आर्थिक लेनदेनको अडियो सार्वजनिक भए पछि मन्त्रीले दिए पदबाट राजीनामा

सुदूरपश्चिम प्रदेशका उद्योग पर्यटन वन तथा वातावरणमन्त्री लक्ष्मण किशोर चौधरीले पदबाट राजीनामा दिएका छन्।

बिज्ञापन

आर्थिक लेनदेनको अडियो सार्वजनिक भएपछि सुदूरपश्चिम प्रदेशका मन्त्री चौधरीले पदबाट राजीनामा दिएका छन् । शनिबार बिहान मन्त्रालयमा पत्रकार सम्मेलन गरी मन्त्री चौधरीले राजीनामा दिएको घोषणा गरेका हुन् । त्यसपछि मन्त्री चौधरीले मुख्यमन्त्री कमलबहादुर शाहलाई राजीनामा बुझाएका हुन ।

बिज्ञापन

मन्त्री चौधरीले दीगो वन व्यवस्थापन सम्बन्धि कार्यविधि आर्थिक लाभ लिनेगरि बनाउने विषयमा छलफल गरेको अडियो सार्वजनिक भएको थियो । अडियोमा मन्त्रीले दिगो वन व्यवस्थापनसम्बन्धी कार्यविधि आइतबार पारित गर्ने बताएका मन्त्रीले २५ देखि ३० चाहिने र पाँच जति मुख्यमन्त्रीलाई पनि दिनुपर्ने बताएको सुनिएको छ। यो डिल लाखमा हो वा करोडमा त्यो भने खुलेको छैन । अडियोमा उनले २५/३० चाहिने भनेका छन् र मुख्यमन्त्रीलाई ५ दिनुपर्ने भनेको सुनिन्छ ।

नैतिकताका आधारमा पदबाट राजीनामा दिएका चौधरीले भनेका छन् म निर्दोष छु, दोषी भए सजाय भोग्न तयार छु ।

बिज्ञापन

चौधरी नागरिक उन्मुक्ति पार्टीबाट सुदूरपश्चिम प्रदेश सरकारमा दोस्रोपटक मन्त्री बनेका थिए। यसअघि उनी सामाजिक विकासमन्त्री थिए।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

सामान्य प्रशासनको भूमिका निर्देशन दिने कि सहजीकरण गर्ने ?

सातै प्रदेश सरकारले ल्याउँदैछन् बजेट

५५ वर्ष उमेर हद र ३० वर्षे सेवा अवधि लागु भए स्वास्थ्य क्षेत्रका झन्डै एक हजार जनशक्ति बाहिरिने

विवादित वन अधिकृत ठाकुर: अदालतको आदेश अवज्ञादेखि गरिब महिलाको टेम्पो भीरबाट खसाल्ने घटनासम्म

रास्वपाको चार प्रदेशको अधिवेशन :बहालवाला तीन सांसद पराजित

आफ्नै हात जगन्नाथ : अर्थमन्त्रीकै गृहजिल्लामा पूर्वाधारको ४ अर्ब बजेट

प्रमुख प्रशासकीय अधिकृतलाई कस्न सरकारले ल्यायो नयाँ आचारसंहिता

सशस्त्र प्रहरीको प्रवक्तामा डीआईजी कार्की

बिशेष