नेपाल इन्भेष्टमेन्टबैंकविरुद्ध एनभिएले गर्यो आन्दोलनको घोषणा,१५ संघ-संस्थाको एक्येवद्धता

नेपाल इन्भेष्टमेन्ट बैंकको ज्यादतीविरुद्ध नेपालका व्यवसायिक मूल्याङ्कनकर्ताहरूको छाता संगठन नेपाल भ्यालुयर्स एशोसिएसनका इञ्जिनियरहरु आन्दोलनमा उत्रिएका छन् । उनीहरुको आन्दोलनलाई १५ वटा इञ्जिनियरसँग सम्बन्धित संघ संस्थाले एक्येवद्धता व्यक्त गरेका छन् ।

बिज्ञापन

नेपाल राष्ट्र बैंकद्वारा जारी निर्देशिका विपरित नेपाल इन्भेष्टमेन्ट मेघा बैंकले मूल्याङ्कनकर्ताहरुलाई शर्तनामा गराउने र एकपक्षिय रुपमा विना सुनुवाई कालोसुचीमा राख्ने सम्मको कारवाही प्रकृया जारी राखेसँगै विभिन्न ६ शुत्रीय माग राख्दै आन्दोलन कार्यक्रम घोषणा गरेका हुन ।

बिज्ञापन

इन्भेष्टमेन्ट बैंकले अधिकांश इन्जिनियरहरुलाई कालोसूचीको पत्र काटेर तनाब दिएको, ३ सय भन्दा बढी इन्जिनियर स्टाण्डबाइ छन् भन्दै स्वतन्त्र मुल्यांकनकर्ता इन्जिनियरहरुलाई हेप्ने गरेको, इन्जिनियरहरुलाई धम्काउने, होच्याउने काम गरेको, मुल्यांकनकर्ता इन्जिनियरहरु भन्दा बाहिरका इन्जिनियरहरु ल्याएर काम गराउछु भन्दै सम्झौता विपरित निराशाजन्य अभिव्यक्ति दिने गरेकाले इन्जिनियरहरु आजित हुँदै आएका थिए,बैंकसँग ।

मूल्याङ्कनकर्ता इन्जिनियरहरुको कार्य मुख्यतः विद्यमान , नियम, प्रक्या लगायत राष्ट्रिय र अन्तर्राष्ट्रिय अभ्यासको अनुसरण गरी विभिन्न चल अचल सम्पत्तिहरुको मूल्याङ्कन गर्नु भए पनि हाल बजारमा देखिएको आर्थिक मन्दि र घर तथा जग्गा व्यवसायमा आएको शिथिलताको कारण बजारमा आएको खरिद,विक्रि र मागको कमीले पछिल्लो समय नेपालका मूल्याङ्कनकर्ता इन्जनियरहरुद्वारा विभिन्न बैंक वित्तिय संस्थाहरुको लागी सम्पत्तिको मूल्याङ्कन कार्य गर्दै गर्दा मूल्याकनकर्ता इन्जिनियरहरु अप्ठेरोमा परेको व्यहोरा उल्लेख गर्दै नेपाल बैंकर्स संघ र नेपाल भ्यालुयर्स एशोसियसनबीच भएको सर्भिस ड्राफ्ट एग्रिमेन्ट तत्काल पुर्ण रुपमा कार्यान्वयन गर्न,घर तथा जग्गाको मूल्य र मूल्याङ्कन घटेकै आधारमा मूल्याङ्कनकर्ता इन्जिनियरहरु माथी गरिएको कालोसुची लगायतका कारवाहिको सिफारिस फिर्ता लिन, अनगिन्ती मूल्याङ्कनकर्ता इन्जिनियरहरु सुचिकृत गर्ने तर काम नदिने परिपाटी तुरुन्त अन्त्य गर्न समेत भ्यालुयर्स एशोसियनले माग गरेको छ ।
यस्तै चक्रिय प्रणाली अन्तर्गत काम बाँडफाड गर्नुहुन तथा न्युनतम मासिक रुपमा सुचिकृत मूल्याङ्कनकर्ताहरुले कार्यादेश प्राप्त गर्ने सुनिश्चित गर्न,नेपाल भ्यालुयर्स एशोसियसनद्वारा जारी मूल्याङ्कन परामर्श सेवा शुल्का तत्काल लागु गर्नुहुन र मूल्याङ्कनकर्ताहरुलाई विभिन्न वहानामा काम नदिई निलम्बन गरेको कारवाही तत्काल फिर्ता लिन माग गरिएको छ ।
यसैबीच विभिन्न १५ वटा इञ्जिनियरहरुका संघ संस्थाले समेत सम्पत्ति मूल्यांकनकर्ता इन्जिनियरहरुको व्यवसायिक छाता संगठन नेपाल भ्यालुयर्स एशोसिएसनले नेपाल इन्भेष्टमेन्ट मेगा बिरुद्धको शुरु गरेको आन्दोलनलाई समर्थन गरेका छन् ।

बिज्ञापन

साउन १९ मा बैंकहरुले दिएको दु ख लगायत एनभिएका सदस्यहरुलाई परेका समस्याका बारेमा नेपाल राष्ट्र बैंक र नेपाल बैंकर्स संघलाई जानकारी गराउने कार्यक्रम तय भएको छ भने आगामी साउन २३ गते एनआइएमबी बैंकको केन्द्रीय कार्यालय, प्रदेश तथा शाखा कार्यालयमा विरोध तथा धर्ना दिने लगायतका कार्यक्रम सार्वजनिक गरेको छ।

एनभिए मुल्यांकनकर्ता इन्जिनियरहरुको छाता संगठन हो । यस संस्थासँग ९ सय भन्दा बढी संस्थागत सदस्य र ३ हजार भन्दा बढी इन्जिनियरहरु आबद्ध छन् ।

लिजको जग्गा धितो राखेर डेढ अर्व ऋृण,किन हुँदैन छानबिन ?

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

बलराम अधिकारी मन्त्री पदमै रहँदा अख्तियारलाई बयान लिन सकस

सरकारी गाडी पार्टीका नेताहरुलाई उपहार

अर्थमन्त्री पौडेलका प्रिय सहसचिव : स्वार्थको द्धन्द हुने गरी पाँच संस्थामा जिम्मेवारी

तीर्थराज चिलुवाल राजश्व अनुसन्धान विभागको महानिर्देशकमा नियुक्त

प्रचण्ड भन्दा ओलीको सचिवालयको खर्च २ करोडले कम

अब पूर्व योग्यता परीक्षा पास गरेपछि मात्र खरिदारको परीक्षा दिन पाइने

रन्जिताले दिइनन् स्पष्टीकरण

नेपाल इन्भेष्टमेन्टबैंकविरुद्ध एनभिएले गर्यो आन्दोलनको घोषणा,१५ संघ-संस्थाको एक्येवद्धता

बिशेष