वन मन्त्रालयमा अख्तियारले हान्यो छापा

सुदूरपश्चिम प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको छ ।

बिज्ञापन

अख्तियारको टोलीले बुधबार मन्त्रालयमा छापा हानेर महत्त्वपूर्ण कागजातहरू नियन्त्रणमा लिएको हो । अख्तियारको टोलीले बुधबार मन्त्रालयमा छापा हानेर कागजात संकलन गरेको मन्त्रालयका सूचना अधिकारी भोजराज पाठकले पुष्टि गरे ।सुदूरपश्चिम प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकबाट दिगो वन व्यवस्थापन कार्यविधि पास गर्ने तयारी भइरहेका बेला कार्यविधि निर्माण र पारित गराउने क्रममा ठूलो आर्थिक चलखेल भएको अडियो सार्वजनिक भएपछि अख्तियारले छापा मारेको हो ।

बिज्ञापन

मन्त्री लक्ष्मण किशोर चौधरीले भने उक्त अडियोपछि राजीनामा दिएका छन्। यसअघि मुख्यमन्त्री कमलबहादुर शाहले राजीनामा दिन निर्देशन दिएका थिए।

मन्त्री चौधरीले प्रदेशको दिगो वन व्यवस्थापन कार्यविधि आफूअनुकूल बनाएर ठूलो आर्थिक लाभ लिन खोजेको छलफलको अडियो सार्वजनिक भएपछि यो कदम चालिएको हो। उक्त अडियो बाहिरिएसँगै चौधरी विवादमा फसेका छन्।

बिज्ञापन

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

मन्त्रिपरिषद्को बैठक सुरु

बजारमा मालवस्तुकाे एमआरपी र बिलबिजक : अवसर र चुनौती

कर्मचारीको मनोबल बढ्दै छ कि गिर्दै ?

सचिवज्यू यस्तै हुन्छ सुशासन ?

ट्रेड युनियन नेतामाथि सरकारको कडाइ : उपत्यकाबाहिर सरुवाको तयारी

सहसचिवको दोहोरो मापदण्ड : सुशासन कागजमै सीमित

प्रधानान्यायधीशको लाइनबाट तीन रिङ आउट

पाँच सचिव अख्तियारको फन्दामा

बिशेष