कुन मन्त्रीको जिल्लामा कति बजेट ?

सत्ता र शक्तिमा रहेकाहरुले आफ्नो जिल्लामा धेरै बजेट र योजना पार्ने कुरा नौलो होइन । यस पटक त संख्याका हिसाबले काँग्रेस र एमालेको दुई ठूला दलको सरकार छ । सो सरकारकाले ल्याएको बजेटको ठूलो अंश पार्टीका शीर्षस्थ नेता,मन्त्रीहरुकै जिल्लामा खन्याएको भेटिएको छ । जसमध्ये सबैभन्दा धेरै बजेट उपप्रधानमन्त्री प्रकाशनमान सिंह र अर्को उपप्रधान तथा अर्थ मन्त्री विष्णु पौडेल र काँग्रेसका मन्त्री प्रदीप पौडेलको गृह जिल्लामा ९ अर्ब बढीका दरले रकम विनियोजन हुँदा प्रधानमन्त्री केपी शर्मा ओलीको गृह जिल्ला झापामा ८ अर्व बढी रकम विनियोजन भएको छ । यस्तै पर्यटन राज्यमन्त्री अरुणकुमार चौधरीको गृह जिल्लामा समेत अन्य मन्त्रीहरुको भन्दा बढी बजेट विनियोजन गरिएको छ । यस्तै सबैभन्दा कम राज्यमन्त्री खमबहादुर गर्बुजाको गृहजिल्ला म्याग्दीमा विनियोजन गरिएको छ । यस्तै राज्यमन्त्रीकै तहमा बजेट पठाइएको छ,रक्षामन्त्रीको गृह जिल्ला सोलुखुम्बुमा ।

बिज्ञापन

विवरण अनुसार, उपप्रधान एवं शहरी विकास मन्त्री प्रकाशनमान सिंहको गृहजिल्ला र स्वास्थ्यमन्त्री प्रदिप पौडलको निर्वाचन क्षेत्र काठमाडौंमा ९ अर्ब १९ करोड ६९ लाख रुपैयाँ बजेट विनियोजन भएको छ । यस्तै अर्थमन्त्री पौडेलको गृहजिल्ला रुपन्देहीलाई ९ अर्ब ८० करोड १७ लाख रुपैयाँ बजेट विनियोजन गरेको भेटिएको छ ।
केपी शर्मा ओलीको गृहजिल्ला झापामा ८ अर्ब बजेट छुट्टाइएको छ । हालै मात्र सरकारले प्रदेश र स्थानीय तहलाई नयाँ बजेटमा ४ खर्ब १७ अर्ब ८२ करोड रुपैयाँ अनुदान हस्तान्तरण गरिँदा प्रदेश सरकारले कुल ९७ अर्ब ५६ करोड ४ लाख रुपैयाँ अनुदान पठाइएको थियो । यस्तै, ७५३ स्थानीय तहले भने ३ खर्ब २० अर्ब २६ करोड ४६ लाख रुपैयाँ अनुदान पठाइएको थियो । अर्थ मन्त्रालयले यस्तो रकममा महागनरपालिकालाई ११ अर्ब ७४ करोड, उपमहानरपालिकालाई ११ अर्ब ३८ करोड, नगरपालिकालाई १ खर्ब ४३ अर्ब १० करोड र गाउँपालिकालाई १ खर्ब ५४ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको थियो सोही विवरण खेलाउँदा प्रधानमन्त्री ओलीको गृहजिल्ला झापामा ८ वटा नगरपालिका र ७ वटा गाउँपालिकामा ८ अर्ब बढी रकम विनियोजन गरिएको हो । विनियोजित बजेटमध्ये मेची नगरपालिकाले सबैभन्दा बढी १ अर्ब १० करोड ७१ लाख रुपैयाँ बजेट पठाएको भेटिएको हो ।

