आर्थिक वर्ष २०८१/८२ को पहिलो १० महिनामा विप्रेषण आप्रवाह १३.२ प्रतिशतले बढेर १३ खर्ब ५६ अर्ब ६१ करोड पुगेको छ । नेपाल राष्ट्र बैङ्कको तथ्यांकअनुसार अमेरिकी डलरमा विप्रेषण १०.५ प्रतिशतले वृद्धि भई ९ अर्ब ९६ करोड पुगेको छ ।
बिज्ञापन
२०८२ वैशाख महिनामा मात्र १ खर्ब ६५ अर्ब ३० करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । यो हालसम्मकै उच्च हो । गत वर्षको सोही महिनामा रेमिट्यान्स आप्रवाह १ खर्ब १५ अर्ब ९९ करोड रहेको थियो ।
बिज्ञापन
गएको १० महिनामा अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह १०.५ प्रतिशतले वृद्धि भई ९ अर्ब ९६ करोड पुगेको छ । गत वर्ष यस्तो आप्रवाह १४.८ प्रतिशतले बढेको थियो ।
समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) १४ खर्ब ७९ अर्ब ८ करोड पुगेको छ । जुन अघिल्लो वर्षको सोही अवधिमा १३ खर्ब १ अर्ब ७५ करोड थियो ।
बिज्ञापन
यस अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत र व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या ४ लाख ५ हजार ६१० र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या २ लाख ८० हजार ३१४ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यी सङ्ख्याहरू क्रमशः ३ लाख ७३ हजार ३०७ र २ लाख ३६ हजार ३९८ थिए ।