बैंकका पाँच कर्मचारीविरुद्ध पनि भ्रष्टाचार मुद्धा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक नीजि बैंकका ५ कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्धा चलाएको छ । हाल लक्ष्मी बैंकसँग मर्ज भएको तत्कालीन सनराइज बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृतदेखि अधिकृत तहसम्मका पाँच कर्मचारीलाई प्रतिवादी बनाएर अख्तियारले आज विशेषमा मुद्धा दायर गरेको हो ।

बिज्ञापन

पतञ्जलि योगपिठको जग्गा सट्टापट्टा प्रकरणमा पूर्वप्रधानमन्त्री माधव नेपालसहित ९३ जनालाई प्रतिवादी बनाउँदा एक नीजि बैंकका पाँच कर्मचारीलाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको छ ।

बिज्ञापन

अख्तियारले हदबन्दीभन्दा बढी जग्गा खरिदबिक्री गर्न दिई सरकारी सार्वजनिक सम्पत्ति हिनामिना र हानिनोक्सानी गरी भ्रष्टाचार गरेको आरोप तत्कालीन प्रधानमन्त्री नेपाल,तत्कालीन कानुन मन्त्री प्रेमबहादुर सिंह, तत्कालीन मन्त्री डम्बरबहादुर श्रेष्ठ बितिसकेकाले उनका छोरा सन्तोष श्रेष्ठ, तत्कालीन मुख्य सचिव स्वर्गीय माधवप्रसाद घिमिरेको हकमा उनकी श्रीमती कमला घिमिरे, भूमिसुधार सचिव छविराज पन्तका अलवा तत्कालीन सहसचिवहरू जितबहादुर थापा र लालमणि जोशी, तत्कालीन कानुन उपसचिव कलानिधि पौडेल, गान्धीप्रसाद सुवेदी, भुपेन्द्रमणि केसी, तत्कालीन महानिर्देशक केशरबहादुर बानियाँ र तत्कालीन उपसचिव राजाराम थापा,तत्कालीन शाखा अधिकृत सिताराम पोखरेल, तत्कालीन नायब सुब्बा बुद्धिबहादुर कार्की र तत्कालीन मालपोत अधिकृत प्रेमबहादुर देशार, केदारनाथ भट्टराई, खरिदार मोहनराम शर्मा, मालपोत अधिकृत जनार्दन गुरागाईं, बेदप्रसाद अर्याल, शिवहरि शर्मा सुवेदी, नायब सुब्बा विनोद कोइराला लगायतलाई प्रतिवादी बनाएको हो । जसमध्य अर्याल अहिले भूमि सुधार विभागको प्रवक्ताको जिम्मेवारीमा छन्,उनी स्वत निलम्बनमा परेका छन् ।

यस्का अलवा अख्तियारले सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत किशोर कुमार महर्जन, सहायक महाप्रबन्धक नीता प्रधान, जोखिम विभागका अधिकृत सुजित पोखरेल, शाखा प्रबन्धक राजीव सापकोटा, अधिकृत ममता पराजुलीविरुद्ध पनि अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ को मतियार भई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २२ बमोजिमको कसूर गरेको भन्दै मुद्दा दायर गरेको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

तीर्थराज चिलुवाल राजश्व अनुसन्धान विभागको महानिर्देशकमा नियुक्त

प्रचण्ड भन्दा ओलीको सचिवालयको खर्च २ करोडले कम

अब पूर्व योग्यता परीक्षा पास गरेपछि मात्र खरिदारको परीक्षा दिन पाइने

रन्जिताले दिइनन् स्पष्टीकरण

नेपाल इन्भेष्टमेन्टबैंकविरुद्ध एनभिएले गर्यो आन्दोलनको घोषणा,१५ संघ-संस्थाको एक्येवद्धता

ओरिएन्टेशन तालिम प्रदायक १८ संस्थालाई वैदेशिक रोजगार विभागको स्पष्टीकरण

अनसनमा बसेका मेयरसँग छलफल गर्न सहसचिव नेतृत्वको सरकारी टोली पुग्यो माइतीघर

बागमतीमा ३ मन्त्री नियुक्त, लम्साललाई आन्तरिक मामिला मन्त्रालयको जिम्मेवारी

बिशेष