अर्थमा कुन कुन पदका दरबन्दी काटिँदै,कुन पदमा कति छ थपिँदै ?

एकातिर मुलुक आर्थिक रूपमा तन्नम छ,अर्कोतिर संघीय मन्त्रालयमा दरबन्दी थप्ने होडबाजी ! भएकै दरबन्दी बढी भएका कारण कटौती गर्न विभिन्न आयोगहरुले दिएको सुझावलाई मन्त्रालयको दराजमा पोको पारेर थन्काएर परराष्ट्र मन्त्रालयपछि अर्थ मन्त्रालयले समेत झण्डै अफिसर तहमा पाँच दर्जन दरबन्दी थप्ने तयारी गरेको छ । मन्त्रालयले शाखा अधिकृतदेखि सहसचिव तहसम्ममा दरबन्दी बढाउने तयारी अन्तिम चरणमा पुगेको मन्त्रालयले जनाएको छ । जहाँ अहिले अर्थ र राजश्व गरी मन्त्रालयमा दुई सचिव छन् । मन्त्रालयका अधिकारीहरुका अनुसार अब १ सहसचिव थपिँदैछन् । यस्तै ३४ उपसचिव र ४७ शाखा अधिकृतको दरबन्दी थप्ने काम अगाडि बढाइएको छ । अहिले अर्थमा प्रशासन हेर्ने २२ सहसचिव रहेकोमा १ जना थप्न लागिएको छ । त्यहाँ कानुन र विविध सेवाका गरी अब २५ जना त सहसचिव नै रहनेछन् ।

बिज्ञापन

यस्तै राजश्वतर्फका १५५ उपसचिव रहेकामा ३४ जना थपेर १८९ पु¥याउन लागिएको छ । लेखाका १,सूचना प्रविधिका १,बरिष्ठ अर्थशास्त्री १ जनाको दरबन्दी थप्ने तयारी अगाडि बढाइएको छ । अर्थमा हाल राजश्व समूहका १५५,प्रशासनतर्फका ४,लेखातर्फका ९,कानुनतिरका १,सूचना प्रविधितर्फका ६,इञ्जिनियर २,सरकारी वकिल १,बरिष्ठ अर्थशास्त्री १ जना दरबन्दी रहेको छ । यस्तै तथ्यांकशास्त्री ३ को दरबन्दी रहेकोमा १ घटाउने तयारी छ ।

बिज्ञापन

अर्थ मन्त्रालयले जनाए अनुसार,राजश्व समूहमा ६७८ शाखा अधिकृतको दरबन्दी रहेकोमा ४७ थप्ने तयारी छ । प्रशासन सेवातर्फ हाल १७ अधिकृतको दरबन्दी रहेकोमा ४ कटौतीमा पर्दैछन् । त्यहाँ तथ्यांकका ३,कम्युटर इञ्जिनियर १५,इलेक्ट्रिक इञ्जिनियर २,लेखा अधिकृत २,अर्थशास्त्री,तथ्यांकशास्त्री,सरकारी वकिल १र१ को दरबन्दी थप गरिँदा ३८ जना कम्युटर अधिकृतको दरबन्दी कटौती हुनेछ । हाल ८४ जना कम्युटर अधिकृत रहेकामा दरबन्दी कटौती पछि ४६ मा झारिने मन्त्रालयले जनाएको छ ।

बिज्ञापन

अर्थ मन्त्रालयका अनुसार अहिले त्यहाँ अधिकृतस्तरका १०६८ कर्मचारी रहेकोमा अब ११२६ कर्मचारी पुग्नेछन् । उपल्ला तहमा व्यापक रुपमा दरबन्दी थपिँदा तल्ला तहका कर्मचारीहरुको दरबन्दी कटौती गर्न लागिएको मन्त्रालयले जनाएको छ । जसमा नायब सुव्वा तहका राजश्व तर्फका ४३ दरबन्दी कटौती गरेर ८९९ पु¥याउने तयारी छ । कम्युटर अपरेटरको दरबन्दी २५६ रहेकोमा झारेर १८९,भन्सार संकेत निरीक्षक १ दरबन्दी कटौती गर्न लागिएको छ । असिष्टटेन्ट केमिष्ट ९ बाट ७ मा झारिदैंछ ।

यस्तै फ्रन्ट डेस्कमा रहने खरिदारको दरबन्दी ९बाट झारेर २ मा खुम्चाइदैंछ भने हलुका सवारी चालक हाल ५९४ जना रहेकामा ६० जना ड्राइभर र २ जना स्वीपरले समेत जागिर गुमाउँदैछन् । यस अघि केही अगाडिमात्र परराष्ट्र सेवामा ११ सहसचिव, १९ उपसचिव र ५० जना शाखा अधिकृतको दरबन्दी थप्ने निर्णय गरेको थियो । परराष्ट्रमा थपिएका यी कर्मचारी पाल्नका लागि मात्र राज्यले थप ८० करोड खर्च गर्नुपर्ने स्थिति आएको बेला अर्थले परराष्ट्रको सिको गर्दै उपल्ला तहमा मनलाग्दी दरबन्दी थपेर तल्ला तहका कर्मचारीको दरबन्दी व्यापक कटौती गरेको हो । यसबाट बार्षिक करोडौं व्ययभार थपिदैंछ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

तत्कालीन प्रमुख प्रशासकीय अधिकृत र निर्माण व्यवसायीविरुद्ध भ्रष्टाचार मुद्धा

बढुवा अवरुद्ध हुँदा मारमा बरिष्ठहरु

सहजीकरण टोली असफल, बजेट ल्याउन नसक्ने २५ स्थानीय तहसँग स्पष्टीकरण

प्रधानमन्त्री कार्यालयमा सचिवको पल्टन,चार निकाय सचिवविहीन

आयल निगममा तेल चोर्नेदेखि ओभरटाइमको नाममा मासिक ५० लाख खानेसम्म

मनसुनको जोखिम बढ्दै, देशभर ५४ स्थानमा सशस्त्र प्रहरीको प्रतिकार्य बेस स्थापना

टेरामक्स भ्रष्टाचार मुद्दा : पूर्वमन्त्री मोहन बस्नेतसहित १९ प्रतिवादीको मुद्दामा आज फेरि सुनुवाइ

‘मनसुनजन्य विपद् प्रतिकार्यका लागि सुरक्षा निकाय र सरकारी संयन्त्र उच्च शतर्कतामा’

बिशेष