दिँउसो छापा मारेर गोप्य कागजात बरामद,साँझ पदाधिकारीसँग गोप्य बैठक

जलविद्युत् प्रवर्द्धकहरूबाट प्राथमिक सेयर निष्कासन (आईपीओ) अनुमति दिन धितोपत्र वोर्डका अध्यक्षले विचौलिया नै परिचालन गरेर कमिसन मागेको बिषय बाहिरिएसँगै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खुमलटारस्थित वोर्डको कार्यकक्षमा छापा मारेर महत्वपूर्ण कागजातहरु नियन्त्रणमा लिएको छ ।

बिज्ञापन

उर्जा व्यवसायीहरुले आइपिओ निस्कासन स्वीकृतिका लागि कमिसन माग गरेको भन्दै अख्तियारमा उजुरी दिएका थिए,प्रमाणसहित ।सोही प्रमाणसहितका उजुरीका आधारमा अख्तियारका उपसचिवको नेतृत्वको एउटा टोली खुमलटार पुगेर कार्यालयमा छापा मारी महत्वपूर्ण फाइलहरु नियन्त्रणमा लिएको हो ।

बिज्ञापन

आईपीओ निष्कासन पाइपलाइनमा रहेका ८९ कम्पनी छन् तीमध्ये ४३ जलविद्युत् कम्पनीको आईपीओ स्वीकृति क्रममा रहेका छन् । एक जलविद्युत कम्पनीको हालैमात्र आइपीओ जारी भइसकेको छ बाँकी ४२ कम्पनीसँग बोर्ड अध्यक्ष सन्तोषनारायण श्रेष्ठले पठाएका भनिएका व्यक्तिहरूले रकम माग गरेको प्रमाणसहित अख्तियारमा उजुरी परेको थियो । आईपीओ स्वीकृतिका लागि कमिसन मागिएको विषय संसद,मिडिया हुँदै अख्तियारसम्म उजुरी परेपछि अख्तियारले त्यहाँ छापा मारेर आईपीओ निष्कासन सम्बन्धी फाइलहरू नियन्त्रणमा लिएको छ ।

अख्तियारको उपसचिवको नेतृत्वको ३ सदस्यीय टोली दिउँसो खुमलटारस्थित वोर्डको कार्यालयमा पुगेको थियो ।बिहान ११ बजे पुगेको टोली साँझ ४ बजेमात्र फाइलहरु नियन्त्रणमा लिएर फर्किएको थियो । अख्तियारबाट गएको टोलीले वोर्ड अध्यक्ष सन्तोष नारायण श्रेष्ठ, बोर्डका नियमन विभागका प्रमुख रहेका कार्यकारी निर्देशक मुक्तिनाथ श्रेष्ठ लगायतका जिम्मेवार कर्मचारीसँग विभिन्न बिषयमा प्रश्नहरु गरेको थियो । बोर्डबाट आइपिओ निष्कासन प्रक्रियाको टिपोट र पाइपलाइनमा रहेका कम्पनीको सूची लगेको छ । त्यसैगरी सिलबन्दी गरेर अनुसन्धानका लागि आवश्यक कागजात पनि अख्तियारले नियन्त्रणमा लिएको छ । केही उच्च अधिकारीसँग प्रारम्भिक बयानसमेत लिँदा अख्तियारले कुल चार घण्टा बोर्डमा बिताएको थियो ।

बिज्ञापन

सो पछि पाइप लाइनमा रहेका ८९ कम्पनीको महत्वपूर्ण कागजातहरु नियन्त्रणमा लिएर टोली हिडेको थियो । यता दिँउसो अख्तियारले फाइल नियन्त्रणमा लिए पछि साँझ धितोपत्र वोर्ड अध्यक्ष सन्तोषनारायण श्रेष्ठ र इप्पानका पदाधिकारीहरुबीच गोप्य बैठक बसेको थाहा भएको छ ।

दिउँसो अख्तियारले महत्वपूर्ण फाइलहरु नियन्त्रणमा लिए पछि साँझ पाँच देखि सात बजेसम्म इप्पानका पदाधिकारीहरुबीच गोप्य छलफल भएको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

पूर्व प्रबन्ध निर्देशक साह भ्रष्टाचारी ठहर

तत्कालीन प्रमुख प्रशासकीय अधिकृत र निर्माण व्यवसायीविरुद्ध भ्रष्टाचार मुद्धा

बढुवा अवरुद्ध हुँदा मारमा बरिष्ठहरु

सहजीकरण टोली असफल, बजेट ल्याउन नसक्ने २५ स्थानीय तहसँग स्पष्टीकरण

प्रधानमन्त्री कार्यालयमा सचिवको पल्टन,चार निकाय सचिवविहीन

आयल निगममा तेल चोर्नेदेखि ओभरटाइमको नाममा मासिक ५० लाख खानेसम्म

मनसुनको जोखिम बढ्दै, देशभर ५४ स्थानमा सशस्त्र प्रहरीको प्रतिकार्य बेस स्थापना

टेरामक्स भ्रष्टाचार मुद्दा : पूर्वमन्त्री मोहन बस्नेतसहित १९ प्रतिवादीको मुद्दामा आज फेरि सुनुवाइ

बिशेष