बजेटमा अर्थ सचिवको बदमासी : जन्मथलोमा ८ करोडको योजना

जहाँ र जुन कार्यालयको नेतृत्व गर्दछन्,त्यही विवाद र लफडामा मुछिदैं आएका सहसचिव हुन राजेन्द्रदेव पाण्डे । यस अघि सिरहाको प्रमुख जिल्ला अधिकारी हुँदा होस वा गृह सचिव गोकर्णमणि दुवाडीकै गृह जिल्ला धादिङको प्रमुख जिल्ला अधिकारी हुँदा होस विवाद र लफडामा परेर गृहमा तानिएका पाण्डे फेरि विवादमा तानिएर मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको बरण्डामा थन्काइएका छन् ।

बिज्ञापन

धादिङको प्रमुख जिल्ला अधिकारी हुँदा उनीसहितका सुरक्षा सयन्त्रका कमजोरीका कारण ३५ जनाको अनाहकमा ज्यान गएपछि उनलाई गृहमा तानिएको थियो गत बर्ष कार्तिकमा सरुवा भएर पाण्डे मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय गण्डकी प्रदेश पुगेका थिए । त्यहाँबाट उनी अर्थ सचिवको जिम्मेवारीमा थिए तर आफ्नै हात जगन्नाथ शैलीमा बजेट आफ्नो पालिका र जन्मिएको ठाउँमा हालेपछि विवादमा परेर फेरि बरण्डामा थन्काइएका हुन ।

बिज्ञापन

सोमबार बसेको गण्डकी प्रदेश मन्त्रिपरिषद्को बैठकले सचिव पाण्डेलाई प्रदेशको अर्थ मन्त्रालयबाट मुख्यमन्त्री कार्यालयमा सरूवा गरेर फाजिलमा राखिएको छ। सचिव पाण्डेले आफ्नो पालिकामा विभिन्न मन्त्रालयबाट पालिकामा २० करोड बढी आफू जन्मिएको ठाउँमा ८ करोड बजेट छुट्टाइएको भेटिएपछि उनलाई कारवाही गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जगेडमा राखिएको हो । पाण्डेले प्र्रदेशको तनहुँ जिल्लाको भानु नगरपालिकामा केन्द्रित बजेट खन्याएको भेटिएपछि उनी कारवाहीमा परेका हुन । सचिव पाण्डेले अर्चलधारा–लौडारी भञ्ज्याङ मोटरबाटोलाई ३ करोड, भानुमार्ग–कुन्छा सडकलाई ३ करोड ५० लाख, चितिखोला भुवानेमा बेलीब्रिज राख्न १ करोड ५० लाख र चाम्बासमा सडक पुल बनाउन १ करोड ५० लाख बजेट आफ्नो पालिकामा पारेको भेटिएको थियो । बजेट पुस्तिकामा विकास कार्यक्रममा खोज्दा १११ ठाउँमा भानु नगरपालिकाको नाममा र १०६ वटा योजना भानुका लागिमात्रै छुट्ट्याइएको देखिन्छ ।

पाण्डेको जन्मथलो चितिखोला महोत्सवमा ५ लाख, चितिखोलादेखि पोखरासम्म पदमार्ग सम्भाव्यता अध्ययन गर्न ५ लाख, चितिखोला सुकेधारा मोटरबाटोमा ५० लाख, चितिखोला सुकेधारा मोटरमार्गमै अर्को ५० लाख, चितिखोला भुवानेमा बेलीब्रिज राख्न १ करोड ५० लाख,चितिखोला भट्टफाँट सिँचाइ योजनामा ५० लाख, चितिखोला बगरखेत सिँचाइ योजनामा ५ लाख, चितिखोला थानीको थान भानु जन्मस्थान म्याराथनका लागि विभिन्न कार्यक्रम र अर्को जिल्लासँग जोडेर ४८ लाख ४० हजार, चितिखोलादेखि भानु जन्मस्थानसम्मको म्याराथन दौडका लागि छुट्टै शीर्षकमा १५ लाख रुपैयाँ विनियोजन गरिएको छ ।

बिज्ञापन

यसरी आगामी आर्थिक वर्षका लागि बजेट बनाउँदा अर्थ सचिव पाण्डेले आफ्नो गाउँमा अत्याधिक बजेट खन्याएको भेटिएपछि उनी कारवाहीमा परेका हुन । पाण्डे विगतमा पनि राम्रो छैन । उनी सिरहाको प्रमुख जिल्ला अधिकारी हुँदा मिजरब्याजी प्रति नरम भएको आरोप लागेर मन्त्रालयमा तानिएका थिए । धादिङ जिल्लाको प्रमुख जिल्ला अधिकारीको भूमिकामा हुँदा उनकै कमजोरीका कारण
झ्याप्ले खोलामा झ्याप्ले खोलामा ३५ जनाभन्दा बढीको ज्यान गएको थियो । मन्त्रालयको निर्देशन अवज्ञा गर्दै रातको समयमा गाडी चलाउन दिएपछि उनी गृहमा फिर्ता भएका थिए ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

संघीय निजामती सेवा विधेयकमा कर्मचारी सरोकार सम्बोधन नगर्नु दुःखद : निजामती युनियन

बजेटमा अर्थ सचिवको बदमासी : जन्मथलोमा ८ करोडको योजना

‘कर्मचारीको आँशु झार्ने कानुन’

सात सार्वजनिक संस्थान निजीकरणको तयारी, मन्त्रालयले अगाडि बढायो प्रक्रिया

मुख्य सचिवको १० महिना : सार्वजनिक प्रशासन र सेवा प्रवाहको क्षेत्रमा के- के भए सुधार ?

वैरोको सुधार अभियान : बिचौलियाविरुद्ध कठोर र प्रविधिमैत्री सेवाले श्रमिकलाई राहत

निजामती विधेयकमाथि निजामती कर्मचारी संगठनको सकारात्मक टिप्पणी, माग समेट्न राष्ट्रिय सभालाई आग्रह

बहुप्रतिक्षीत संघीय निजामती सेवा ऐनसंगको अपेक्षा

बिशेष