परीक्षामा सहभागी नै नभई घरैमा कार र जीपको सवारी लाइसेन्स,अख्तियारले चलायो ४ विरुद्ध मुद्धा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ट्रायल नगराई सवारी चालक अनुमति पत्र (लाइसेन्स) दिएको प्रकरणमा यातायातका ४ जना कम्प्युटर अपरेटर र लाइसेन्सधारीविरुद्ध मुद्दा दर्ता गरेको छ ।

बिज्ञापन

अख्तियारले यातायात व्यवस्था कार्यालय सावरी चालक अनुमतिपत्र, रुपन्देहीका तत्कालीन कम्प्युटर अपरेटर कमल पराजुलीसमेत ४ जना उपर गलत लिखत एवं सरकारी कागजात सच्याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर गरेको हो।

बिज्ञापन

सभ्यता केसीको नाममा बी श्रेणी थप हुनुपर्नेमा अरुको नाम परिवर्तन गरी रकम असुली गरेर लाइसेन्स जारी गरेको आरोपमा उनीहरूविरुद्ध मुद्दा दायर गरिएको आयोगले जनाएको छ । कम्प्युटर अपरेटरले रकम लेनदेन गरेर ट्रायल परीक्षामा सहभागी नै नभएका सभ्यता केसीलाई कार, जीप तथा डेलिभरी भ्यानको लाइसेन्स दिएको फेला परेपछि अख्तियारले विशेष अदालत काठमाडौंमा शुक्रबार मुद्दा दायर गरेको हो ।०१-०८-००८३६६८७ सभ्यता केसीको लाइसेन्समा ‘बी’ श्रेणी थप हुनुपर्नेमा, अर्कैको नाम (०१-०८-०१०३१२६२) परिवर्तन गरी रकम असुली गरेको भन्ने उजुरी आयोगमा परेको थियो ।​

आयोगले यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र रुपन्देहीका तत्कालीन कम्प्युटर अपरेटर कमल पराजुली, सहायक कम्प्युटर अपरेटर नारायणप्रसाद पाण्डेय र यातायात व्यवस्था कार्यालय दाङ, तुलसीपुरका तत्कालीन कम्प्युटर अपरेटर अनिल बुढामगरलाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको हो ।

बिज्ञापन

यसैगरी, लाइसेन्सधारी केसीलाई पनि प्रतिवादी बनाएर मुद्दा दायर गरिएको छ । आयोगले उनीहरूविरुद्ध शुक्रबार भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९, ११ र २२ अन्तर्गत विशेष अदालतमा आरोपपत्र दायर गरेको हो ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

यी जिल्लामा सुकुम्बासीको मत निर्णायक

कानूनको शासनको कसीमा नेपाल 

राष्ट्रिय युवा संघ रसुवामा पहिरो : सचिव र उपाध्यक्षको एकैसाथ राजीनामा

वैदेशिक लगानीको सीमा हट्यो

ल्याण्डरोभर गाडीमा करोडौं कर छली,भन्सार विभागले बनायो निर्देशकको नेतृत्वमा छानबिन समिति

रसुवा युवा संघका उपाध्यक्षद्धारा संगठन परित्याग

१७ बर्षे किशोरी बलात्कृत,मेयर पक्राउ

सात वटा सडक डिभिजन कार्यालयको कालोसूचीमा १० निर्माण कम्पनी

बिशेष