कर्मचारी सञ्चय कोषले सञ्चयकर्ताका लागि ब्याजदर परिवर्तन गरेको छ ।
बिज्ञापन
कोषले सञ्चयकर्तालाई सञ्चय कोष रकम र निवृत्तिभरण कोष रकममा प्रदान गर्ने वार्षिक ब्याजदर ५ प्रतिशत निर्धारण गरेको हो ।कोष सञ्चालक समितिको निर्णय अनुसार नयाँ ब्याजदरहरू आजदेखि लागू गरिएको छ ।
बिज्ञापन
निर्णयअनुसार सञ्चयकर्ताको सञ्चय कोष रकम र निवृत्तिभरण कोष रकममा ५ प्रतिशत वार्षिक ब्याजदर प्रदान गरिनेछ ।
त्यस्तै, कोषले उपलब्ध गराउने विभिन्न सापटी अन्तर्गत विशेष सापटीमा ६ दशमलव २५ प्रतिशत,घर सापटी, शैक्षिक सापटी र घर मर्मत सापटीमा ७ दशमलव २५ प्रतिशत,जग्गा खरिद सापटी तथा सरल सापटीमा ७ दशमलव ५० प्रतिशत
विशेष सापटी बाहेकका धितोमा आधारित सापटीको ब्याज नियमित रूपमा चुक्ता गर्ने सञ्चयकर्तालाई ० दशमलव २५ प्रतिशत छुट प्रदान गरिने व्यवस्था गरिएको छ ।
बिज्ञापन
यस्तै कोषलले सञ्चयकर्ताहरूलाई घर निर्माण तथा घर जग्गा खरिदका लागि रु १ करोडसम्म, घर मर्मतका लागि रु ३० लाखसम्म, शैक्षिक सापटी (स्वयं, पति पत्नी वा छोरा वा छोरीको उच्च शिक्षाका लागि) रु ४० लाखसम्म र भैपरी आउने कार्यका लागि सरल सापटी अन्तर्गत रु ६० लाखसम्म सापटी उपलब्ध गराउँदै आएको छ ।
यस्तै, सञ्चयकर्ताको खातामा जम्मा भएको रकमको सुरक्षणमा आधारित भई ९० प्रतिशतसम्मको रकम विशेष सापटीको रूपमा दिइने व्यवस्था पनि कायम रहेको कोषको भनाइ छ ।
कोषबाट चालु आर्थिक वर्ष १ लाख ५८ हजार ३ सय ४४ सञ्चयकर्ताले विशेष सापटी, १ लाख १४ हजार ४ सय ५६ ले कोष भुक्तानी, २ हजार ९ सय २६ ले धितोमा आधारित सापटी, २५ हजार २ सय ९८ ले सामाजिक सुरक्षा सुविधा र १ हजार ७ सय ९१ सञ्चयकर्ताले योगदानमा आधारित निवृत्तिभरण भुक्तानी लिएका छन् ।
कोषमा निजामती, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, सार्वजनिक संस्थान र संगठित क्षेत्र तथा सामुदायिक एवं संस्थागत विद्यालयतर्फका गरी करिब ५ लाख ८० हजार सञ्चयकर्ता र करिब ९९ हजार ३ सय ९१ योगदानकर्ता गरी कुल ६ लाख ७९ हजार ३ सय ९१ सञ्चयकर्ता र योगदानकर्ता आबद्ध छन् ।