एनआईसी एशिया बैंक र लिजा इन्टरप्राइजेजबीच सहकार्य : ‘हेयर एण्ड शान्ती युनिसेक्स सैलुन’ मा विशेष छुट

एनआईसी एशिया बैंक लिमिटेड र लिजा श्री इन्टरप्राइजेज प्रा.लि.बीच एक विशेष सहकार्य सम्झौता सम्पन्न भएको छ, जसअन्तर्गत बैंकका ग्राहकले हेयर एण्ड शान्ती युनिसेक्स सैलुन का विभिन्न शाखाहरूमा डिजिटल माध्यमबाट सेवा लिँदा १० प्रतिशत छुट पाउने भएका छन्।

बिज्ञापन

सम्झौता अनुसार, देशका प्रमुख शहरहरूमा रहेका सैलुनका शाखाहरूबाट ग्राहकहरूले छुट सुविधा प्राप्त गर्न सक्नेछन्। यी शाखाहरूमा काठमाडौंको नक्सालस्थित भाटभटेनी सुपरमार्केट, नयाँ बानेश्वरको आईप्लेक्स मल, ठमेलको छायाँ सेन्टर, जावलाखेलको मिनिसो बिल्डिङ, कमलादीको सिद्धार्थ कम्प्लेक्स, सामाखुसीको सिटी स्वायर सेन्टर, महाराजगन्जको भाटभटेनी सुपरमार्केट, हेटौंडाको भाटभटेनी सुपरमार्केट र गणेश बिल्डिङ, नारायणघाटको जोशी भवन तथा वीरगन्जको रुङ्टा मल समावेश छन्।

बिज्ञापन

छुट प्राप्त गर्नका लागि ग्राहकले एनआईसी एशिया बैंकको डेबिट, क्रेडिट वा प्रिपेड कार्ड प्रयोग गरी वा बैंकको मोबैंक एपमार्फत डिजिटल भुक्तानी गर्नुपर्नेछ।

बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख सूचना अधिकारी अर्जुन राज खनियाले उक्त सहकार्यले ग्राहकहरूलाई थप सुविधा दिने र देशमा डिजिटल भुक्तानी प्रणालीको विस्तारमा टेवा पुग्ने विश्वास व्यक्त गरे।

बिज्ञापन

एनआईसी एशिया बैंकले यस्ता सहकार्यहरू गर्दै ग्राहकको जीवनशैलीसँग प्रत्यक्ष सम्बन्धित सेवा क्षेत्रमा पहुँच विस्तार गर्ने रणनीति अघि सारेको छ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

सात सचिव रिक्त,चार महिनादेखि बढुवा ठप्प हुँदा मारमा बरिष्ठ सहसचिवहरु

प्रधानमन्त्री कार्यालयमा सचिवको पल्टन,चार निकाय सचिवविहीन

आयल निगममा तेल चोर्नेदेखि ओभरटाइमको नाममा मासिक ५० लाख खानेसम्म

मनसुनको जोखिम बढ्दै, देशभर ५४ स्थानमा सशस्त्र प्रहरीको प्रतिकार्य बेस स्थापना

टेरामक्स भ्रष्टाचार मुद्दा : पूर्वमन्त्री मोहन बस्नेतसहित १९ प्रतिवादीको मुद्दामा आज फेरि सुनुवाइ

‘मनसुनजन्य विपद् प्रतिकार्यका लागि सुरक्षा निकाय र सरकारी संयन्त्र उच्च शतर्कतामा’

अर्थका दुई महत्वपूर्ण विभाग निमित्तको भरमा,६ सहसचिवको दरबन्दी रिक्त

डिभी र पिआरधारी चार अधिकृतलाई १५ दिने स्पष्टीकरण

बिशेष