थपिएको छ– मोटोपन

नेपाल र भारत जस्ता देशमा पहिले–पहिले पोषण र स्वास्थ्यको छलफलमा केवल कुपोषण र रक्तअल्पता,हैजा र पखाला समेटिन्थ्यो । अहिले अर्को समस्या पनि थपिएको छ– मोटोपन ।
मोटोपनले सिर्जना गर्ने मुटु रोगलगायतका स्वास्थ्य समस्या पहिले जस्तो युरोप र अमेरिकाको मात्र होइन; अहिले त नेपाल, भारत, बंगलादेश जस्ता मुलुकका पनि साझा बनेका छन् ।
पारु श्रेष्ठ (३३ वर्षीया एक महिला) ले पनि आफ्नो तौल ७५ किलोबाट ६० किलो (१० महिना भित्र) झारेकी थिइन् । उनी विवाह अघि ५६ किलो थिइन् । अग्ली, पातली पारुको विवाह पछि खानपान र जीवनशैली बदलियो ।
एउटा बच्चा पाएपछि त झन् चाकु, घिउ, मासु, अण्डा आदिले गर्दा उनको जीउ त फैलिंदै गयो । उनका बुवा ३० वर्ष नपुदै मधुमेहले बितेका थिए । आमा र बहिनी दुवै मधुमेहको उपचार गरिरहेका छन् । मैले उनलाई भनें, ‘पारुजी तपाईं त होशियार हुनुपर्छ है ! तपाईंको परिवारमा निकै समस्या छन् । तपाईं यसरी नै मोटाउनुभयो भने तपाईंलाई पनि ती समस्या आउन सक्छन् । तपाईंको छोरो छ । अन्तर्राष्ट्रिय संस्थामा काम गरिरहनुभएको छ । अगाडि त्यति ठूलो भविष्य छ, स्वास्थ्य नै नराम्रो भएपछि त जति काम गर्न सक्ने हो, त्यति गर्न सकिन्न । त्यो बाहेक जति पैसा भए पनि तपाईंले त्यसको प्रयोग आनन्दपूर्वक गर्न पाउनुहुन्न ।’
मैले उनलाई पटक–पटक शरीरलाई ध्यान दिन र खाना कम गर्न भनेपछि एकदिन खुशी भएर उनले भनिन्, ‘मलाई तौल कम गराउने संस्थाले आउनु भनेको छ । उनीहरूले ४० हजार लिएर ग्यारेन्टीका साथ तौल कम गराउँछन् रे दुई हप्तामा । उनीहरूले खानेकुराको चार्ट पनि दिन्छन् रे ! केही औषधि पनि दिन्छन् रे !’
पारुको खुशीलाई काट्दै मैले भनें, ‘पारुजी त्यसरी ग्यारेन्टीका साथ तौल कम गर्ने कुनै व्यक्ति वा संस्थाले तपाईंलाई भन्छ भने, त्यो त सोह्रै आना ठग हो । त्यस्तो कुनै औषधि छैन, जसले जादुको छडीले झैं तपाईंको तौल कम गराओस् । फेरि त्यस्ता औषधि के–कस्ता हुन्, कसरी काम गर्छ थाहा नै नपाइकन कसरी प्रयोग गर्नुहुन्छ ।
त्यसरी औषधि प्रयोग गरेर तौल घट्ने भए त अमेरिकाका त्यतिका मानिसले घटाउँथे होलान् नि ! त्यसरी एकैचोटि तौल घटाउने क्रियालाई त्याग्नोस् र खानेकुरा कम गर्नोस् । कोदो, फापर, गहुँको च्याँख्ला आदिको प्रयोग बढी गर्नुस् । चकलेट धेरै नखानोस् र प्रमुख कुरा पानी खाने र व्यायाम गर्नुस् । त्यो ४० हजार चाहिं राख्नोस् र तपाईंको तौल कम भएपछि कुनै राम्रो काममा प्रयोग गर्नुस् ।’
त्यसपछि उनले कोदो र फापर किनिन् र त्यसैलाई आफ्नो दैनिक भोजनको अंग बनाइन् । हरियो तरकारी र टुसा उमारेको तरकारी अफिसमै लैजान थालिन् । बिहान उठेर व्यायाम गर्न थालिन् । दुई महिनामा उनको तौल ५ किलो कम भयो । उनको अनुहारको छालामा चमक आयो । ६ महिनामा त उनको १० किलो तौल घट्यो । पारु झण्डै बिहेअघिको जस्ती भइन् ।
