एमालेका मेयर एक लाख घुससहित रंगेहात पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक मेयरलाई एक लाख घुससहित रंगेहात पक्राउ गरेको छ ।

बिज्ञापन

अख्तियारले सिरहाको कल्याणपुर नगरपालिकाका मेयर रामपुकार साह एकलाख घुस रकमसहित रंगेहात पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासको टोलिले बुधबार उनलाई नगरपालिका कार्यालयबाटै एक लाख घुस रकमसहित बुधबार दिउँसो नियन्त्रणमा लिएको हो ।

बिज्ञापन

दिउँसो पौने २ बजेतिर कार्यालयमै पूर्ण भुक्तानीका लागि एक उपभोक्ता समितिबाट एक लाख रकम घुस लिइरहेको बेला रंगेहात नियन्त्रणमा लिएको हो । अन्तिम भुक्तानीका लागि एक उपभोक्ता समितिबाट एक लाख रकम घुस लिइरहेको अवस्थामा उनलाई रंगेहात आयोगको कार्यालय बर्दिबासको टोलिले पक्राउ गरेको हो । अहिले अख्तियारको टोलीले नगर कार्यपालिकाको कार्यालयमै राखेर नगरप्रमुख साहलाई सोधपुछ गरिरहेको छ ।

कानूनी प्रक्रिया (मुचुल्का) तयार पारेर थप अनुसन्धान तथा कारबाहीका लागि अख्तियारको कार्यालय बर्दिबास लगिने तयारी भइरहेको छ । उनी गत स्थानीय तह निर्वाचनमा एमालेबाट मेयर निर्वाचित भएका थिए।

बिज्ञापन

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

स्वास्थ्य मन्त्रालयमा व्यापक सरुवा

कार्यालय प्रमुख,लेखा अधिकृतसहित आठ विरुद्ध भ्रष्टाचार मुद्धा

चिप्लिए निर्णयकर्ता : हिजो सामान्यको सरुवामा,आज क्याविनेटको निर्णयमा

यता अधिकृतस्तरका २० जनाको अस्थायी दरबन्दी स्वीकृत,उता ३ सय ३३ को दरबन्दी कटौती

सेनामा जुत्ता काण्ड

सहसचिव र उपसचिव तहको विज्ञापन स्थगन

स्वास्थ्य मन्त्रालय ‘सेटिङ सेन्टर’मा रुपान्तरण:-सचिवदेखि निर्देशकसम्म छानबिन गर्ने अख्तियारमा उजुरी

१० उपसचिव,१८ अधिकृत सहित ३३ कर्मचारीको सरुवा

बिशेष