बैंकका अध्यक्षलाई अख्तियारको सात दिने पूर्जी

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल बैंकका पूर्व अध्यक्ष डा चन्द्रबहादुर अधिकारीका नाममा सात दिने सूचना जारी गरेको छ । गत माघ २१ गते परेको उजुरीमाथि आवश्यक अनुसन्धानका लागि अधिकारीको नाममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साता दिनको पूर्जी जारी गरेको हो । अख्तियारको अनुसन्धानको राडारमा तानिएपछि मोवाइल अफ गरेर लापत्ता भएका बैंकका अध्यक्षलाई अख्तियारले सात दिनभित्र टंगालमा हाजिर हुन सार्वजनिक सूचना नै प्रकाशन गरेको छ ।

बिज्ञापन

अख्तियारले आज एक दैनिक पत्रिकामा सार्वजनिक सूचना जारी गर्दै तत्कालीन अध्यक्ष अधिकारीलाई सात दिनभित्र हाजिर हुन भनेको छ । अधिकारी बैंकका अध्यक्ष कर्जा प्रवाह गर्दा घुस एवं कमिसन लिने गरेको आशंकामा अख्तियारको राडारमा तानिएका थिए ।

बिज्ञापन

आफ्ना सवारी चालक उमेश महर्जनमार्फत ऋणीहरुबाट कर्जामा कमिसन लिइएको भेटिएपछि उनी अख्तियारको राडारमा परेका थिए । ०८० असोज १० गते तत्कालीन अर्थमन्त्री प्रकाशशरण महतले सरकारी स्वामित्वको बैंकको अध्यक्ष नियुक्त पाएका त्रिभुवन विश्वविद्यालयका अवकाश प्राप्त सहप्राध्यापक अधिकारीका सवारी चालकको खातामा एकैपटक २५ देखि ३० लाख रुपैयाँसम्मको कारोबार गरेको भेटिएसँगै उनी अनुसन्धानमा तानिएका थिए ।

अध्यक्ष अधिकारीले ठूला कर्जा प्रवाह गर्दा समयमा निर्णय नगर्ने, फाइल अनावश्यक अड्काइदिने, कमिसनका लागि बार्गेनिङ गर्ने गरिरहेको भन्दै अख्तियारमा उजुरी परेका थिए।सोही उजुरी पछि उनी अख्तियारको छानबिनको दायरामा छन् ।

बिज्ञापन

अख्तियारले जारी गरेको सात दिने सूचनामा दुई जना भारतीयलाई आयोगमा उपस्थित गराउनुपर्ने दायित्व पनि उनैको रहेको सूचनामा उल्लेख छ । सूचनामा भारत उत्तर प्रदेशका खुशनसिब अन्सारी र वज्जाद अन्सारीलाई उपस्थित गराउन भनिएको छ । ती दुबै अन्सारीको आधार कार्ड नम्बर र भारतको पूर्ण ठेगाना पनि सूचनामा खुलाइएको छ ।

यसैबीच नेपाल राष्ट्र बैकले भने अधिकारीलाई कारवाही गरेको छ । बैंक तथा वित्तीय संस्था ऐन २०७३ बमोजिम उनलाई ५ लाख जरिवाना र सञ्चालक पदबाटसमेत बर्खास्त हुने गरी नेपाल राष्ट्र बैंकले नेपाल बैंकमा पत्र पठाएको छ । ऋृण प्रवाह गर्दा घुस खाने गरेको बिषय बाहिरिएपछि नेपाल बैंकको सञ्चालक समितिले उनलाई अध्यक्ष पदबाट हटाएको थियो। अध्यक्षबाट हटे पनि उनी बैंकको स्वतन्त्र सञ्‍चालकको रुपमा कार्यरत छन् । अख्तियारको राडारमा अधिकारी तानिए पछि अर्थ मन्त्रालयले त्यहाँ अध्यक्षका रुपमा सहसचिव थान प्रसाद पंज्ञानीलाई खटाएको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

पूर्व प्रबन्ध निर्देशक साह भ्रष्टाचारी ठहर

तत्कालीन प्रमुख प्रशासकीय अधिकृत र निर्माण व्यवसायीविरुद्ध भ्रष्टाचार मुद्धा

बढुवा अवरुद्ध हुँदा मारमा बरिष्ठहरु

सहजीकरण टोली असफल, बजेट ल्याउन नसक्ने २५ स्थानीय तहसँग स्पष्टीकरण

प्रधानमन्त्री कार्यालयमा सचिवको पल्टन,चार निकाय सचिवविहीन

आयल निगममा तेल चोर्नेदेखि ओभरटाइमको नाममा मासिक ५० लाख खानेसम्म

मनसुनको जोखिम बढ्दै, देशभर ५४ स्थानमा सशस्त्र प्रहरीको प्रतिकार्य बेस स्थापना

टेरामक्स भ्रष्टाचार मुद्दा : पूर्वमन्त्री मोहन बस्नेतसहित १९ प्रतिवादीको मुद्दामा आज फेरि सुनुवाइ

बिशेष