कीर्ते कागजातको भरमा नियुक्ति,सचिव र मन्त्री नै तानिने भएपछि सरकारको तर्फबाट चलाखी

सरकारका चार चार जना सचिव,राष्ट्रिय योजना आयोगका उपाध्यक्षसहित विज्ञ सदस्य र अर्थमन्त्री नै समस्यामा पर्ने भए पछि केपी ओली सरकारले अख्तियार र नियामक निकायबाट बच्न नयाँ बाटो अवलम्बन गरेको छ ।

बिज्ञापन

सोमबार राती वालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले एउटा न्यायीक समिति बनाएर विचौलिया दीपक भट्ट,साहिल अग्रवालहरुको जोडबलमा वीमा प्राधिकरणमा अध्यक्ष नियुक्त भएका पूर्व पत्रकार शरद ओझाको बिषयमा ओझाको कार्यसम्पादन योग्यता छानबिन गर्न उच्च अदालतका पूर्वन्यायाधीश कृष्ण गिरीको संयोजकत्वमा पूर्वसहसचिव जीवनप्रकाश सिटौला र तत्कालीन बिमा समितिमा दुईपटकसम्म बोर्ड सदस्य भएका कपिलदेव ओली सदस्य रहेको समिति बनाएको छ ।

बिज्ञापन

ओझाको योग्यताका बिषयमा प्रश्न उठेपछि अख्तियारले फाइल मगाएर मात्र हेरेको थिएन कि ओझासँग पटक पटक बयान समेत लिएको थियो । यस्का अलवा कीर्ते कागजात पेश गरेर प्राधिकरण अध्यक्षको नियुक्ति सिफारिसका गर्ने राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राडा शिवराज अधिकारी अर्थसचिव डा रामप्रसाद घिमिरे हुँदै घनश्याम उपाध्याय र विज्ञका रूपमा ज्योतिचन्द्र ओझासँग समेत अख्तियारले बयान लिएको थियो । कतिसम्म भने हाल आपूर्ति मन्त्रालयका सचिव रहेका रामप्रसाद घिमिरेले ओझाको नाम सिफारिस गर्न नमाने पछि उनलाई रातारात सरुवा गरेर राष्ट्रपतिको कार्यालयमा पु¥याइएको थियो भने त्यहाँ घनश्याम उपाध्यायलाई लगिएको थियो र सिफारिसको काम तमाम पारिएको थियो र क्याविनेटले गत १२ फागुनमा प्राधिकरणमा नियुक्त गरेको थियो । अध्यक्ष नियुक्तिका लागि गठित सिफारिस समितिले कमल प्रसाद रेग्मी, चिरञ्जीवी चापागाईं, दामोदर बसौला, रामशरण पुडासैनी र शरद ओझाको नाम संक्षिप्त सूचीमा राखेर सार्वजनिक गरेको हो । यसरी सक्षिप्त सूचीमा रहेकामध्ये रेग्मी बीमा प्राधिकरणकै कार्यकारी निर्देशक,चापागाईं प्राधिकरणका पूर्वअध्यक्ष हुन् । बसौला स्वास्थ्य बीमा बोर्डका पूर्वकार्यकारी निर्देशक र पुडासैनी पूर्वराजस्व सचिव र ओझा पत्रकार हुन् । दुई सशक्त हस्ति र पूर्व प्रशासकहरुलाई पछार्दै वीमा प्राधिकरणका अध्यक्ष नियुक्त भएका थिए ३३ बर्षे एक जना पत्रकार ।

