिम्मेवारी दिएका उनका विश्वाशिला सहसचिव हुन महेश बराल । अर्थमन्त्रीले बराललाई यति धेरै जिम्मेवारी दिएका छन् कि उनलाई ती निकायको जिम्मेवारी लिन भ्याइनभ्याई छ ।

बिज्ञापन

मन्त्री विष्णु पौडेलको दिल जितेर विभिन्न संस्थाको नेतृत्व गर्ने अवसर पाएका उनै बराललाई फेरि अर्काे जिम्मेवारी थपिदिएका छन्,पौडेलले ।  मन्त्रालयले वरालको संयोजकत्वमा बजेट अनुशासन सुदृढ गर्न कानून निर्माणका लागि पाँच सदस्यीय कार्यदल बनाएको छ ।

बिज्ञापन

मन्त्रालयको वित्तीय संघीयता समन्वय महाशाखा प्रमुख बरालका अलवा मन्त्रालयका बजेट महाशाखाका उपचिव, अर्थ मन्त्रालय कानून तथा फैसला महाशाखाका उपसचिव र विषय विज्ञमा पूर्व सहसचिव निर्मलहरी अधिकारी सदस्य रहेका छन् । कार्यदलको सदस्य सचिवमा वित्तीय संघीयता महाशाखाका उपसचिव रहेका छन् ।

बजेटको बुँदा नं ३७१ मा संविधानले निर्दिष्ट गरे बमोजिम संघ, प्रदेश र स्थानीय तहमा बजेट अनुशासन सुदृढ गर्न कानुन निर्माण गर्ने र तीनै तहमा लागू हुने गरी सार्वजनिक खर्च मापदण्ड तर्जुमा गर्ने उल्लेख छ । बजेटमा रहेको व्यवस्थालाई कार्यान्वयन गर्न अर्थ मन्त्रालयले कार्यदल गठन गरेको हो ।

बिज्ञापन

अर्थ मन्त्रालयमा २५ सहसचिव छन् । तीमध्ये मन्त्री विष्णु पौडेलको रोजाईको सहसचिव बनेका  बराल  धितोपत्र वोर्डको समितिमा छन् । सन्तोष नारायण श्रेष्ठ अध्यक्ष बन्नु अघि उनी अध्यक्षको जिम्मेवारीमा थिए । श्रेष्ठ अध्यक्ष बनेपछि अर्थमन्त्रालयबाट प्रतिनिधित्व गर्ने गरी सञ्चालक समितिको सदस्य हुन,धितोपत्र वोर्डको । यस्का अलवा उनी नेपाल राष्ट्रिय वीमा प्राधिकरणको अध्यक्ष, नेपाल आयल निगमका समेत सञ्चालक समितिमा छन् । हालैमात्र नेपाल पुर्नवीमा प्राधिकरणको सञ्चालकका रुपमा मनोनयन गरेर पठाइएको छ । धितोपत्र वोर्डको सञ्चालक र नेपाल पुर्नवीमा कम्पनीको सञ्चालक एकै जनालाई बनाइँदा स्वार्थको द्धन्द हुने अर्थका जानकारहरु बताउँछन् ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

सात सचिव रिक्त,चार महिनादेखि बढुवा ठप्प हुँदा मारमा बरिष्ठ सहसचिवहरु

प्रधानमन्त्री कार्यालयमा सचिवको पल्टन,चार निकाय सचिवविहीन

आयल निगममा तेल चोर्नेदेखि ओभरटाइमको नाममा मासिक ५० लाख खानेसम्म

मनसुनको जोखिम बढ्दै, देशभर ५४ स्थानमा सशस्त्र प्रहरीको प्रतिकार्य बेस स्थापना

टेरामक्स भ्रष्टाचार मुद्दा : पूर्वमन्त्री मोहन बस्नेतसहित १९ प्रतिवादीको मुद्दामा आज फेरि सुनुवाइ

‘मनसुनजन्य विपद् प्रतिकार्यका लागि सुरक्षा निकाय र सरकारी संयन्त्र उच्च शतर्कतामा’

अर्थका दुई महत्वपूर्ण विभाग निमित्तको भरमा,६ सहसचिवको दरबन्दी रिक्त

डिभी र पिआरधारी चार अधिकृतलाई १५ दिने स्पष्टीकरण

बिशेष