नयाँ आर्थिक बर्षदेखि कर्मचारी सञ्चयकोषको नयाँ व्याजदर

कर्मचारी सञ्चय कोषले सञ्चयकर्ताका लागि ब्याजदर परिवर्तन गरेको छ ।

बिज्ञापन

कोषले सञ्चयकर्तालाई सञ्चय कोष रकम र निवृत्तिभरण कोष रकममा प्रदान गर्ने वार्षिक ब्याजदर ५ प्रतिशत निर्धारण गरेको हो ।कोष सञ्चालक समितिको निर्णय अनुसार नयाँ ब्याजदरहरू आजदेखि लागू गरिएको छ ।

बिज्ञापन

निर्णयअनुसार सञ्चयकर्ताको सञ्चय कोष रकम र निवृत्तिभरण कोष रकममा ५ प्रतिशत वार्षिक ब्याजदर प्रदान गरिनेछ ।

त्यस्तै, कोषले उपलब्ध गराउने विभिन्न सापटी अन्तर्गत विशेष सापटीमा ६ दशमलव २५ प्रतिशत,घर सापटी, शैक्षिक सापटी र घर मर्मत सापटीमा ७ दशमलव २५ प्रतिशत,जग्गा खरिद सापटी तथा सरल सापटीमा ७ दशमलव ५० प्रतिशत
विशेष सापटी बाहेकका धितोमा आधारित सापटीको ब्याज नियमित रूपमा चुक्ता गर्ने सञ्चयकर्तालाई ० दशमलव २५ प्रतिशत छुट प्रदान गरिने व्यवस्था गरिएको छ ।

बिज्ञापन

यस्तै कोषलले सञ्चयकर्ताहरूलाई घर निर्माण तथा घर जग्गा खरिदका लागि रु १ करोडसम्म, घर मर्मतका लागि रु ३० लाखसम्म, शैक्षिक सापटी (स्वयं, पति पत्नी वा छोरा वा छोरीको उच्च शिक्षाका लागि) रु ४० लाखसम्म र भैपरी आउने कार्यका लागि सरल सापटी अन्तर्गत रु ६० लाखसम्म सापटी उपलब्ध गराउँदै आएको छ ।

यस्तै, सञ्चयकर्ताको खातामा जम्मा भएको रकमको सुरक्षणमा आधारित भई ९० प्रतिशतसम्मको रकम विशेष सापटीको रूपमा दिइने व्यवस्था पनि कायम रहेको कोषको भनाइ छ ।

कोषबाट चालु आर्थिक वर्ष १ लाख ५८ हजार ३ सय ४४ सञ्चयकर्ताले विशेष सापटी, १ लाख १४ हजार ४ सय ५६ ले कोष भुक्तानी, २ हजार ९ सय २६ ले धितोमा आधारित सापटी, २५ हजार २ सय ९८ ले सामाजिक सुरक्षा सुविधा र १ हजार ७ सय ९१ सञ्चयकर्ताले योगदानमा आधारित निवृत्तिभरण भुक्तानी लिएका छन् ।

कोषमा निजामती, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, सार्वजनिक संस्थान र संगठित क्षेत्र तथा सामुदायिक एवं संस्थागत विद्यालयतर्फका गरी करिब ५ लाख ८० हजार सञ्चयकर्ता र करिब ९९ हजार ३ सय ९१ योगदानकर्ता गरी कुल ६ लाख ७९ हजार ३ सय ९१ सञ्चयकर्ता र योगदानकर्ता आबद्ध छन् ।

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

सात सचिव रिक्त,चार महिनादेखि बढुवा ठप्प हुँदा मारमा बरिष्ठ सहसचिवहरु

प्रधानमन्त्री कार्यालयमा सचिवको पल्टन,चार निकाय सचिवविहीन

आयल निगममा तेल चोर्नेदेखि ओभरटाइमको नाममा मासिक ५० लाख खानेसम्म

मनसुनको जोखिम बढ्दै, देशभर ५४ स्थानमा सशस्त्र प्रहरीको प्रतिकार्य बेस स्थापना

टेरामक्स भ्रष्टाचार मुद्दा : पूर्वमन्त्री मोहन बस्नेतसहित १९ प्रतिवादीको मुद्दामा आज फेरि सुनुवाइ

‘मनसुनजन्य विपद् प्रतिकार्यका लागि सुरक्षा निकाय र सरकारी संयन्त्र उच्च शतर्कतामा’

अर्थका दुई महत्वपूर्ण विभाग निमित्तको भरमा,६ सहसचिवको दरबन्दी रिक्त

डिभी र पिआरधारी चार अधिकृतलाई १५ दिने स्पष्टीकरण

बिशेष