उनलाई नियुक्ति गर्नकै लागि अर्थ मन्त्रालयले सार्वजनिक निकायमा नियुक्ति हुन चाहिने ३५ बर्षे उमेर हदलाई घटाएर ३० मा झारेको थियो जबकी त्यस पछि नेपाल राष्ट्र बैंकमा पूर्व मुख्यसचिव राजेन्द्र केसी क्षत्रीलाई नियुक्ति गर्नका लागि उमेर ६५ पु¥याउँदा सर्वाेच्च अदालतले रोक लगाएको थियो । एक दशक पत्रकारिता गरेका उनीसँग प्राधिकरण अध्यक्ष बन्न अनुभव नपुग्ने र पेस गरेका अनुभवका प्रमाणपत्र पनि फर्जी रहेको बिषयमा तामाकोशी सन्देशले पटक पटक समाचार सम्प्रेषण गरेको छ । वीमा प्राधिकरणको अध्यक्ष हुनका अन्य योग्यताका साथसाथैं वीमाको उच्च पदमा कम्तिमा पाँच बर्ष काम गरेको हुनुपर्ने भए पनि ओझाले यही बिषयमा कीर्ते कागजात बनाएका थिए । यही बिषयमा अख्तियारदेखि अदालतसम्म उजुरी पुगेपछि अख्तियारले उनलाई सिफारिस गर्ने सिफारिस समितिका केही सदस्यको बयान नै लिएको थियो ।

बिज्ञापन

सरकारले नियुक्ति गरेको वीमा प्राधिकरणको अध्यक्षलाई मुद्धा चलाउँदा सिफारिस समितिमा रहेका राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राडा शिवराज अधिकारी अर्थसचिव डा रामप्रसाद घिमिरे हुँदै घनश्याम उपाध्याय र विज्ञका रूपमा ज्योतिचन्द्र ओझाका अलवा अर्थमन्त्रीदेखि क्याविनेटका निर्णय प्रमाणीकरण गर्ने मुख्यसचिवसम्म मुद्धा चलाउने स्थिति बन्ने भन्दै अख्तियार प्रमुख प्रेम राईले मुख्य सचिव एकनारायण अर्यालको कान फुके पछि मुख्य सचिव एकनारायण अर्यालले प्रधानमन्त्री कार्यालयमै बोलाएर ओझाको राजीनामा मागेका थिए तर  विचौलियाको जोडबल,सुलभ र साहिल अग्रवालजस्ता सरकारसँग नजिक व्यापारीहरुसँग काम गरिरहेका र उनीहरुकै जोडबलमा सबैभन्दा कम उमेरमा सरकारी नियुक्ति खाएका ओझा टसका मस भएनन् ।

अर्थ मन्त्रालय स्रोतका अनुसार अर्थ मन्त्री विष्णु पौडेलले समेत मन्त्रालयमा ओझालाई बोलाएर राजीनामा गर्न सुझाएका थिए तर अर्थमन्त्रीदेखि मुख्यसचिवको निर्देशन हुँदा समेत ओझा नगलेपछि सरकारले बाध्य भएर छानबिन समिति बनाएर उनलाई निलम्बन गरेको बताइएको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

कीर्ते कागजातको भरमा नियुक्ति,सचिव र मन्त्री नै तानिने भएपछि सरकारको तर्फबाट चलाखी

मेयरका स्वकीयबाट कार्यकक्षमै कुटिए प्रमुख प्रशासकीय अधिकृत,सुरक्षाको प्रत्याभुत नभएसम्म सबै सेवा ठप्प

पाँच दिन पछि खुल्यो पालिका अध्यक्ष र प्रशासकीय अधिकृतको कार्यकक्षको ताला

१८ सचिवसहित २२११ कर्मचारीले पाउँदैछन् यही आर्थिक बर्षमा अवकाश

आयोजना सम्पन्न नहुञ्जेल प्रमुखको सरुवा नगर्न अर्थ मन्त्रालयको परिपत्र

धमाधम हटाइँदै करारका कर्मचारी

प्रशासकीय अधिकृतले आफैंलाई बढुवा गरेपछि…

रसुवागढी नाकामा अस्थायी पुल बनाउने चीनको प्रतिबद्धता, दसैंअघि निर्माण हुने अपेक्षा

बिशेष