खेलकुद क्षेत्रमा अहिलेसम्मकै बढी बजेट

 

बिज्ञापन

सरकारले खेलकुद क्षेत्रका लागि अहिलेसम्मकै बढी बजेट विनियोजन गरेको छ । सरकारले खेल क्षेत्रलाई ६ अर्ब ८ करोडको बजेट विनियोजन गरेको छ । अघिल्लो आर्थिक वर्षमा ३ अर्ब ५० करोड बजेट विनियोजन भएको थियो । यसपटक रु दुई अर्ब ५६ करोड वृद्धि गरिएको हो ।

बिज्ञापन

अर्थमन्त्री विष्णु पौडेलले काठमाडौंको मूलपानी क्रिकेट रंगशाला, मोरङको गिरिजाप्रसाद कोइराला रंगशाला, कैलालीको फाप्ला क्रिकेट रंगशाला र रूपन्देहीको सिद्धार्थ क्रिकेट स्टेडियम निर्माणका लागि रु ४२ करोड विनियोजन गरेको जनाएका छन् । यस्तै कीर्तिपुरस्थित क्रिकेट रंगशालाको स्तरोन्नतिका लागि ४० करोड,सुर्खेतको वीरेन्द्रनगरमा दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्न ५४ करोड विनियोजन गरेको जनाएका छन् ।

झापाको दमकमा सबै प्रकारका खेल प्रतियोगिता सञ्चालन गर्न सकिने आधुनिक स्तरको अन्तर्राष्ट्रियस्तरको रङ्गशाला निर्माण गर्ने बजेटमा उल्लेख गरिएको छ । ​ चितवनस्थित गौतमबुद्ध क्रिकेट रङ्गशालाको सिर्जित सम्पति खरिद गर्न सशर्त अनुदानको व्यवस्था गरेको छ ।

बिज्ञापन

अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक विजेता नेपाली खेलाडीलाई प्रोत्साहन गरिने र उनीहरुका सन्ततिका लागि शैक्षिक छात्रवृत्ति प्रदान गरिने बजेटमा उल्लेख छ ।

विश्वविद्यालय इन्जिनियरिङ्ग अध्ययन संस्थानबाट गरिने मूल्याङ्कनका आधारमा चितवनस्थित गौतम बुद्ध क्रिकेट रंगशालाको सिर्जित सम्पत्ति खरिद गर्न सशर्त अनुदानको व्यवस्था गरेको छु। खेल पूर्वाधार निर्माण गर्न बजेटमा उल्लेखनीय वृद्धि गरेको अर्थमन्त्री पौडेलले जनाएका छन् ।

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

समानुपातिकतर्फ ७ लाख मतगणना हुँदा आधा रास्वपालाई

जमानत जोगाउन नसकेकी अभिनेत्री फर्किइन सिनेमामै

ओलीको लज्जास्पद् हार : झण्डै ५० हजार मतान्तरले हराउँदै विजयी भए बालेन

यी हुन प्रतिनिधि सभामा निर्वाचित ६१ सदस्य (सूची)

संसदमा ६ दलको मात्र प्रतिनिधित्व हुने संकेत

अछाम–१ मा भीम रावल ५२६ मतले पराजित, २६ वर्षपछि काँग्रेसको कमब्याक

एमालेभित्र असन्तुष्टि: शंकरलाई उषाकिरण तिमल्सिनाको ‘राजीनामा दिएर स्टाटस लेख्नुपर्ने’ टिप्पणी

सिन्धुली–२ मा रास्वपाका आशिष गजुरेल विजयी

बिशेष