कर्मचारीको तलब १० प्रतिशत बढ्ने गरी बजेटको ड्राफ्ट तयार,भत्ता यथावत

अर्थ मन्त्रालय यतिबेला मूलढोका थुनेर आगामी आर्थिक वर्ष २०८२/ ०८३ को बजेट लेखनको अन्तिम तयारीमा जुटेको छ । आगामी आर्थिक वर्ष २०८२/ ८३ का लागि सरकारले भोलि अर्थात बिहीवार बजेट ल्याउँदैछ । मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र घोषणापछि बनेको संविधान र त्यहाँ राखिएको व्यवस्था अनुसार सरकारले हरेक वर्षको जेठ १५ मा बजेट ल्याउनुपर्छ ।

बिज्ञापन

कर्मचारीको चासो छ,तलब,भत्ता बढ्ला वा नबढ्ला ? बढे कति प्रतिशतले बढ्ला ? अर्थ मन्त्रालय स्रोतका अनुसार, बजेटमार्फत सरकारी कर्मचारीको तलब बढ्ने गरी ड्राफ्ट तयार भएको छ ।

बिज्ञापन

निजामती सेवा ऐन, २०४९ को दफा २७ मा सरकारले प्रत्येक तीन वर्षमा राजस्व वृद्धिदर, मूल्यवृद्धि तथा कुल दरबन्दीसमेतका आधारमा सरकारी कर्मचारीको तलब, भत्ता पुनरावलोकन गर्नुपर्ने व्यवस्था छ । ऐनको दफा २७ को उपदफा १क मा निजामती कर्मचारीको तलब, भत्ता तथा अन्य सुविधा पुनरावलोकन गर्न मुख्यसचिको अध्यक्षतामा एक पुनरावलोकन समिति हुने व्यवस्था छ ।

यस अघि जनार्दन शर्मा अर्थमन्त्री हुँदा निजामती कर्मचारीको तलब १५ प्रतिशतले बढेको थियो । त्यस यता कर्मचारीको तलब बढेको छैन । अघिल्लो पटक अर्थात २०७३/ ७४ मा विष्णु पौडेलले २५ प्रतिशत तलब वृद्धिको निर्णय गरेका थिए।जुन हालसम्मकै उच्च बृद्धि हो । यस पटक अर्थमन्त्रीको कुर्सीमा उनै पौडेल छन । अर्थ मन्त्रालय स्रोतका अनुसार कर्मचारीको तलब १० प्रतिशतले वृद्धि गर्ने गरी बजेटको ड्राफ्ट तयार भएको छ।

बिज्ञापन

यद्यपि गत वर्ष १० असारमा सर्वोच्च अदालतले मार्यादाक्रम अनुसार सरकारी कर्मचारीको तलबभत्ता निर्धारण गर्न परमादेश जारी गरेको थियो । मर्यादाक्रममा तल रहेका सुरक्षाकर्मीको तुलनामा आफूहरूको तलब कम रहेको भन्दै निजामती कर्मचारीहरूले हालेको रिटमा सर्वोच्चले यस्तो आदेश दिएको थियो ।

त्यो आदशेपछि सरकारले सहसचिव, उपसचिव र शाखा अधिकृत (अधिकृत स्तर) को तलब बढाउनुपर्ने बाध्यतामा छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

सार्वजनिक संस्थान निरन्तर ओरालोतिर : लगानी ७ खर्ब, प्रतिफल १३ अर्ब मात्रै

अर्थमन्त्रीले पेश गरे आर्थिक सर्भेक्षण,आर्थिक वृद्धिदर ४ दशमलव ६१ प्रतिशत

गणतन्त्रमा केही भएन भन्ने गलत भाष्यलाई कविहरुले चिर्नुपर्दछ : मन्त्री पाण्डे

वारि राजावादी, पारि एमाले, बीचमा प्रहरी

प्रेमल खनालको कविता : गणतन्त्र

गणतन्त्र विषयक दिल पौडेलको सेर्न्यू

बजेट स्वीकृत गर्न डाकियो मन्त्रिपरिषद्को बैठक

राजपत्र अनंकित कर्मचारीको तलब १२ प्रतिशत र राजपत्राकिंत कर्मचारीको १० प्रतिशतले बढाइँदै

बिशेष