‘तपाईंले मेरो ४० हजार त बचाउनुभयो, साथै मलाई अत्यन्तै जीवनोपयोगी ज्ञान पनि दिनुभयो’, एकदिन उनले खुशी हुँदै भनिन् ।
धेरैलाई मोटोपनबाट छुटकारा पाउन निकै गाह्रो हुन्छ । किनभने खाना खाएर, मज्जासँग सुतेर, तेल र मसला हालेको मासु खाएर तौल जति मज्जासँग बढ्छ त्यति नै मज्जासँग घटाउन गाह्रो हुन्छ ।
मासु र तारेको आलुका स्वाद त जिब्रोमा यसरी बसेको हुन्छ कि त्यसको अगाडि पछि हुने दुखाइ पनि बिर्सिइन्छ ।
कति जना मानिसहरू यस्तै खाना र बियरबाट हुने मोटोपनको कारणले हुने उच्च रक्तचापको कारणले ‘पक्षघात’ भएपछि पनि रक्सी, मासु, तेल हालेको खान छोड्दैनन् र वास्तवमा विस्तारै आत्महत्या गरिरहेका हुन्छन् । लोग्ने मानिसहरू मात्र होइन, महिलाहरू पनि मोटोपनले पैदा हुने समस्याले ग्रस्त हुन्छन् तर पनि जिब्रोलाई तह लगाउन सक्दैनन् ।
५२ वर्षकी शोभा (नाम परिवर्तन) जो एक पत्रकार पनि हुन्; लाई केही दिनअघि भेट्दा उनको पेट त घ्याम्पो जस्तै भएको रहेछ । मेरो आँखा पढेर होला उनले भनिन्, ‘हेर न नखाउँ भन्दाभन्दै कोच्याएका छन् मानिसले, त्यसैले अलि पेट बढेको छ ।’
५ फिटकी शोभा ७५ किलोग्रामकी भइछन् । उनलाई देख्दा लाग्यो, कसरी भुईंतिर हेर्छिन् होला ! चार तला माथि भर्याङ चढ्दा त उनलाई स्वाँ–स्वाँ नै भयो । तर पनि उनले भनिन्, ‘मेरो त तौल घटाउने कुनै विचार छैन । तिमीले भने जस्तो कोदो, फापर र टुसा उमारेको दिनदिनै खान गाह्रो हुन्छ मलाई ।’
उनलाई अब खानाको विषयमा कुरा गर्न छाडिसकेकी छु । किनकि जबसम्म मनैबाट तौल घटाउँछु भनेर लाग्दैन, हाम्रो भाषण र लेखले केही काम गर्दैन ।
मध्यमवर्गीय परिवारमा मात्र होइन, गाउँका मानिसमा पनि विभिन्न किसिमका जंकफुडले मोटोपनको समस्या बढ्न थालेको छ । यसले मानिसलाई धेरै प्रकारका समस्या देखिन्छ । स्वास्थ्य त चौपट नै हुन्छ । तर पनि जिब्रोको स्वाद रोक्न किन नसकेको होला ?

बिज्ञापन

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

ठेकेदारमाथि मन्त्रीको कडा शैली : प्रहरी लगाएर पीएकहाँ बुझाउन आदेश

दुई उपमहानिर्देशकविरुद्ध प्रधानमन्त्री कार्यालयमा उजुरी,प्रदीप अधिकारीसँगको ‘कनेक्सन’

आयोगमा खुला प्रतिस्पर्धाबाट नियुक्ति गरिँदै,सहसचिवको संयोजकत्वमा सिफारिस समिति गठन

स्मार्ट टेलिकम,इन्भेष्टमेन्ट बैंकपछि सीआईबीको अनुसन्धान एनसेलतिर

सचिवको असन्तृष्टि : ‘यो मन्त्रालयको नाम हो कि एनजीओको ?’

सहसचिवदेखि प्रधानमन्त्रीसम्मले एक महिनाभित्र सम्पत्ति विवरण बुझाउनुपर्ने

उपसचिव परीक्षामा चिट चोरेर लेख्ने गिरी कारबाहीमा, एक वर्ष परीक्षा दिन नपाउने

भूमि प्रशासनका दुई कार्यालय प्रमुखविहीन, मनमैजुमा भाइलाई पठाउँदै

बिशेष