अबदेखि सरकारी कार्यालय ‘क्यासलेस’

आगामी साउन १ गतेदेखि सबै सरकारी कार्यालय क्यासलेस हुने भएको छ ।

बिज्ञापन

सरकारी कार्यालयलाई ‘क्यासलेस,पेपरलेस र फेसलेस बनाउने सरकारी नीति छ । सोही नीति अनुसार अधिकांश सरकारी कार्यालयहरु विद्युतीय प्रणाली पूर्ण रुपमा कार्यान्वयन हुन सकेको छैन ।

बिज्ञापन

केही बोर्ड, समिति र सार्वजनिक संस्थानमा अझै पनि विद्युतीय प्रणाली पूर्ण रूपमा कार्यान्वयनमा नभएको पाइएपछि अर्थ मन्त्रालयले फेरि परिपत्र जारी गर्दै पूर्ण रुपमा विद्युतीय भुक्तानी लागू गर्न परिपत्र गरेको छ ।

अर्थ मन्त्रालयले आगामी साउन १ गतेदेखि सार्वजनिक निकायबाट हुने सबै प्रकारका भुक्तानी अनिवार्य रूपमा विद्युतीय प्रणालीमार्फत गर्ने व्यवस्था मिलाउन परिपत्र गरेको हो ।
अर्थ मन्त्रालयले सबै मन्त्रालय,आयोग,सचिवालय,कार्यालय, नेपाल राष्ट्र बैङ्क, सार्वजनिक संस्थान, बोर्ड, समिति तथा प्रतिष्ठानहरूलाई परिपत्र गर्दै आगामी साउन १ गतेदेखि सबै भुक्तानी अनिवार्य रूपमा विद्युतीय प्रणालीमार्फत गर्ने व्यवस्था मिलाउन परिपत्र गरेको छ ।

बिज्ञापन

‘नेपाल सरकारले आर्थिक वर्ष २०८२/८३ को बजेटमार्फत सार्वजनिक निकायबाट हुने सबै प्रकारका भुक्तानीलाई विद्युतीय प्रणालीमा आवद्ध गर्ने नीतिगत व्यवस्था गरेको छ,’ परिपत्रमा भनिएको छ, ‘उक्त नीति बमोजिम ०८२ साउन १ गतेदेखि हुने सबै प्रकारको भुक्तानीलाई अनिवार्य रुपमा विद्युतीय प्रणालीमार्फत गर्ने व्यवस्था गर्नु गराउनुहुन अनुरोध छ ।’

 

आर्थिक वर्ष २०८२/ ८३ को बजेट वक्तव्यमा उल्लेख भएअनुसार परिपत्र गरिएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

मन्त्रिपरिषद्को बैठक बस्दै

घुस प्रकरणमा मुछिएका मन्त्री गुप्तालाई प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइयो

फाँसीको डोरीमा टाँगिएको न्याय

विधेयक समीक्षा बिना पारित भयो भने लोकतान्त्रिक प्रतिवादमा जान्छौं: उपाध्यक्ष ओली

मन्त्री गुप्ताविरुद्ध घुस लिएको आरोपमा अख्तियारमा उजुरी, प्रमाणसहित कारबाहीको माग

ती गोकुल,यी राजकुमार

विशेष समिति बनेको सात दिन : सचिवसँग लियो पहिलो बयान

अबदेखि सरकारी कार्यालय ‘क्यासलेस’

बिशेष