२८० दिनदेखि सह लेखापाल गायब,स्पष्टीकरण पेश नगरे सेवाबाटै हटाउने तयारी

भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय मातहतको नापी विभागले एक सह लेखापाललाई जागिरबाटै हटाउने प्रक्रिया अगाडि बढाएको छ । नापी कार्यालय बुटवल, कार्यरत रहेका सह लेखापाल कृष्ण अधिकारी (२२७६९९) सँग विभागले चित्त बुझ्दो स्पष्टीकरण पेश नगरे सेवाबाटै हटाइने प्रक्रिया अगाडि बढाउने सूचना जारी गरेको छ ।

बिज्ञापन

वाणगंगा नगरपालिका वडा नं ८ मधुवन, कपिलवस्तु स्थायी ठेगना भएका अधिकारी २८० दिनदेखि कार्यालयमा अनुपस्थित रहेसँगै विभागलाई बल्ल तातो लागेर उनको खोजी गरेको छ । नेपाल सरकार, भूमि व्यवस्था सरकारी तथा गरिबी निवारण मन्त्रालय, नापी विभाग, नापी कार्यालय बुटवल रुपन्देहीमा कार्यरत अधिकारी गत बर्ष भदौं २८ देखि बिदा स्वीकृत नगराई नब्बे कार्य दिनभन्दा बढी समय यस कार्यालयमा बिना जानकारी अनुपस्थित रहका हुँदा उनलाई चित्त बुझ्दो जबाफ पेश गर्न भनिएको छ ।

बिज्ञापन

प्रकाशित सूचनामा भनिएको छ, निजामती सेवा एन, को दफा ११ को उपदफा (१) को देहाय (छ) मा व्यवस्था भए बमोजिम तपाईलाई निजामती सेवा एन, २०४९ दफा ६१ को उपदफा (छ) को कसुरमा भविष्यमा सरकारी सेवाका निम्ति अयोग्य नठहरिने गरी सेवाबाट किन नहटाउनुपर्ने कारण, आधार र प्रमाण सूचना प्रकाशित भएको मितिले ३० (तीस) दिनभित्र निजामती सेवा ऐन, २०४९ को दफा ९७ बमोजिम स्पष्टीकरण पेश गर्नुहुन नापी कार्यालय रुपन्देहीका मिति २०८२ असार ११ का निर्णयानुसार अनुरोध छ।

सूचनामा भनिएको छ,म्यादभित्र सन्तोषजनक स्पष्टीकरण पेश हुन नआएमा नियमानुसार कारवाहीको प्रक्रिया अघि बढाइने व्यहोरा समेत यसै सूचनाद्वारा सूचित गरिन्छ।

बिज्ञापन

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

करार कर्मचारी व्यवस्थापनको मन्त्रिपरिषद् निर्णयको स्वागत, संघर्षमा साथ दिने सबैप्रति आभार

प्रशासन सेवाका ४२,इन्जिनियरिङका १४ सहित यी ८७ सहसचिव जाँदैछन् घर

घान्द्रुकले सिकाएको मौनताको दर्शन(नियात्रा)

सार्वजानिक खरिद ऐन संशोधनपछि निर्माण व्यवसायी उत्साहित, आयोजना अलपत्र पार्ने प्रवृत्तिको अन्त्य हुने अपेक्षा

विदेशी विनिमय अवचलनको अनुसन्धानदेखि उपचार विवादसम्म मुछिएका डा. जितेन्द्र परियारलाई सिभिल अस्पतालको नेतृत्व दिलाउन शक्तिकेन्द्रको दौडधुप ?

सेनाको ‘व्याकअप’ तयार गर्दै सरकार, विद्यार्थीलाई सैन्य तालिम,नियुक्तिमा सेनाका पूर्व अधिकारी

प्रदेशका १२ कर्मचारी बढुवा सिफारिस

पाँच मन्त्री हटाइँदै

बिशेष