अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शाखा अधिकृत, लेखा अधिकृतसहित ३ जना र १ कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
अख्तियारले बाराको फेटा गाउँपालिकाको विद्युत पोल गाड्ने तथा तार तान्ने ठेक्का प्रक्रियामा अनियमितता गरेको आरोपमा उनीहरुविरुद्ध भ्रष्टाचार मुद्धा दायर गरेको हो ।
बिज्ञापन
ठेक्का आह्वानको सूचना प्रकाशनमै अनियमितता गरेको आरोपमा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत गौरी शंकर कुमार सिंह, लेखा अधिकृत मुकेश प्रसाद साह र नेपाल मिडिया हाउस प्रा लि का प्रबन्ध निर्देशक नवराज निरौलाविरुद्ध आज विशेष अदालतमा आरोपपत्र दायर गरेको छ।
बिज्ञापन
उनीहरूले सार्वजनिक खरिद ऐन विपरीत सूचना गोप्य राखी झुट्टा विवरणसहितको बिलमार्फत १ लाख ४२ हजार १६० रकम भुक्तानी गरेको पुष्टि भएपछि भ्रष्टाचार निवारण ऐन अनुसार कैद र जरिवानाको मागदाबीसहित मुद्दा दायर गरिएको आयोगले जनाएको छ।