२ अर्ब ५० करोड हिनामिनामा मुछिएका बैंकका अध्यक्ष पक्राउ

कर्णाली डेभलपमेन्ट बैंकका संस्थापक अध्यक्ष तथा पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) राजेन्द्र वीर राय पक्राउ परेका छन् । बाँकेमा केन्द्रीय कार्यालय रहेको कर्णाली डेभलपमेन्ट बैंकका संस्थापक अध्यक्ष राय साढे २ अर्ब हिनामिना प्रकरणमा जोडिएपछि फरार रहँदै आएका थिए ।

बिज्ञापन

उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोको टोलीले नेपाल भारत सिमानाको बेलहीया नाकाबाट हिजो पक्राउ गरेको हो । नेपाल राष्ट्र बैंकको समन्वयमा सिआइबीबाट खटिएको अनुसन्धान टोलीले रायलाई हिजो शनिवार रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नं. १ बेलहियाबाट पक्राउ गरेको हो।

बिज्ञापन

 

सल्यान घर भएका ६५ वर्षीय रायलाई बैंकका अध्यक्ष तथा सीईओ भई २ अर्ब ५० करोड रुपैयाँ भन्दा बढी रकम हिनामिना गरी फरार भएको आरोप लगाइएको छ । उनीमाथि बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ अन्तर्गतको कसुरमा नेपाल राष्ट्र बैंकको समन्वयमा अनुसन्धान भइरहेको ब्युरोले जनाएको छ ।

बिज्ञापन

उनी २०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा नेकपा एमालेबाट उम्मेद्वार बनेर पराजित भएका थिए।

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

मन्त्री गुप्ताविरुद्ध घुस लिएको आरोपमा अख्तियारमा उजुरी, प्रमाणसहित कारबाहीको माग

ती गोकुल,यी राजुकमार

विशेष समिति बनेको सात दिन : सचिवसँग लियो पहिलो बयान

अबदेखि सरकारी कार्यालय ‘क्यासलेस’

राजनीतिक संकटमा गुप्ता : अडियोकाण्डपछि हटाइने तयारी

सरकारका तीन पूर्व सचिव रास्वपाको सल्लाहकारमा मनोनित

७८ लाख आफ्नै सरकारी निवासमा भेटिएको स्वीकार

सांसद आचार्यको आग्रह : “रसुवा बाढीबाट पाठ सिक्दै प्रकृतिमैत्री संरचना बनाउनुपर्छ”

बिशेष