नेपाल लाइफ इन्स्योरेन्सको लगानी रहेको कलेजको अचाक्ली

एक निजी  इन्स्योरेन्सको कम्पनीको लगानी रहेको कलेजलाई वाणिज्य विभगाले जरिवाना तिराएको छ । निजी विद्यालयमा विद्यार्थी तथा अभिभावकसँग अवैध शुल्क असुली गरेको पाइएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले नेपाल लाइफ इस्योरेन्सको लगानी रहेको युनिग्लोब हाइयर सेकण्डरी स्कुललाई २ लाख ५ हजार रुपैयाँ जरिवाना तिराएको हो ।

बिज्ञापन

विभागले आइतबार गरेको अनुगमनका क्रममा विद्यालयले अनाधिकृत रूपमा शुल्क असुलेको पुष्टि भएपछि सो जरिवाना तिराएको जनाएको छ । साथै विद्यालयलाई व्यवसायसम्बन्धी सम्पूर्ण कागजात तीन दिनभित्र विभागमा पेश गर्न पनि निर्देशन दिइएको विभागका अधिकारीले जानकारी दिएका छन्।

बिज्ञापन

विभागका अनुसार युनिग्लोबले विद्यार्थीको भर्नाका लागि सिट सुरक्षित गर्न भन्दै २० हजार रुपैयाँ अग्रिम असुल्ने गरेको पाइयो। तर, विद्यार्थीले भर्ना नगरी वा अन्य विद्यालय रोजेमा पनि उक्त अग्रिम रकम फिर्ता नगर्ने गरेको पाइएपछि विभागले कारवाही गरेको हो ।
यो यही कलेज हो जहाँ अघिल्लो बर्षमात्र नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले लगानी गरेको छ । गत बर्ष साउन ६ गते ७३ करोड ७२ लाख ८९ हजार ६०० लगानी गरी ३५ दशमलव ३२ प्रतिशत स्वामित्व लिएको थियो ।

विभागका एक अधिकारीका अनुसार,युनिग्लोबमा एक जना विद्यार्थीले युनिग्लोबमा भर्ना हुने भनेर २० हजार रुपैयाँ धरौटी राखेका तर पछि विद्यार्थीले त्यहाँ नपढ्ने अन्तै पढ्ने भन्दै आफ्नो धरौटी फिर्ता माग्दा कलेजले फिर्ता नगरेपछि कलेजले विद्यार्थीको धरौटी फिर्ता नगर्ने कुनै आधार नपाइएपछि उपभोक्ता संरक्षण ऐनअनुसार जरिवाना गरिएको विभागले जनाएको छ । यो कलेजको सञ्चालकमा खगेन्द्र ओझा,विमल प्रसाद ढकाल,अमित कुमार केयल रहेका छन् भने कलेजका प्राचार्यको जिम्मेवारीमा अहिले गणेश रेग्मी रहेका छन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

उम्मेदवारी दर्ता गराउँदा समेत जेनजी मन्त्रीले फिर्ता गरेनन् सरकारी गाडी

जेन्जी आन्दोलनका घाइतेको उपचारमा स्वास्थ्य सचिव डा. देवकोटाको त्यो ‘कमान्ड’

प्रधानमन्त्रीले सम्हाल्ने तीन मन्त्रालय

‘कुलिङ अफ पिरियड’ कीर्ते प्रकरणमा मुछिएका खतिवडाको खोसियो टिकट

गण्डकीको प्रदेशको स्वास्थ्य सचिवमा डा. युवानिधी बसौला, डा. बगाले स्वास्थ्य मन्त्रालयमा

कुलमान,बब्लु र जगदीशकै पथमा महाविर

मुख्य सचिवले रोके सचिव सरुवाको निर्णय

११ शाखा अधिकृत उपसचिवमा बढुवा सिफारिस

बिशेष