खुकुरी काण्डका आरोपितविरुद्ध मुद्दा दायर, प्रहरीले चासो नदेखाएको पीडितको आरोप

अञ्जनकुमार 

बिज्ञापन

गत ३ गते तरुण दल लमजुङ जिल्लाको पाँचौं अधिवेशनको पूर्व सन्ध्यामै संस्थापन पक्ष र इतर पक्ष दुवैले व्यापक तयारी गर्दै थिए । इतर पक्षले गेट वे हिमालयन रिसोर्टमा र अर्का पक्षले होटेल टुकुचेमा केही दिन अगाडि देखिनै बन्दोबस्तीका साथ युवाहरुलाई तम्तयारी अवस्थामा थिए । इतर पक्षले गेट वे रिसोर्टमा काठमाडौंबाट समेत केही युवाहरु झिकाएको थियो ।

बिज्ञापन

संस्थापन इतर अर्थात भेष बहादुर पौडेलको पक्षबाट अध्यक्षमा तरुण दल क्षेत्रीय सभापति समेत रहेका खुसीजंग गुरुङ र हिरा गुरुङको दावी थियो । यता, संस्थापन अर्थात् टकराज गुरुङको पक्षबाट कार्यवाहक सभापति भुपेन गुरुङ सभापतिको प्रवल दाबेदार थिए । प्रशासन चोक नजिकैको प्रगति तमु आमा समाजको भवनमा केन्द्रीय अध्यक्ष, पार्टी नेता, जिल्लाका भएभरका नेता सम्मेलित सो कार्यक्रममा पार्टी जिल्ला सचिव कृष्ण बहादुर अधिकारी बोल्दै गर्दा संस्थापन पक्षले मनमौजी ढंगले अधिवेशन गरेको भन्दै पौडेल पक्षका एकहुल युवाहरूले हुलहुल्जत गरि कार्यक्रम बिथोल्न खोज्दा कुर्ची हानाहानको घटना भयो र स्थित खुकुरी काण्डमा परिणत भएको थियो ।

खुकुरी काण्डमा पौडेल पक्षका खुसीजंग गुरुङ, र सुदीप अधिकारी गम्भीर घाइते भए । भुपु बोर्डिङ स्कुलमा बिज्ञानका शिक्षक नेविसंघका केन्द्रीय सदस्य समेत रहेका अधिकारी मात्रै हैन अर्का एक अधिकारी समेत गुरुङ गुटको निशानामा थिए तर उनी पहिलेनै ज्यान जोगाउन भागेका थिए । जिल्ला सभापति टकराज गुरुङ समुहका युवाहरूले निवर्तमान सभापति भेष बहादुर पौडेल समुहका केही युवा माथि सांघातिक आक्रमण गरि घाइते बनाएपछि स्थिति तनावग्रस्त बन्यो ।

बिज्ञापन

तरुण दल, पार्टीकै केन्द्रीय नेता र व्यापक जिल्ला नेताहरु उपस्थिति रहेको सो कार्यक्रममा केही रक्ताम्य र केही भागाभागको अवस्था भएपनि अधिवेशनको प्रक्रिया नरोकिएपछि पार्टी केन्द्रीय सभापति देउवाले नै जितजंग बस्नेत लगयातका नेताहरुलाई तुरुन्त कार्यक्रम स्थगित गरेर फर्कन निर्देशन दिए । माथिकै दबाब भएपछि गुरुङ पक्षले एकतर्फी रुपमा अधिवेशन गर्न नसकी १० गतेसम्मका लागि स्थगित गरायो । सोही घटनामा घाइते सुन्दरबजार नगरपालिका धुसेनीका सुदीप अधिकारी रन्थनिदै घटनास्थलबाट झण्डै दुईसय मिटर पर पुगि ढलेका थिए । उनीसँगै पढाउने एक शिक्षिकाले देखेर खबर गरेपछि अर्थली बोर्डिङका एक शिक्षकले उनलाई अस्पताल पुर्याएका थिए । प्रदेश अस्पताल लमजुङमा उपचार हुन नसकी उनको भरतपुर अस्पताल रिफर गरिएको थियो ।

उनै अधिकारी कि सानीआमा बेसीशहर नपा ८ बस्ने सुनपा ४ दुराडाँडा कि ४८ वर्षीय इन्दु अधिकारीले जिल्ला प्रहरी कार्यालयमा सोही दिन मध्यनेपाल नपा ७ का धनबहादुर तामाङ, मर्स्याङ्दी गाप ५ का भुपेश गुरुङ र राइनास नपा ६ का गणेश गुरुङ विरुद्ध ज्यान मार्ने उद्योग सम्बन्धि कसुरमा किटानी जाहेरी दिएकी थिइन् ।

