भन्सारको लिलामीमा पौडेल समूहको रजगज

पछिल्लो समय भैरहवा भन्सारमा पुगेका रामप्रसाद रेग्मीको कार्यक्षमता र कार्यसम्पादनमाथि नै प्रश्न उठिरहेको समयमा उनले एउटै समूहको पक्षपोषण हुने गरी काम गरिरहेको आवाजको सो कार्यालयकै कर्मचारीहरुले विरोध गर्न थालेका छन् । रसुवा भन्सारमा हुँदा बदमासीमा मुछिएर मन्त्रालयमा तानिएका उनलाई कारवाही नगरी उल्टै मेचीनगर भन्सारमा खटाइएको थियो । त्यहाँबाट रुपन्देही पुगेका रेग्मीको समूहले भन्सारका सामाग्रीहरुको लिलामीमा एउटा समूहको पक्षपोषण गरिरहेको भन्सारकै कर्मचारीहरुले जनाएका छन् ।

बिज्ञापन

कुनै पनि भन्सार कार्यालयले पक्रेको अवैध तथा भन्सार छलिएका सामान बुझ्न सम्बन्धित व्यक्ति, फर्म वा संस्थालाई सूचित गर्छ । त्यसपछि पनि दाबी नपरेको अवस्थामा निश्चित प्रक्रिया पूरा गरेर लिलाम गरिन्छ । तर रुपन्देहीको बेलहिया भन्सार कार्यालयमा रहेका त्यस्ता सामान एउटा निश्चित समूहले सँधै आफ्नो पोल्टामा पार्ने गरेको पाइएको छ ।
भन्सार कार्यालयले अवैध तथा भन्सार छलेर निकासी तथा पैठारीका गरिएका माल बस्तुहरु ढुवानी गरेको अभियोगमा पक्राउ भई भन्सार कार्यालयमा दाखिला हुन आएका,भन्सार छलेर तथा पास नभएका बस्तु तथा सवारी/ढुवानी साधनहरुको हकदाबी बारे सम्बन्धित पक्ष लाई पुष्टि हुने प्रमाण सहित तथा समानको प्रकृति अनुसार बिभिन्न समय दिएर सूचना प्रकाशन गर्ने गर्दछ । सो समय अवधि भित्र दाबि गर्न नआएमा राष्ट्रिय दैनिक पत्रिकामा लिलाम बिक्रि सम्बन्धि सूचना प्रकाशन गरी लिलामका लागी बोलपत्र आव्हान गर्ने र स्वतन्त्र ढङ्गले दर रेटका आधारमा छनोट भएको फर्मलाई लिलामी गर्नु पर्नेमा त्यसो नगरिएको भेटिएको हो ।

बिज्ञापन

तर त्यहाँ लिलामीको काममा  सम्बधित पक्षलाई प्रभावमा पारेर निश्चित समूहको रजगज गर्दै आएको बताइन्छ । सरकारी कार्यालयमा प्रयोग हुने खालका केही गाडी, सरकारी कार्यालयले लिलाम मूल्यमा किने पनि अरुमा वर्षौंदेखि मुद्दा शाखालाई प्रभावमा पारेर बाबुराम पौडेलको समूहले रजगज चलाउँदै आएको दृश्य यो वर्ष पनि देखिएको छ । अदालत जाने मुद्दा बाहेक भित्रका अन्य मुद्दामा कार्यालय प्रमुखको सर्वाधिकार रहने हुँदा कार्यालय प्रमुखलाई प्रभावमा पारेर उक्त समूहले आफ्नो स्वार्थमा काम फत्ते गरेको आरोप छ ।

यसरी माथिसम्म मिलाएर लिलामीको काम गर्दै आएका छन्,वावुराम पौडेलको समूह । सो समूहले लिलाममा बर्षौदेखि मुद्धा शाखालाई प्रभावमा पारेर रजगज गर्दै आएका छन् । अदालत जाने मुद्धा बाहेक भित्रका अन्य मुद्धामा कार्यालय प्रमुखको अधिकार रहने हुँदा कार्यालय प्रमुखलाई समेत प्रभावमा पारेर काम फुत्काउँदै आएको भन्सारका कर्मचारीहरु बताउँछन् ।  पौडेल समूहले प्रतिस्पर्धी फर्महरुलाई बिभिन्न ढङ्गले दबाबमा राखेर बोलपत्र पेश गर्न नदिइ आफू निकटका फर्महरुलाई बोलपत्र पेश गर्न लगाएर लिलाम हत्याउने गरेको आरोप छ ।

बिज्ञापन

भित्रबाटै हुने सेटिङ्गमा राजश्वका ठूला कर्मचारीको हालिमुहाली चलेपनि बाहिरका खुद्रे मोलमोलाइमा कार्यालय सहयोगी र पियनहरुलेसमेत दुःख दिने गरेको साना व्यापारीको गुनासो छ । कार्यालय प्रमुख रामप्रसाद रेग्मीले लेन शाखामा कार्यरत आफू निकटका कर्मचारीमार्फत् काम फत्ते गराउँदै आएको अरु कर्मचारीको भनाइ छ ।

कार्यालयमा प्रशासन, लेखा समूहका कर्मचारी र प्राविधिक समूहअन्तर्गतका कम्प्युटर अपरेटरहरु, भन्सार एजेन्ट र राजश्वका कर्मचारी सामु निरीह देखिन्छन् । भनिन्छ, ‘स्वयम् कम्प्युटर अपरेटरले कार्यालयको इमेलसम्म खोल्न पाउँदैनन् ।’

भैरहवा र रसुवा भन्सार हाकिमको क्षमतामाथि उठ्न थाल्यो प्रश्न

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

३० हजार घुस लिएको अभियोगमा प्रहरीका सईविरुद्ध भ्रष्टाचार मुद्दा

भन्सारको लिलामीमा पौडेल समूहको रजगज

कार्तिकमा रोकिएको उपसचिवको बढूवा र परीक्षा अर्काे महिना

मालपोत अधिकृत भट्टराईको अवैध आम्दानी ४ करोड ४० लाख

१७ अर्बको अवैध कारोबार गरेको आरोपमा २१ जना पक्राउ

वैदेशिक रोजगार विभागका महानिर्देशकमा भट्टराई

ऐन बनेपछि सुध्रिन्छन त यी विकृती ?

२ जब्बर उपसचिव गृहमै फिर्ता, सहसचिव दरबन्दी भएका पाँच जिल्लामा अझैं उपसचिव सिडिओ

बिशेष