कर्मचारीको तलब १० प्रतिशत बढ्ने गरी बजेटको ड्राफ्ट तयार,भत्ता यथावत

अर्थ मन्त्रालय यतिबेला मूलढोका थुनेर आगामी आर्थिक वर्ष २०८२/ ०८३ को बजेट लेखनको अन्तिम तयारीमा जुटेको छ । आगामी आर्थिक वर्ष २०८२/ ८३ का लागि सरकारले भोलि अर्थात बिहीवार बजेट ल्याउँदैछ । मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र घोषणापछि बनेको संविधान र त्यहाँ राखिएको व्यवस्था अनुसार सरकारले हरेक वर्षको जेठ १५ मा बजेट ल्याउनुपर्छ ।

बिज्ञापन

कर्मचारीको चासो छ,तलब,भत्ता बढ्ला वा नबढ्ला ? बढे कति प्रतिशतले बढ्ला ? अर्थ मन्त्रालय स्रोतका अनुसार, बजेटमार्फत सरकारी कर्मचारीको तलब बढ्ने गरी ड्राफ्ट तयार भएको छ ।

बिज्ञापन

निजामती सेवा ऐन, २०४९ को दफा २७ मा सरकारले प्रत्येक तीन वर्षमा राजस्व वृद्धिदर, मूल्यवृद्धि तथा कुल दरबन्दीसमेतका आधारमा सरकारी कर्मचारीको तलब, भत्ता पुनरावलोकन गर्नुपर्ने व्यवस्था छ । ऐनको दफा २७ को उपदफा १क मा निजामती कर्मचारीको तलब, भत्ता तथा अन्य सुविधा पुनरावलोकन गर्न मुख्यसचिको अध्यक्षतामा एक पुनरावलोकन समिति हुने व्यवस्था छ ।

यस अघि जनार्दन शर्मा अर्थमन्त्री हुँदा निजामती कर्मचारीको तलब १५ प्रतिशतले बढेको थियो । त्यस यता कर्मचारीको तलब बढेको छैन । अघिल्लो पटक अर्थात २०७३/ ७४ मा विष्णु पौडेलले २५ प्रतिशत तलब वृद्धिको निर्णय गरेका थिए।जुन हालसम्मकै उच्च बृद्धि हो । यस पटक अर्थमन्त्रीको कुर्सीमा उनै पौडेल छन । अर्थ मन्त्रालय स्रोतका अनुसार कर्मचारीको तलब १० प्रतिशतले वृद्धि गर्ने गरी बजेटको ड्राफ्ट तयार भएको छ।

बिज्ञापन

यद्यपि गत वर्ष १० असारमा सर्वोच्च अदालतले मार्यादाक्रम अनुसार सरकारी कर्मचारीको तलबभत्ता निर्धारण गर्न परमादेश जारी गरेको थियो । मर्यादाक्रममा तल रहेका सुरक्षाकर्मीको तुलनामा आफूहरूको तलब कम रहेको भन्दै निजामती कर्मचारीहरूले हालेको रिटमा सर्वोच्चले यस्तो आदेश दिएको थियो ।

त्यो आदशेपछि सरकारले सहसचिव, उपसचिव र शाखा अधिकृत (अधिकृत स्तर) को तलब बढाउनुपर्ने बाध्यतामा छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

तत्कालीन प्रमुख प्रशासकीय अधिकृत र निर्माण व्यवसायीविरुद्ध भ्रष्टाचार मुद्धा

बढुवा अवरुद्ध हुँदा मारमा बरिष्ठहरु

सहजीकरण टोली असफल, बजेट ल्याउन नसक्ने २५ स्थानीय तहसँग स्पष्टीकरण

प्रधानमन्त्री कार्यालयमा सचिवको पल्टन,चार निकाय सचिवविहीन

आयल निगममा तेल चोर्नेदेखि ओभरटाइमको नाममा मासिक ५० लाख खानेसम्म

मनसुनको जोखिम बढ्दै, देशभर ५४ स्थानमा सशस्त्र प्रहरीको प्रतिकार्य बेस स्थापना

टेरामक्स भ्रष्टाचार मुद्दा : पूर्वमन्त्री मोहन बस्नेतसहित १९ प्रतिवादीको मुद्दामा आज फेरि सुनुवाइ

‘मनसुनजन्य विपद् प्रतिकार्यका लागि सुरक्षा निकाय र सरकारी संयन्त्र उच्च शतर्कतामा’

बिशेष