गभर्नर नियुक्तिमा ओली र देउवाबीच मिल्यो कुरा : आजै सिफारिस, साँझ नियुक्तिको तयारी

लामो रस्साकस्सी पछि आजै गभर्नर नियुक्ति हुने सम्भवना बढेको छ । नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिका लागि गठित सिफारिस समितिले आज अपराह्न ४ बजे बैठक आह्वान गरेका छन् ।

बिज्ञापन

अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा रहेको समितिमा निवर्तमान गभर्नर महाप्रसाद अधिकारी र अर्थशास्त्री पोषराज पाण्डे सदस्य छन्। सिफारिस समितिले तीन जनाको नाम सिफारिस गर्नेछ । जसमध्ये आजै साँझ बस्ने मन्त्रिपरिषद् बैठकबाट एक जनालाई गभर्नर नियुक्ति गर्नेछ । गभर्नरमा अर्थशास्त्री विश्व पौडेलको नाम अगाडि सारिएको छ ।राष्ट्र बैंकको गभर्नर पद २४ चैतदेखि रिक्त छ ।

बिज्ञापन

यस अघि सत्ता साझेदार दल काँग्रेस सभापति देउवाले पूर्व मुख्य सचिव राजेन्द्र किशोर क्षेत्रीदेखि गुणाकर भट्टको नाम सिफारिस गरेका थिए तर प्रधानमन्त्री केपी शर्मा ओलीले नमान्दा गभर्नर नियुक्ति हुन सकेको थिएन । पछिल्लो समय काँग्रेस सभापति देउवाले विश्व पौडेललाई गभर्नर बनाउन चाहेका छन् । सो नाममा प्रधानमन्त्री ओली सहमत भएको जनाइएको छ ।

प्रधानमन्त्री ओलीले गभर्नरमा डा। पौडेललाई सिफारिस नगर्न भनेपछि कांग्रेस सभापति शेरबहादुर देउवाबिच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा हुने तय भएको भेट र पूर्वनिर्धारित मन्त्रिपरिषद् बैठक स्थगित भएको थियो । यस अघि पूर्वमुख्य सचिव सोमलाल सुवेदीसहित गुणाकर भट्टसम्मको नाम सिफारिस गरेको भए पनि त्यो नाम भएन भन्दै भुलभुलैयामा पारिएको भन्दै काँग्रेस सभापति देउवा ओलीसँग रुष्ट भएका थिए ।

बिज्ञापन

हिजो बैठक डाकेर स्थगित गरेका ओलीले आज सत्तासाझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेलगत्तै मन्त्रिपरिषद् बैठक बोलाएका हुन्। बैठक साँझ पाँच बजे बस्ने बताइएको छ।

सम्भवत आजको बैठकले गभर्नरमा डा विश्व पौडेललाई नियुक्ति गर्ने प्रवल सम्भवना छ । पौडेल परराष्ट्रमन्त्री आरजु राणाको व्यवसायिक पाटर्नर समेत थिए,कुनै समय । सबैभन्दा मंहगो मानिएको युलियन्स स्कूलका लगानीकर्ता समेत रहेका पौडेललाई स्वर्णीम वाग्लेले चिनजानी गराइदिएका थिए,आरजुसँग । पछि उनै विश्व राष्ट्रिय योजना आयोगमा समेत नियुक्ति पाए । गभर्नर सिफारिस समितिमा रहेका उनलाई राजीनामा गर्न लगाएर गभर्नर नियुक्ति गर्ने तयारी भइरहेको हो ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

तत्कालीन प्रमुख प्रशासकीय अधिकृत र निर्माण व्यवसायीविरुद्ध भ्रष्टाचार मुद्धा

बढुवा अवरुद्ध हुँदा मारमा बरिष्ठहरु

सहजीकरण टोली असफल, बजेट ल्याउन नसक्ने २५ स्थानीय तहसँग स्पष्टीकरण

प्रधानमन्त्री कार्यालयमा सचिवको पल्टन,चार निकाय सचिवविहीन

आयल निगममा तेल चोर्नेदेखि ओभरटाइमको नाममा मासिक ५० लाख खानेसम्म

मनसुनको जोखिम बढ्दै, देशभर ५४ स्थानमा सशस्त्र प्रहरीको प्रतिकार्य बेस स्थापना

टेरामक्स भ्रष्टाचार मुद्दा : पूर्वमन्त्री मोहन बस्नेतसहित १९ प्रतिवादीको मुद्दामा आज फेरि सुनुवाइ

‘मनसुनजन्य विपद् प्रतिकार्यका लागि सुरक्षा निकाय र सरकारी संयन्त्र उच्च शतर्कतामा’

बिशेष