घटनास्थलमा सशस्त्र र नेपाल प्रहरीका दर्जनौं तैनाथ, घटनास्थलबाट हतियार समेत बरामद गरेको प्रहरीले आफै प्रत्यक्ष साक्षी हुँदाहुँदै पनि जाहेरी दरखास्त दर्ता गर्न आनाकानी गरेको समाचार छ्यापछ्याप्ती आउन थालेपछि ५ गते अबेरमात्रै मुद्दा दर्ता गरिएको खबर बाहिरिएको छ ।

लिमावानले काङ्ग्रेसको एउटा पक्षसंग संवाद गरेको र केही दिन मुद्दा दर्ताका लागि होल्ड गर्न भनेको सूचना आफूहरुले पाएको पीडित पक्षले कर्मचारी प्रेसलाई बताएका थिए । सदरमुकामको केन्द्र भागमै भएको यो घटनाको उजुरी समेत दर्ता गराउन नसकेको भन्दै केही काङ्ग्रेसीहरुले वन तथा वातावरण मन्त्री समेत रहेका भेषबहादुर पौडेलको राजनैतिक हैसियत माथि प्रश्न उठाए ।

चौतर्फी दबाबपछि प्रहरीले ईन्दु अधिकारीले दिएको उजुरी दर्ता गर्न बाध्य बनेसंगै जाहेरी परेका मध्यनेपालका धनबहादुर तामाङ, मर्स्याङ्दीका भुपेश गुरुङ, राइनास नपाका गणेश गुरुङ र मध्यनेपाल ७ का किरण गुरुङ विरुद्ध जिल्ला अदालत लमजुङले सोमबार नै पक्राउ पुर्जी जारी गरेको छ ।

मुद्दा दर्ता, पक्राउ पुर्जी जारी गरेसँगै एक अर्कोलाई छेडखानी गर्दै विज्ञप्ती जारी गरेका छन । आफ्नो बचाउ गर्दै कसुरदार भनिएका गुरुङ पक्ष कार्यक्रम भइरहेको बेला दिनको ठिक २ बजेर ५ मिनेटको समयमा हरिप्रसाद बरालको नेतृत्वमा खुसी जंग गुरुङ, विशाल अधिकारी, सुदीप अधिकारी, किशोरजंग बस्नेत, गर्ज बहादुर गुरुङ लगायत उच्छृङ्खल समुहबाट नाराबाजी गर्दै खुकुरी रड जस्ता घरेलुु हतियारले अधिवेशन प्रतिनिधि माथि आक्रमण गरेको र आफुहरुले हतियार खोसी ती अराजक समुहलाई बाहिर निकालेको जनाएको छ । ती पक्षले पौडेल पक्षलाई कार्वाहीको माग समेत गरेको छ भने, आफुलाई जिल्ला अध्यक्षको उम्मेदवार बताउने हिरा गुरुङले निकालेको विज्ञप्तिमा शान्ति पुर्णरुपमा फरक मत राख्न गएका तरुणहरु माथि योजनाबद्ध ढंगले रड, खुकुरी, इट्टा प्रहार गरि मरणासन्न बनाउने उल्टो लान्छना लगाउने भनिएको छ ।

सरसर्ती हेर्दा पौडेल पक्ष मर्कामा परेको देखिन्छन् । तर उनीहरू विरुद्ध गुरुङ पक्षले पनि उजुरी त दिएको छ तर विधिवत् रुपमा दर्ता नभएको प्रहरी श्रोतले जानकारी दिएको छ । ज्यान मार्ने उद्योग सम्बन्धि कसुरमा किटानी जाहेरी दर्ता र पक्राउ पुर्जी जारी भएको अवस्थामा आरोपितहरु पक्राउ परेका छैनन् तर प्रहरी भन्छ खोजी कार्य जारी छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

यस्ता छन् पछिल्लो मन्त्रिपरिषद् बैठकका ९ निर्णयहरु

भिजिट भिसा प्रकरण : सहसचिवसँग बयान जारी ,चार डिभाइस नियन्त्रणमा लिएर चल्दैछ अनुसन्धान

‘कुलिङ पिरियड’ले उच्च प्रशासकहरु तनावमा,हटाउन माग गर्दै नेताहरुको घर दैलोमा

खुकुरी काण्डका आरोपितविरुद्ध मुद्दा दायर, प्रहरीले चासो नदेखाएको पीडितको आरोप

पोखरेलको नौलो अभियान :-‘घुसको विरोध,पाँच रुपैंया सहयोग’

समितिबाट पारित निजामती विद्येयकप्रति कर्मचारीको चित्त दुखाई,११ बुँदे माग राखेर उत्रिए धर्नामा

मन्त्री,उपसचिव र विचौलियाको गठजोड : दैनिक बदनाम हुँदै सामान्य प्रशासन

संसदीय समितिमाथि कर्मचारी हावी

बिशेष