प्रतिनिधि सभा बैंठक LIVE

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सांसद रोशन कार्कीले मन्त्रीहरू संसद् बैठकमा भिडिओ गेम खेलेर बस्ने गरेको आरोप लगाएकी छिन् ।

बिज्ञापन

प्रतिनिधि सभाको बैठकमा आइतबार बोल्ने क्रममा उनले ‘मन्त्रीहरू यहाँ आउनुहुन्छ, भिडिओ गेम खेल्नुहुन्छ, खासखुस गर्नुहुन्छ, उठेर हिँड्नुहुन्छ,संसद ठाट्ने थलो रहेछ,उनले भनिन ।

बिज्ञापन

यस्तै काँग्रेसका सांसद सञ्जयकुमार गौतमले मुलुकलाई अघि बढाउन केही समय राष्ट्रिय सहमतिको सरकार आवश्यक रहेको बताएका छन् ।
उनले भने,‘म शीर्षस्थ नेताहरुलाई राष्ट्रिय सहमति निर्माण गर्न आग्रह गर्छु । टाउको जोड्न आग्रह गर्छु । मुलुकले एउटा राष्ट्रिय सहमति निर्माण गर्नु पर्ने आवश्यकता म देख्छु,’ उनले भने, ‘राष्ट्रिय सहमति निर्माण गरेर अगाडि बढ्न सक्यौं, संविधान संशोधन गर्न सक्यौं, जनतामा आशा र भरोसा प्रदान गर्न सक्यौं र मुलुकलाई निश्चित दूरीसम्म संँगै हिंडाउन सक्यौं भने मात्रै हामी एक ठाउँमा पुगौंला । अन्यथा, हामीले ल्याएको गणतन्त्र, संघीयता, तीन तहका सरकार जोखिममा पर्ने अवस्था छ । जनता साह्रै निराश छन् ।’

स्वतन्त्र सांसद डा.अमरेशकुमार सिंहले सत्तारुढ दलहरू नेपाली कांग्रेस र नेकपा एमालेले उपसभामुख इन्दिरा रानामगरलाई जेठ महिनाभित्र हटाउन खोजिरहेको बताएका छन् । उनले जनजाति भएकै कारण नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाइएको, जनजाति भएकै कारण ऊर्जा जलस्रोत तथा सिँचाइ राज्यमन्त्री कान्छाराम तामाङलाई हटाइएको र मधेसी भएको कारणले डा.सङ्गीता कौशललाई सिनियर भएर पनि स्वास्थ्य सचिव नबनाएको बताए ।

बिज्ञापन

एमाले सांसद भीमप्रसाद आचार्यले सहकारी ठगीमा संलग्नलाई ६ महिनाभित्र पीडितको रकम फिर्ता गर्ने लिखित प्रतिबद्धता गराएर जेलमुक्त गर्ने प्रस्ताव राखेका छन् ।

उनले ६ महिनाभित्र सबै पीडितको रकम फिर्ता गर्ने कबोल गरेको खण्डमा जेलमुक्त गर्ने र तोकिएको समयभित्र बचत फिर्ता नगरे कडा कारबाही गर्ने कानुनी व्यवस्था गर्नुपर्ने बताए ।

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले न्यायपालिकामाथि विश्वासको वातावरण नभएको गुनासो जनताले गरिरहेका बताएकी छन् ।

उनले कानुनको प्रक्रिया अदालतले मिच्न थालेको विषय संवेदनशील भएको बताइन् । ‘कानुनको प्रक्रिया अदालतले मिच्न थालेको विषय निकै संवेदनशील छ । यो संविधानको मूल आत्मामाथि पुर्‍याएको चोट हो,’ सांसद गौतमले भनिन्, ‘विधिको शासन सबैले मान्नु पर्ने हुन्छ । न्याय प्रक्रियाको सही पालना बिना निष्पक्ष न्याय असम्भव छ ।’

 

 

 

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

४ कर्मचारी कारबाहीको दायरामा, मन्त्रालयद्वारा स्पष्टीकरण माग

महानिर्देशकसहित पाँचै जनालाई धरौटीमा रिहा गर्न आदेश

नयाँ सरकार बनेको तीन महिनामै ५ सय ८४ कर्मचारीले दिए राजीनामा

कोशी प्रदेशमा स्तरोन्नत प्रादेशिक कर्मचारी सूचना प्रणाली सञ्चालन, सम्पत्ति विवरणदेखि एसएमएस सूचनासम्मका नयाँ सुविधा थप

सुशीलाले रोकेको पिए सुविधा व्युँताइयो,एक जनाले थाप्नेछन् ३ लाख १२ हजार

३ करोड ५१ लाखभन्दा बढीको अवैध सामग्री बरामद

ओभरटाइमको नाममा आयल निगममा मासिक ५० लाख स्वाहा !

श्रीमती हत्या प्रकरणमा नयाँ मोड : लेखा अधिकृतसहित चारजना अब थुनामै

बिशेष