बजेटले हतोत्साहित राष्ट्रसेवक,मारमा करार सेवाका कर्मचारी र पेन्सन होल्डर

सरकारले राष्ट्रसेवक कर्मचारीहरुलाई बजेटमार्फत हतोत्साहित बनाएको छ ।

बिज्ञापन

उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले बिहीबार संघीय संसदको संयुक्त बैठकमा बजेट पेश गर्दा निजामती, सेना, प्रहरी, शिक्षकलगायत सरकारी कर्मचारीहरुलाई निरुत्साहित बनाएका हुन । कर्मचारीहरुले यस बर्ष तलब बढ्ने आशामा थिए तर कर्मचारीलाई हाल दिइदैं आएको दुई हजार महँगी भत्तालाई तीन हजार थपेर पाँच हजार पुर्याइएको छ ।

बिज्ञापन

औसतमा दुई वर्षमा तलब बढाउने भए पनि स्रोतमा चाप परेको कारण देखाउँदै यस बर्ष पनि कर्मचारीको तलब बढाइएन बरु हाल दुई हजार भत्ता पाइरहेका बहालवाला कर्मचारीहरुलाई थप तीन हजार भत्ता पाउने भएका छन् । यस अघि ०७९ मा सरकारले कर्मचारीको तलब १५ प्रतिशतले बढाएको थियो। त्यस अघि ०७३/ ७४ मा विष्णु पौडेलले अर्थमन्त्री हुँदा २५ प्रतिशत तलब वृद्धिको निर्णय गरेका थिए। जुन हालसम्मकै उच्च बृद्धि हो । यस पटक अर्थमन्त्रीको कुर्सीमा उनै पौडेल थिए र कर्मचारीहरुको तलब बढ्ने आशामा थिए तर सामाजिक सुरक्षाका नाममा बर्षेनी अर्बौ रकम खर्च हुँदै आएको भन्दै सरकारले बहालवाला कर्मचारीले मात्र सुविधा पाउने गरी उनीहरुलाई तीन हजार भत्ता पाउने भएका छन । यस्तै बृद्धभत्ता पाउने उमेर पनि २ बर्ष बढाएर ७० पुर्याइएको छ ।

बिज्ञापन

सरकारले कर्मचारीको भत्तामात्र बढाउँदा थप १० अर्ब ८४ करोड रुपैयाँ भार पर्ने भएको छ । अर्थका अधिकारीहरुका अनुसार मंहगी भत्ता शीर्षकमा २१ अर्ब ८७ करोड रुपैयाँ खर्च हुने भएको छ।यस्तै पारिश्रमिकतामा १ खर्ब २७ अर्ब रुपैयाँ छुट्टाइएको छ । तलब स्केल बढाएको अवस्थामा पेन्सनप्राप्त कर्मचारी वा तिनका परिवारलाई तीन भागको दुई भाग प्रदान गर्नुपर्ने हुन्छ । तलबस्केल बढेमा कर्मचारीको ग्रेड रकममा समेत वृद्धि हुने भएकाले सरकारले महँगी भत्तामा जोड दिएको हो ।

बहालवाला कर्मचारीहरुका लागि तीन हजार भत्ता बढाइँदा पेन्सन होल्डर र करार सेवाका कर्मचारीहरु मर्कामा पर्ने भएका छन् ।

यता सरकारले हाल कायम रहेको तलबमान र सुविधा अध्ययन गर्न एउटा कमिटी गर्ने जानकारी दिइएको छ । सरकारले सबै निकायमा कार्यरत पदाधिकारी तथा कर्मचारीको सेवा सुविधामा एकरुपता ल्याउन सिफारिस समिति गठन गर्ने भएको छ । राज्यकोषबाट सुविधा प्राप्त गर्ने प्रतिष्ठान, बोर्ड, समिति तथा सार्वजनिक निकायका पदाधिकारी तथा कर्मचारीको सेवा सुविधा पुनरवलोकन गरी एकरुपता ल्याइने बजेटमा उल्लेख गरिएको छ । यसका लागि ३ महिनाभित्र सुझावसहितको प्रतिवेदन पेश गर्न सिफारिस समिति गठन गरिने उल्लेख छ,यसलाई राष्ट्रसेवकहरुले आँखामो छारो हाल्ने उपायका रुपमा अर्थाएका छन् ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

तत्कालीन प्रमुख प्रशासकीय अधिकृत र निर्माण व्यवसायीविरुद्ध भ्रष्टाचार मुद्धा

बढुवा अवरुद्ध हुँदा मारमा बरिष्ठहरु

सहजीकरण टोली असफल, बजेट ल्याउन नसक्ने २५ स्थानीय तहसँग स्पष्टीकरण

प्रधानमन्त्री कार्यालयमा सचिवको पल्टन,चार निकाय सचिवविहीन

आयल निगममा तेल चोर्नेदेखि ओभरटाइमको नाममा मासिक ५० लाख खानेसम्म

मनसुनको जोखिम बढ्दै, देशभर ५४ स्थानमा सशस्त्र प्रहरीको प्रतिकार्य बेस स्थापना

टेरामक्स भ्रष्टाचार मुद्दा : पूर्वमन्त्री मोहन बस्नेतसहित १९ प्रतिवादीको मुद्दामा आज फेरि सुनुवाइ

‘मनसुनजन्य विपद् प्रतिकार्यका लागि सुरक्षा निकाय र सरकारी संयन्त्र उच्च शतर्कतामा’

बिशेष