बिज्ञापन

यस्तै, परराष्ट्र मन्त्री डा आरजु राणा देउवाको निर्वाचन क्षेत्र रहेको जिल्ला कैलालीले ७ अर्ब ११ करोड १८ लाख बजेट छुट्टाइएको छ भने पर्यटन राज्यमन्त्री अरुणकुमार चौधरीको गृहजिल्ला कैलालीमा ७ अर्ब ११ करोड १८ लाख बजेट विनियोजन भएको छ । दलीय भागबण्डामा आधारमा छुट्टाइएको बजेटमा युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी एवं महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवलकिशोर साह सुडीको गृह जिल्ला सप्तरीमा ६ अर्ब ८३ करोड ७१ लाख छुट्टाइएको छ । यस्तै श्रम तथा सामाजिक सुरक्षामन्त्री शरदसिहं भण्डारीको गृहजिल्ला महोत्तरीमा ५ अर्ब ६९ करोड ३७ लाख बजेट पाएको छ ।

यता,संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङको गृहजिल्ला लमजुङलाई ३ खर्ब १७ करोड ७६ लाख रुपैयाँ बजेट विनियोजन भएको भेटिएको छ । गृहमन्त्री रमेश लेखकको गृहजिल्ला कञ्चनपुरले ३ अर्ब ९७ करोड ९५ लाख बजेट छुट्टाइँदा शिक्षा तथा विज्ञान प्रविधि मन्त्री रघुजी पन्तको गृहजिल्ला ललितपुरमा ३ अर्ब २८ करोड ७५ लाख बजेट गएको छ । खानेपानी मन्त्री प्रदीप यादव एवं कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरासिया र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताको गृहजिल्ला पर्सामा समान अंक अर्थात ५ अर्ब १७ करोड ३७ लाख गएको छ । यस्तै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीको गृहजिल्ला कपिलवस्तुमा ५ अर्ब ३० करोड ४५ लाख,ऊर्जा, जलश्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काको गृहजिल्ला संखुवासभामा ३ अर्ब ४४ करोड ८६ लाख,उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्री दामोदर भण्डारीको गृहजिल्ला बैतडीमा ३ अर्ब ८६ करोड ६१ लाख बजेट विनियोजन हुँदा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेको बैतडी ३ अर्ब ८६ करोड ६१ लाख विनियोजन भएको भेटिन्छ । यस्तै,कृषि तथा पशुपन्छी मन्त्री रामनाथ अधिकारीको धादिङमा ५ अर्ब ४३ लाख बजेट परेको छ ।

बिज्ञापन

उता रक्षा मन्त्री मानवीर राईको सोलुखुम्बुमा २ अर्ब ६८ करोड २४ लाख छुट्टाइएको छ । यस्का अलवा वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीको गृहजिल्ला मुगुमा ५ अर्ब ५७ करोड १५ लाख,वन तथा वातावरण राज्यमन्त्री रुपा विकको गृहजिल्ला कपिलवस्तुलाई ५ अर्ब ३० करोड ४५ लाख र उर्जा राज्यमन्त्री खमबहादुर गर्बुजाको गृहजिल्ला म्याग्दीमा २ अर्ब १३ करोड ४० लाख विनियोजन भएको भेटिएको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

तत्कालीन प्रमुख प्रशासकीय अधिकृत र निर्माण व्यवसायीविरुद्ध भ्रष्टाचार मुद्धा

बढुवा अवरुद्ध हुँदा मारमा बरिष्ठहरु

सहजीकरण टोली असफल, बजेट ल्याउन नसक्ने २५ स्थानीय तहसँग स्पष्टीकरण

प्रधानमन्त्री कार्यालयमा सचिवको पल्टन,चार निकाय सचिवविहीन

आयल निगममा तेल चोर्नेदेखि ओभरटाइमको नाममा मासिक ५० लाख खानेसम्म

मनसुनको जोखिम बढ्दै, देशभर ५४ स्थानमा सशस्त्र प्रहरीको प्रतिकार्य बेस स्थापना

टेरामक्स भ्रष्टाचार मुद्दा : पूर्वमन्त्री मोहन बस्नेतसहित १९ प्रतिवादीको मुद्दामा आज फेरि सुनुवाइ

‘मनसुनजन्य विपद् प्रतिकार्यका लागि सुरक्षा निकाय र सरकारी संयन्त्र उच्च शतर्कतामा’

बिशेष