सातै प्रदेशका सांसदहरुलाई ‘चोर बाटो’ बाट बजेट

प्रदेश सरकारले असार १ गते बजेट ल्याउनु पर्ने कानुनी व्यवस्थाअनुसार आज सातवटै प्रदेश सरकारले बजेट सार्वजनिक गर्दैछन् ।

बिज्ञापन

संघ सरकारले प्रत्येक सांसदलाई सहरी विकास मन्त्रालयबाट २१ करोडका दरले योजना छुट्टाएकै शैलीमा सातै प्रदेशहरुले समेत त्यहाँका सांसदहरुलाई डेढ करोडदेखि पाँच करोड समेत छुट्टाएर बजेट ल्याउन लागेका छन् । जस अनुसार, कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ल्याउने बजेट ३७ अर्ब हाराहारीको हुनेछ । प्रदेश सरकारले संघको सिको गर्दे प्रत्यक्ष निर्वाचित सांसदलाई दुई करोड ५० लाखका दरले र सामानुपातिक सांसदलाई एक करोड ५० लाखका दरले बजेट छुट्टाएको छ ।

बिज्ञापन

यस्तै,मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्षको लागिएको मधेस सरकारले ४६ अर्बको हाराहारीमा बजेट ल्याउँदैछ । बजेटमार्फत उक्त प्रदेश सरकारले समेत संघकै झैं प्रत्यक्ष निर्वाचित सांसदलाई पाँच करोड र समानुपातिकलाई डेढ करोडको रुपैयाँको बजेट विनियोजन गर्ने तयारी छ ।

बागमती प्रदेश सरकारले आगामी आर्थिक बर्षको लागि करिब ७० अर्बको बजेट ल्याउन लागेको छ । चालु आर्थिक बर्षका लागि बाग्मती प्रदेश सरकारले ६४ अर्ब ५४ करोड ४ लाख ३१ हजार रुपैयाँको बजेट ल्याएको थियो । सो प्रदेशले पनि ३ अर्ब रुपैंया सांसदहरुका नाममा बाड्दै छ । बजेटमा सांसदका योजनामा ३ अर्ब ४४ करोड रुपैयाँ बिनियोजन हुँदैछ । सो प्रदेशमा ११० जना सांसदलाई छन् । सो प्रदेशले प्रत्यक्ष निर्वाचित सांसदलाई पाँच करोड र समानुपातिक सांसदलाई २ करोडका दरले बजेट छुट्टाएको छ ।

बिज्ञापन

यस्तै गण्डकी प्रदेश सरकारले आगामी वर्षका लागि ३२ अर्ब हाराहारीको बजेट प्रस्तुत गर्न लागेको छन् । सो प्रदेशले चालु आर्थिक बर्षको भन्दा १ अर्ब घटाएर बजेट सार्वजनिक गर्न लागेको हो । सो प्रदेशले समेत प्रत्यक्ष निर्वाचित सांसदलाई चार करोड र समानुपातिक सांसदलाई २ करोड रकम बाढ्दैछ,बजेटमार्फत ।

उता लुम्बिनी प्रदेशमा चालु आवका लागि सरकारले ३८ अर्ब ९७ करोडको बजेट ल्याएको थियो । यस पटक बजेटको केही आकार घटाएर ल्याउने तयारी भइरहेको छ । सो प्रदेशले प्रत्यक्ष निर्वाचित सांसदलाई ३ करोड,समानुपातिक सांसदलाई १ करोड १० लाखको योजना बाढ्दैछ । यस्तै कर्णाली प्रदेशले ३१ अर्ब हाराहारीको बजेट ल्याउने तयारी गरिरहेको छ भने सो प्रदेशले पनि उसैगरी सांसदहरुका लागि बजेट छुट्टाएको छ ।

आज सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, बागमती, मधेश र कोशी प्रदेश सरकारका आर्थिक मामिला मन्त्रीहरुले आय–व्यवको विवरणसहितको बजेट प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

पूर्व प्रधानमन्त्री कार्कीद्धारा शक्तिको दुरुपयोग : दशकदेखि तीन आना सरकारी जग्गा अतिक्रमण

बालेन सरकारविरुद्ध पाँच लाख श्रमिक सडकमा उतार्ने अध्यक्ष ढकालको चेतावनी

मूल्यवृद्धिको मारमा उपभोक्ता: बिचौलिया, मिलेमतो र कमजोर राज्य नियमनको घातक चक्र

एउटै अध्यादेशले पूर्व नासुदेखि मुख्यसचिवसम्म पदमुक्त

ऐलानी जग्गामा घर बनाएको आरोपमा रास्वपा सांसद खनाल विवादमा

११० कानुन संशोधन,एकै पटक १५३४ पदाधिकारी पदमुक्त

निजामती विद्येयकमाथि स्थानीय तहका कर्मचारीहरुको सुझावसहित ध्यानाकर्षण

राष्ट्रपतिद्वारा तीन अध्यादेश जारी,१२०० राजनीतिक नियुक्ति एकै झड्कामा खारेज

बिशेष