निमित्त प्रमुख प्रशासकीय अधिकृत हाजिरीले लफडा :उपमेयर कार्यकक्षमा थुनिइन्, लेखा अधिकृत कुटिए

आर्थिक बर्षको अन्त्यमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कार्यरत प्रमुख प्रशासकीय अधिकृतहरुलाई निकालेर त्यहीको शिक्षा,स्वास्थ्य,आर्युवेदका कर्मचारीलाई निमित्तको जिम्मेवारी दिन थालेपछि कतिपय स्थानीय तहमा लफडा निस्किएको छ ।

बिज्ञापन

यस्तै लफडा देखिएको छ,सप्तरीको राजविराज नगरपालिकाले । मन्त्रालयले केही दिन अगाडिमात्र उपसचिव तहका कर्मचारीलाई अन्यन्त्रै सरुवा गरेर सोही पालिकाका आठौं तहका कर्मचारीलाई निमित्तको जिम्मेवारी दिए पछि केही दिन देखि जारी आन्दोलन हातपात र तोडफोडको तहमा पुगेको छ । सप्तरीको राजविराज नगरपालिकामा निमित्त प्रमुख प्रशासकीय अधिकृत भोगेन्द्र यादवलाई पदभार ग्रहण गराउन खोज्दा झडप भएको छ ।

बिज्ञापन

त्यहाँ निमित्त प्रमुख प्रशासकीय अधिकृत भोगेन्द्र यादवलाई पदभार ग्रहण गराउन खोज्दा झडप भएको छ। त्यहाँ लेखा अधिकृत शत्रुधनलाल दास कार्यालय परिसरमै कुटिएका हुन्। यस्तै नगरपालिकाको कार्यालयमै कार्यवाहक मेयर इसरत परविन थुनिएकी हुन् ।

यहाँका मेयर भीमराज यादव स्थानीय राज रंगशाला स्तरन्नोतिको भ्रष्टाचार मुद्दामा निलम्बित छन् । यादवका समर्थकले परविनलाई कोठामा थुनेका छन् । उनीहरूले बाहिर प्रदर्शनसमेत गरिरहेका छन् । प्रदर्शनकारीले कार्यालय भवनको अधिकांश सिसा फुटाएका छन् । प्रदर्शनकारीले नगरपालिकाका लेखापाल शत्रुधनलाल दास, स्वास्थ्यकर्मी सन्तोष दासलाई कुटपिट गरेका छन् । घाइते शत्रुधनलाई उपचारका लागि गजेन्द्रनारायण सिंह अस्पताल लगिएको छ ।

बिज्ञापन

प्रमुख प्रशासकीय अधिकृत डा श्रवणकुमार साहको सरुवा गराएर आठौं तहका शिक्षा शाखामा कार्यरत कर्मचारी भोगेन्द्रप्रसाद यादवलाई निमित्त दिएपछि उनीहरुले आइतबारदेखि नगरपालिकामा तालाबन्दी गरी धर्ना बसिरहेका छन्।संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रमुख प्रशासकिय अधिकृत डा साहलाई रौतहटको एक स्थानीय तहमा सरुवा गरेर उनको ठाँउमा नगरपालिकाका शिक्षा शाखा प्रमुख भोगेन्द्र यादवलाई निमित्त प्रमुख प्रशासकियको रुपमा काम गर्न जिम्मेवारी दिएसँगै त्यहाँ विवाद शुरु भएको बताइएको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

आइएनजिओसँग हार्यो चौधरी समूह, टुंगियो थापाथलीस्थित ६ रोपनी जग्गाको स्वामित्व विवाद

५२ भाइको मुद्दामा आज फैसला सुनाइँदै

राज्य व्यवस्था समितिका सभापतिले यसरी बनाएछन कर्मचारीलाई पंगु

चण्डी इतिहासकै कमजोर महानिर्देशक:-मिसन ८४ का नाममा उठाइधन्दा, अख्तियारको नजरमा विभाग

१६ औ अभिव्यक्ति शृङ्खला सम्पन्न

कवितामा रोल्पाली स्वर

संवैधानिक पदाधिकारीको मुद्दामा फैसलाको मिति तोके यता अख्तियारले चलायो २६ मुद्धा

उत्तरगया गाउँपालिकामा एनजीओको लुट : महालेखाले देखायो पाइलैपिच्छे खोट

बिशेष