२ अर्ब ५० करोड हिनामिनामा मुछिएका बैंकका अध्यक्ष पक्राउ

कर्णाली डेभलपमेन्ट बैंकका संस्थापक अध्यक्ष तथा पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) राजेन्द्र वीर राय पक्राउ परेका छन् । बाँकेमा केन्द्रीय कार्यालय रहेको कर्णाली डेभलपमेन्ट बैंकका संस्थापक अध्यक्ष राय साढे २ अर्ब हिनामिना प्रकरणमा जोडिएपछि फरार रहँदै आएका थिए ।

बिज्ञापन

उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोको टोलीले नेपाल भारत सिमानाको बेलहीया नाकाबाट हिजो पक्राउ गरेको हो । नेपाल राष्ट्र बैंकको समन्वयमा सिआइबीबाट खटिएको अनुसन्धान टोलीले रायलाई हिजो शनिवार रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नं. १ बेलहियाबाट पक्राउ गरेको हो।

बिज्ञापन

 

सल्यान घर भएका ६५ वर्षीय रायलाई बैंकका अध्यक्ष तथा सीईओ भई २ अर्ब ५० करोड रुपैयाँ भन्दा बढी रकम हिनामिना गरी फरार भएको आरोप लगाइएको छ । उनीमाथि बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ अन्तर्गतको कसुरमा नेपाल राष्ट्र बैंकको समन्वयमा अनुसन्धान भइरहेको ब्युरोले जनाएको छ ।

बिज्ञापन

उनी २०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा नेकपा एमालेबाट उम्मेद्वार बनेर पराजित भएका थिए।

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

४७ उपसचिवको सरुवा : २३ लाई पठाइयो नगरपालिका, स्थानीय तहबाट १८ आए संघीय मन्त्रालय

वीवाइडीले कर छलेको पृष्टि : रसुवा भन्सारमा १९ करोड २७ लाख दाखिला

छोरीलाई बाँच्न देऊ

प्रशासनका २३,इन्जिनियरिङतर्फका २,कृषि १ सहित २७ सहसचिवको सरुवा

निजामती सेवा : सुशासनको मेरुदण्ड,जनभरोसाको आधार

नागार्जुनमा भत्ताको ब्रह्मलुट : दुई कर्मचारीले चार वर्षमै बुझे करोडौं

काभ्रेलाई नसर्ने रोग नियन्त्रणको राष्ट्रिय सिकाइ केन्द्र बनाउने १३ पालिकाको प्रतिबद्धता

तीन महिनाको काज, आठ वर्ष देखि निर्देशक श्रेष्ठको जेपी कोइरालामा ‘राज’

बिशेष