जसले जोगाइदिए एमाले काँग्रेसको गठबन्धन

जसरी अघिल्लो पटक काँग्रेस माओवादीको सरकार धितोपत्र वोर्ड अध्यक्ष नियुक्तिका कारण भत्किएको थियो त्यही स्थितिमा पुगेको आँकलन गरिदैं थियो वर्तमान एमाले काँग्रेस सरकार । कारण,उही गभर्नरको नियुक्ति । गभर्नरको नियुक्ति यति पेचिलो बन्यो कि झण्डै ४५ दिनपछि बल्ल नेपाल राष्ट्र बैंकले गभर्नर पाएको छ ।

बिज्ञापन

बैंकले १८ औं गभर्नर पाएको छ,डा विश्व पौडेललाई ।  मंगलबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले पौडेललाई गभर्नर नियुक्त गरेको थियो । क्याविनेट अघि बसेको गभर्नर सिफारिस समितिको बैठकले पौडेलसहित राष्ट्र बैंककै कायममुकायम गभर्नर डा नीलम ढुंगाना र पूर्वसचिव दिनेश भट्टराईको नाम सिफारिस गरेको थियो।
महाप्रसाद अधिकारीको कार्यकाल सकिएपछि रिक्त भएको गभर्नरमा लामो रस्साकस्सी पछि पौडेल गभर्नर नियुक्ति भएका हुन । ४४ दिनपछि नेपाल राष्ट्र बैंकले नयाँ गभर्नर पाएको छ ।

बिज्ञापन

यस अघि पौडल गभर्नर सिफारिस समितिमा थिए । काँग्रेसको तर्फबाट पूर्वमुख्य सचिव राजेन्द्र किशोर क्षेत्रीको नाम गभर्नरको रुपमा अगाडि बढाइएको थियो तर विचौलियाले तयार पारेको पात्र भएको र अर्काेतिर मापदण्ड संशोधन गरेर नियुक्ति गर्न खोजिएपछि अदालतमा मुद्धा मामिला परेर रोकिएको थियो उनको नियुक्ति ।

काँग्रेसले सभापति शेरबहादुर देउवाकै भेगीय डा गुणाकर भट्टलाई गभर्नरको रुपमा अगाडि सारेको थियो तर प्रधानमन्त्री कन्भिन्स नहुँदा उनको नियुक्ति हुन सकेको थिएन । त्यस पछि गभर्नर सिफारिस समितिमा रहेका पौडेललाई राजीनामा दिन लगाएर उनलाई गभर्नर नियुक्ति गरिएको हो । पौडेलले गत वैशाख २८ गते गभर्नर सिफारिस राजीनामा दिएका थिए । राजीनामा दिएको आठ दिनपछि उनी गभर्नरमा नियुक्ति भएका छन् । ०३२ सालमा चितवनको रत्ननगर नगरपालिकामा पौडेलको जन्मिएका पौडेल ०७९ को प्रतिनिधिसभा निर्वाचनमा चितवन क्षेत्र नं १ मा नेपाली कांग्रेसकोतर्फबाट उमेदवार बनेका थिए । उनी राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकालसँग पराजित भएका थिए ।

बिज्ञापन

गभर्नर बन्न सफल डा पौडेल राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष हुन्। डा पौडेललाई नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका विश्वास पात्रका रुपमा लिने गरिन्छ।

डा पौडेलले अमेरिकाको प्रतिष्ठित युनिभर्सिटी अफ क्यालिफोर्निया, बर्कलेबाट अर्थशास्त्रमा विद्यावारिधि गरेका छन्। त्यसअघि उनले अमेरिकामै अर्थशास्त्रमा स्नातकोत्तर तहको अध्ययन गरेका थिए। उनले चीनको शाङ्हाईस्थित एक विश्वविद्यालयबाट इन्जिनियरिङमा स्नातक तहको अध्ययन समेत गरेका छन्। उनले २०१२ देखि २०१३ सम्म सानिमा बैंकको डिरेक्टर भएर उनले काम गरेका थिए।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

तत्कालीन प्रमुख प्रशासकीय अधिकृत र निर्माण व्यवसायीविरुद्ध भ्रष्टाचार मुद्धा

बढुवा अवरुद्ध हुँदा मारमा बरिष्ठहरु

सहजीकरण टोली असफल, बजेट ल्याउन नसक्ने २५ स्थानीय तहसँग स्पष्टीकरण

प्रधानमन्त्री कार्यालयमा सचिवको पल्टन,चार निकाय सचिवविहीन

आयल निगममा तेल चोर्नेदेखि ओभरटाइमको नाममा मासिक ५० लाख खानेसम्म

मनसुनको जोखिम बढ्दै, देशभर ५४ स्थानमा सशस्त्र प्रहरीको प्रतिकार्य बेस स्थापना

टेरामक्स भ्रष्टाचार मुद्दा : पूर्वमन्त्री मोहन बस्नेतसहित १९ प्रतिवादीको मुद्दामा आज फेरि सुनुवाइ

‘मनसुनजन्य विपद् प्रतिकार्यका लागि सुरक्षा निकाय र सरकारी संयन्त्र उच्च शतर्कतामा’

बिशेष