आर्थिक लेनदेनको अडियो सार्वजनिक भए पछि मन्त्रीले दिए पदबाट राजीनामा

सुदूरपश्चिम प्रदेशका उद्योग पर्यटन वन तथा वातावरणमन्त्री लक्ष्मण किशोर चौधरीले पदबाट राजीनामा दिएका छन्।

बिज्ञापन

आर्थिक लेनदेनको अडियो सार्वजनिक भएपछि सुदूरपश्चिम प्रदेशका मन्त्री चौधरीले पदबाट राजीनामा दिएका छन् । शनिबार बिहान मन्त्रालयमा पत्रकार सम्मेलन गरी मन्त्री चौधरीले राजीनामा दिएको घोषणा गरेका हुन् । त्यसपछि मन्त्री चौधरीले मुख्यमन्त्री कमलबहादुर शाहलाई राजीनामा बुझाएका हुन ।

बिज्ञापन

मन्त्री चौधरीले दीगो वन व्यवस्थापन सम्बन्धि कार्यविधि आर्थिक लाभ लिनेगरि बनाउने विषयमा छलफल गरेको अडियो सार्वजनिक भएको थियो । अडियोमा मन्त्रीले दिगो वन व्यवस्थापनसम्बन्धी कार्यविधि आइतबार पारित गर्ने बताएका मन्त्रीले २५ देखि ३० चाहिने र पाँच जति मुख्यमन्त्रीलाई पनि दिनुपर्ने बताएको सुनिएको छ। यो डिल लाखमा हो वा करोडमा त्यो भने खुलेको छैन । अडियोमा उनले २५/३० चाहिने भनेका छन् र मुख्यमन्त्रीलाई ५ दिनुपर्ने भनेको सुनिन्छ ।

नैतिकताका आधारमा पदबाट राजीनामा दिएका चौधरीले भनेका छन् म निर्दोष छु, दोषी भए सजाय भोग्न तयार छु ।

बिज्ञापन

चौधरी नागरिक उन्मुक्ति पार्टीबाट सुदूरपश्चिम प्रदेश सरकारमा दोस्रोपटक मन्त्री बनेका थिए। यसअघि उनी सामाजिक विकासमन्त्री थिए।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

तीर्थराज चिलुवाल राजश्व अनुसन्धान विभागको महानिर्देशकमा नियुक्त

प्रचण्ड भन्दा ओलीको सचिवालयको खर्च २ करोडले कम

अब पूर्व योग्यता परीक्षा पास गरेपछि मात्र खरिदारको परीक्षा दिन पाइने

रन्जिताले दिइनन् स्पष्टीकरण

नेपाल इन्भेष्टमेन्टबैंकविरुद्ध एनभिएले गर्यो आन्दोलनको घोषणा,१५ संघ-संस्थाको एक्येवद्धता

ओरिएन्टेशन तालिम प्रदायक १८ संस्थालाई वैदेशिक रोजगार विभागको स्पष्टीकरण

अनसनमा बसेका मेयरसँग छलफल गर्न सहसचिव नेतृत्वको सरकारी टोली पुग्यो माइतीघर

बागमतीमा ३ मन्त्री नियुक्त, लम्साललाई आन्तरिक मामिला मन्त्रालयको जिम्मेवारी

बिशेष