गभर्नर पौडेलको सम्पत्ति : १५ करोडको शेयर,२ वटा घर,४५ तोला सुन

नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेको छन् । पौडेलसँग सुन,शेयर,घर,गाडी समेत गरी झण्डै १६ करोडको सम्पत्ति रहेको विवरण सार्वजनिक गरेका छन् ।

बिज्ञापन

पौडेलले सार्वजनिक गरेको सम्पत्तिको विवरण अनुसार साढे १५ लाख कित्ता सेयर, ऋणपत्रमा लगानी गरेका छन् । विभिन्न ७ वटा कम्पनीहरूमा आफ्नो र श्रीमतीको नामबाट १५ लाख ३६ हजार ५ सय ८९ कित्ता सेयर अर्थात १४ करोड ५ लाख ६७ हजार रुपैयाँ बराबर सेयर लगानी गरेको उनले सार्वजनिक गरेको सम्पत्ति विवरणमा उल्लेख छ ।

बिज्ञापन

यस्तै पौडेलसँग ४५ तोला सुन र करिब १५ लाख रुपैयाँ बराबरको हिरा रहेको छ। सुनलाई पैतृक सम्पत्ति र हिरालाई स्वआर्जनका रूपमा उल्लेख गरिएको छ। उनी र उनकी श्रीमती प्रतिभा शर्माको नाममा जम्मा २० लाख ६८ हजार रुपैयाँ बराबरको बैंक बचत रहेको छ। जसमध्ये सानिमा बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, प्रभु बैंक लगायतमा रकम वच रहेको उल्लेख गरिएको छ। त्यसैगरी, पौडेलको नाममा रहेको डलर खातामा ६६ अमेरिकी डलर र उनकी पत्नीको खातामा ४,४४६ डलर रहेको उल्लेख गरिएको छ, जसको नेपाली रूपान्तरण करिब ६ लाख २२ हजार रुपैयाँ हुन्छ।

 

बिज्ञापन

यस्तै, पौडेलकी श्रीमती प्रतिभा शर्माको नाममा ललितपुरको सैंबु र नवलपरासी गैंडाकोटमा एक,एक वटा घर र जग्गा रहेको छ भने ४५ तोला सुन, १५ लाख रुपैयाँ बराबरका हिराका गहना रहेका छन् । अहिलेको मूल्यअनुसार सुनको मूल्य करिब ८७ लाख रुपैयाँ बराबर हुन आउँछ ।

पौडेलले विभिन्न बैंक तथा वित्तीय संस्थामा गरी करिब २७ लाख रुपैयाँ नगद निक्षेप राखेका छन् । ६ वटा वित्तीय संस्थामा निक्षेप खाता रहेकोमा तीन वटा आफ्नो र तीन वटा श्रीमतीको नाममा खोलिएको छ । तीमध्ये २ वटा डलर खाता रहेका छन् ।

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

स्थानीय सेवामा कार्यरत कर्मचारीहरूको सरुवा मापदण्ड संशोधन

१५ सेकेन्डले बाँचेको जीवन : १५ सेकेन्डले हराएका मेरा साथीहरूको खोजीमा

भोटेकोशी प्रलयमा परी १६० राष्ट्रसेवक वेपत्ता,चारको मृत्यु

उपसचिव सिडियो,उनकै मातहतमा खटाइयो सहसचिव

निजामती सेवा दिवसका सम्पूर्ण कार्यक्रम रद्ध

६४ हजार घुस रकमसहित पक्राउ परिन शाखा प्रमुख

भोटेकोशी बाढीको क्षति मूल्याङ्कनदेखि वैकल्पिक राजमार्ग सञ्चालनसम्म, बागमती सरकारका सात निर्णय

रसुवा र धादिङलाई वैकल्पिक मार्गबाट सडक सञ्जालमा जोडिसक्यौँः सडक डिभिजन प्रमुख शर्मा

बिशेष