निजी बैंकको सञ्चालकलाई सरकारी नियुक्ति

नेपाल सरकार मन्त्रिपरिषद्को सोमबार साँझ बसेको बैठकले एक बैंकको सञ्चालक समिति सदस्यलाई महत्वपूर्ण राजनीतिक नियुक्ति दिएको छ । बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष समेत रहेका चन्द्र ढकालको ग्लोबल आइएमइ बैंकको सञ्चालक समिति सदस्य रहेकी भगिरथी भट्टलाई महत्वपूर्ण सरकारी नियुक्ति दिएको हो ।

बिज्ञापन

क्याविनेट बैठकले  विद्युत नियमन आयोगको सदस्य पदमा भागीरथी भट्टराई ज्ञवालीलाई नियुक्त गर्ने निर्णय गरेको हो । काठमाडौंकी ज्ञवाली ग्लोबल आईएमई बैंकको सञ्चालक समिति सदस्यको समेत जिम्मेवारीमा छिन् । गत १० साउनमा बसेको सञ्चालक समितिको बैठकले ज्ञवालीलाई  बैंकको स्वतन्त्र सञ्चालकका रुपमा नियुक्त गरेको थियो । त्रिभुवन विश्वविद्यालयबाट जनप्रशासन र अर्थशास्त्रमा स्नातकोत्तर गरेकी ज्ञवाली लामो समयदेखि अध्यापन र विभिन्न संघ संस्थामा संलग्न छिन् ।

बिज्ञापन

ऊर्जामन्त्री दीपक खड्काको प्रस्तावमा उनलाई यो राजनीतिक नियुक्ति दिइएको हो।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

निजामतीमा त्रास : ४ महिनामै झण्डै ५ सय कर्मचारीले रोजे स्वेच्छिक अवकाश

‘भदौं २२ मा सार्वजनिक बिदा छैन ‘: गृह प्रवक्ता

मन्त्रिपरिषद्का सात निर्णय : बढुवा,पदस्थापन, सार्वजनिक बिदादेखि जोखिम भत्तासम्म

रसुवाको टिमुरेमा कमाण्डरसहितका सुरक्षाकर्मी गुमाउदा पनि कर्तब्यमा डटिरह्यो सशस्त्र प्रहरी

पाँच महिनामै १३७ सहसचिवको सरुवा, प्रधानमन्त्री कार्यालयको ठाडो हस्तक्षेप

नौ दिनपछि सुरुङबाट निकालियो २ शव

मन्त्रिपरिषद् बस्दै,सचिव बढुवाको सम्भावना

सर्वोच्चको नयाँ भवनमा आगलागी, केही प्रमाण मिसिल जले

बिशेष