२८० दिनदेखि सह लेखापाल गायब,स्पष्टीकरण पेश नगरे सेवाबाटै हटाउने तयारी

भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय मातहतको नापी विभागले एक सह लेखापाललाई जागिरबाटै हटाउने प्रक्रिया अगाडि बढाएको छ । नापी कार्यालय बुटवल, कार्यरत रहेका सह लेखापाल कृष्ण अधिकारी (२२७६९९) सँग विभागले चित्त बुझ्दो स्पष्टीकरण पेश नगरे सेवाबाटै हटाइने प्रक्रिया अगाडि बढाउने सूचना जारी गरेको छ ।

बिज्ञापन

वाणगंगा नगरपालिका वडा नं ८ मधुवन, कपिलवस्तु स्थायी ठेगना भएका अधिकारी २८० दिनदेखि कार्यालयमा अनुपस्थित रहेसँगै विभागलाई बल्ल तातो लागेर उनको खोजी गरेको छ । नेपाल सरकार, भूमि व्यवस्था सरकारी तथा गरिबी निवारण मन्त्रालय, नापी विभाग, नापी कार्यालय बुटवल रुपन्देहीमा कार्यरत अधिकारी गत बर्ष भदौं २८ देखि बिदा स्वीकृत नगराई नब्बे कार्य दिनभन्दा बढी समय यस कार्यालयमा बिना जानकारी अनुपस्थित रहका हुँदा उनलाई चित्त बुझ्दो जबाफ पेश गर्न भनिएको छ ।

बिज्ञापन

प्रकाशित सूचनामा भनिएको छ, निजामती सेवा एन, को दफा ११ को उपदफा (१) को देहाय (छ) मा व्यवस्था भए बमोजिम तपाईलाई निजामती सेवा एन, २०४९ दफा ६१ को उपदफा (छ) को कसुरमा भविष्यमा सरकारी सेवाका निम्ति अयोग्य नठहरिने गरी सेवाबाट किन नहटाउनुपर्ने कारण, आधार र प्रमाण सूचना प्रकाशित भएको मितिले ३० (तीस) दिनभित्र निजामती सेवा ऐन, २०४९ को दफा ९७ बमोजिम स्पष्टीकरण पेश गर्नुहुन नापी कार्यालय रुपन्देहीका मिति २०८२ असार ११ का निर्णयानुसार अनुरोध छ।

सूचनामा भनिएको छ,म्यादभित्र सन्तोषजनक स्पष्टीकरण पेश हुन नआएमा नियमानुसार कारवाहीको प्रक्रिया अघि बढाइने व्यहोरा समेत यसै सूचनाद्वारा सूचित गरिन्छ।

बिज्ञापन

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

बनुवा घुम्ती फेरि जोखिममा : ठेकेदार र कर्मचारीको लापरबाही

प्रधान न्यायाधीश राउतको नेतृत्वमा सैनिक विशेष अदालतको निरीक्षण सम्पन्न, सैनिक न्याय प्रणालीमा सुधारका निर्देशन

तलबि प्रतिबेदन समयमै पारित गर्न किताबखानाको कडा कार्ययोजना, पारितबिनै भुक्तानी गरे असुल उपर हुने चेतावनी

२८० दिनदेखि सह लेखापाल गायब,स्पष्टीकरण पेश नगरे सेवाबाटै हटाउने तयारी

वैकल्पिकमा परेका उमेद्धारलाई स्थायी नियुक्तिका लागि सिफारिस

कुन निकायका कर्मचारीले सम्पत्ति विवरण कहाँ बुझाउने ?

असार मसान्तसम्म आवेदन दिनेले मात्र एसइडिपी तालिममा सहभागी हुन पाउने

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धकमा पाण्डे,जगन्नाथलाई पोखरा

बिशेष