गुणस्तरीय शिक्षामा सबै बालबालिकाको पहुँच सुनिश्चित गर्नुपर्छ :मन्त्री चौधरी

युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले गुणस्तरीय शिक्षामा सबै बालबालिकाको पहुँच सुनिश्चित गर्नुपर्ने बताउनुभएको छ। कलंकीस्थित कश्यप एकेडेमीको पहिलो वार्षिकोत्सव समारोहमा उहाँले बालबालिकाले समान अवसर र अधिकार पाउनुपर्ने बताउनुभयो।

बिज्ञापन

उहाँले सबै बालबालिकालाई समान अवसर र अधिकार उपलब्ध गराउन संवैधानिक व्यवस्था गरिएको भएपनि परम्परागत मूल्य मान्यताका कारण सामाजिक परिवेशमा लैङ्गिक विभेद अन्त्य हुन नसकेको विचार व्यक्त गर्नुभयो। विभिन्न बालबालिकामा फरक क्षमता र प्रतिभा हुने भएकाले उनीहरुलाई विद्यालयले संस्कार सहितका गुणस्तरीय शिक्षा, अतिरिक्त क्रियाकलाप, खेलकुदमा सहभागी गराउनुपर्नेमा जोड दिँदै मन्त्री चौधरीले विद्यार्थीका जिज्ञासा र चासोलाई पूरा गर्न अभिभावक, परिवारका सदस्य र विद्यालयले सकारात्मक रुपमा सहयोग गर्नुपर्ने बताउनुभयो।

बिज्ञापन

उहाँले बालबालिकाले मोवाइलको प्रयोग गर्दा उनीहरूको सिर्जनशीलतामा कमी आएका कारण यो विषय अहिले समाजका लागि ठूलो चुनौति बन्दै गएकाले अभिभावकले पनि उनीहरूको अगाडि मोवाइल नचलाउन आग्रह गर्नुभयो।

कीर्तिपुर नगरपालिका प्रमुख कृष्णमान डंगोलले समुन्नत मुलुक निर्माणका लागि गुणस्तरीय शिक्षा अनिवार्य र अपरिहार्य आवश्यकता भएको विचार व्यक्त गर्नुभयो।

बिज्ञापन

एकेडेमीका संस्थापक प्रिन्सिपल आर बी अधिकारीले आफ्नो संस्थाले आधुनिक गुणस्तरीय शिक्षा उपलब्ध गराउन विज्ञान(प्रविधि, योग, आध्यात्मिकता र उद्यमशीलतामा जोड दिएको जानकारी दिनुभयो।

विभिन्न साँस्कृतिक कार्यक्रम गरिएको सो कार्यक्रममा सामाजिक विकासमा योगदान पुर्याएका १० जना शिक्षासेवीलाई सम्मान गरिएको थियो।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

आफ्नै प्रस्तावबाट व्याक भए ओली

भ्रष्टाचार र सम्पत्ति शुद्धीकरण मुद्दाका प्रतिवादी सहसचिव भट्टराई २५ लाख धरौटीमा रिहा

खल्तीविरुद्ध जेनजीहरु खुलकुदमन्त्रीकहाँ

अस्वभाविक बरियता : अधिवक्ताभन्दा सर्वाेच्चका न्यायधीश तल,पूर्व एआइजी जेनजी मन्त्रीभन्दा पुच्छारमा

१ लाख रुपैयाँ घुस लिएको आरोपमा नापी कार्यालय वीरगन्जका सर्वेक्षक र सहयोगीविरुद्ध मुद्दा दायर

११२ प्रहरी कर्मचारी कारवाहीमा,बढुवा रोक्कासम्मको चेतावनी

सहकारी व्यवस्थापन टोलीसँग स्पष्टीकरण पछि मन्त्रीको सरुवा

नेपाललाई डिजिटल पथमा डोर्याउने ‘कहाँ’को योजना : स्मार्ट डोर बेलदेखि डिजिटल हाजिरीसम्म

बिशेष