गभर्नर नियुक्तिमा नयाँ मोड :-देउवा बोक्ने,निलमले रोक्ने

नेपाल राष्ट्र बैंकको १८औं गभर्नर कांग्रेस निकट व्यक्तिलाई बनाउने गरी सत्तामा रहेका काँग्रेस र एमालेका शीर्षस्थ नेताहरुबीच सहमति भइसकेको छ । सोही सहमति अनुसार अगाडि सारिएका पात्र हुन डा गुणाकर भट्ट ।

बिज्ञापन

सोही योजना अनुसार नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुणाकर भट्टले पदबाट राजीनामा दिए । गभर्नरको सशक्त दाबेदारको रुपमा हेरिएका भट्टलाई पछिल्लो समय नेपाली कांग्रेसको कोटाबाट उनको नाम सिफारिस हुने प्रवल सम्भवना देखेपछि आज बिहान राजीनामा दिएका हुन ।

बिज्ञापन

राजीनामा पत्र बोकेर भट्ट बिहानै गभर्नरको कार्यकक्षमा पुगेका थिए । तर, कामु गभर्नर ढुंगानाले राजीनामा स्वीकृत गर्न अस्वीकार गरेकी छिन् । गभर्नर बन्ने लाइनमा रहेकी कायम मुकायम निलम ढुंगानाले भट्टको राजीनामा स्वीकृत नगरे पछि गनर्भर नियुक्ति प्रक्रिया थप पेचिलो बन्न पुगेको छ । राजीनामा पत्र बोकर कायम मुकायम गभर्नर ढुंगनालाई बिहानै भेट्न कार्यकक्षमा पुगेका भट्टलाई तिमिल्सिनाले तपाईंको राजीनामा मैले लिने पनि होइन । कर्मचारीको राजीनामा एचआर डिपार्टमेन्टमा दर्ता गर्नुस् भन्दै फिर्ता पठाएकी छिन् ।

यद्यपि नेपाल राष्ट्र बैंकका प्रवत्ता रामु पौडेलले नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा गुणाकर भट्टको राजीनामा स्वीकति प्रक्रियामा रहेको जनाएका छन् । उहाँले आज बिहान राजीनामा बुझाउनु भएको छ, त्यसको केही प्रक्रिया पूरा भएपछि आइतबार वा सोमबारसम्म स्वीकृति हुनेछ ।

बिज्ञापन

उता ,गुणाकर भट्टको गभर्नरमा नियुक्तिका लागि योग्यता नपुगेको दावीसहित सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । दिउँसो दर्ता भएको रिटलाई अदालतले पर्सि आइतबार पेशीमा चढाउने जानकारी दिएको छ । गभर्नरको नियुक्तिसम्बन्धी मापदण्ड संशोधनका सम्बन्धमा परेको यसअघिको रिटसँगै आइतबार नै पेशीमा चढाउने गरी पूरक निवेदन दर्ता स्वीकार गरेको अधिवक्ताद्वय प्रतिभा उप्रेती र विशाल थापाले बताए ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

लेखा सर बजेट हेर्नुहोस्, कागजपत्र हैन

५१ नायब सुब्बाको सरुवा

नापी सर्भेक्षकको ३ करोड ७१ लाख अकुत सम्पत्ति

मोहम्मद जयन्तीमा मुस्लिम धर्मावलम्बीलाई मात्रै बिदा

परराष्ट्रको दरबन्दी घटाउने सरकारको तयारीमा मन्त्रालयकै ‘अडान’, ओएन्डएम अलपत्र

‘२४ घण्टामै उपकरण, पहिरो पन्छाएर सडक सञ्चालन’ : चरिकोट डिभिजनको एक वर्षे यात्रा

अर्थ मन्त्रालयमा उपसचिव सरुवाको तयारी, करिब ६० जनाको सूची बन्दै

सल्लाहकारले सल्लाह दिन्छन कि ब्युरोक्रेसी हल्लाउछन् ?

बिशेष