बाबु आमाको स्याहार सुसारको लागि कर्मचारीलाई वार्षिक १ महिना वैतनिक विदा दिने निर्णय

भारत सरकारले सरकारी कर्मचारीलाई आफ्ना वृद्ध बाबुआमाको स्याहार–सुसार तथा उपचारका लागि वार्षिक एक महिनाको वैतनिक बिदा दिने निर्णय गरेको छ। यस्तो ऐतिहासिक निर्णय गर्ने भारत दक्षिण एशियामा पहिलो मुलुक बनेको छ।

बिज्ञापन

केन्द्रीय कार्मिक, लोक सिकायत तथा पेन्सन मन्त्रालयका राज्यमन्त्री डा. जितेन्द्र सिंहले विहीबार राज्यसभाको बैठकमा बोल्दै उक्त जानकारी दिएका हुन्। उनका अनुसार यो छुट एकमुष्ट वा खण्ड–खण्डमा गरी लिन सकिनेछ र यसबापत कर्मचारीको तलबमा कुनै पनि कटौती हुने छैन।

बिज्ञापन

यो बिदा केवल बाबुआमाको उपचार तथा स्याहारका लागि मात्र मान्य हुनेछ। अन्य कार्यका लागि यो सुविधा प्रयोग गर्न पाइने छैन। यस प्रयोजनको पुष्टि गर्न कर्मचारीले आफ्नो कार्यलयलाई बाबुआमाको उपचारसम्बन्धी विवरण, प्रकृया र प्रयासहरू पेश गर्नु पर्नेछ।

भारतमा हालसम्म महिला कर्मचारीलाई ६ महिनाको सुत्केरी बिदा र पुरुष कर्मचारीलाई १५ दिनको पितृत्व बिदा दिने व्यवस्था रहेको छ। तर, बाबुआमाको हेरचाहका लागि यस्तो किसिमको छुट दिने यो पहिलो निर्णय हो।

बिज्ञापन

यस निर्णयलाई कर्मचारीमैत्री र पारिवारिक उत्तरदायित्वप्रति सरकारको संवेदनशीलता दर्शाउने कदमका रूपमा हेरिएको छ। सामाजिक सन्देशका हिसाबले समेत यो पहल अन्य दक्षिण एशियाली देशहरूका लागि प्रेरणादायी बन्नसक्ने विश्लेषण गरिएको छ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

उस्तै बदमासी : एउटा भन्सारका १३ कर्मचारी निलम्बित,अर्काे नाकाका कर्मचारीलाई ‘क्लिन चिट’

अधिकृतसँग १ करोड ८ लाख अकुत आर्जन,एक बर्ष कैद सजाय

७२ हजार घुससहित रंगेहात समातिए प्रमुख प्रशासकीय अधिकृत

मन्त्रिपरिषद् बैठकका ८६,सचिव बैठकका ६ निर्णय सार्वजनिक

दुई महिनादेखि अर्थका पाँच सहसचिवको दरबन्दी रिक्त,महत्वपूर्ण विभाग समेत निमित्तकै भरमा

नेपालमा कर्मचारीतन्त्रको नैराश्यता किन बढ्दै छ?

सचिवभन्दा माथि स्वकीय,कर्मचारीको असन्तृष्टि यसरी पोखियो

वर्ल्डलिंकलाई कसले बचायो ? सात अर्बको करछली प्रकरणमा बालेनले खोल्लान् त फाइल ?

बिशेष