कार्यकक्षमै वडा सचिवमाथि हातपात,यथाशीघ्र कारवाही गर्न कर्मचारी संगठनहरुको संयुक्त माग

वडा सचिवमाथि भएको हातपातको घटनाको कर्मचारी संगठनहरुले भत्र्सना गरेका छन् ।

बिज्ञापन

गत २८ माघमा दिउसो साँढे २ बजे दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१५ विजयखर्कका वडा सचिव होमनाथ ढकालमाथि कार्यालयमै भएको अभद्र व्यवहारको कर्मचारी संगठनहरुले संयुक्त रुपमा भत्र्सना गर्दै दोषी उपर कडाभन्दा कडा कारवाहीको माग गरेका छन् ।

बिज्ञापन

एकीकृत सरकारी कर्मचारी संगठनका जिल्ला अध्यय सोम प्रसाद आचार्य,राष्ट्रिय कर्मचारी संगठन निजामतीका अध्यक्ष चित्रकुमार सुवेदी र नेपाल निजामती कर्मचारी युनियनका जिल्ला अध्यक्ष शम्भु तमाङले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै दोषी उपर कडा भन्दा कडा कारवाहीको माग गरेका हुन ।
उनीहरुले स्थानीय सरकारका जनप्रतिनिधिहरुबाट कार्यस्थलमा सेवारत राष्ट्रसेवक कर्मचारीमाथि गुणगर्दी शैलीमा हातपात तथा सार्वजनिक सम्पत्तिको तोडफोड हुनु कानुनी राज्यको उपहास भएको भन्दै यस प्रकारको घटनाले कर्मचारीको मनोवल घट्न गई सेवा प्रवाहमा समेत प्रभावित हुने हुँदा घटनाको सत्यतथ्य छानबिन गरी अपराधिक क्रियाकलापमा संग्लग्न यथाशीघ्र कानुनी कारवाही माग गरिएको छ ।

बिज्ञापन

अपराधिक क्रियाकलापमा संग्लग्न माथि कारवाही अगाडि नबढाएको खण्डमा आन्दोलनको थप कार्यक्रम घोषणा गरिने समेत संयुक्त वक्तव्यमा उल्लेख गरिएको छ ।
गत २८ माघमा वडा सचिव ढकालमाथि ढुङ्गे चौतारा–कामीडाडाँ हुदै सरोज राईको घरसम्मको सडक निर्माणको विषयमा विवाद हुदा वडा कार्यकक्षमै अभद्र व्यवहार भएको थियो । स्थानीय केही युवाहरुले सचिवलाई घोक्राइ मन्टाइ गरी अभद्र व्यवहार गरेकाले उनीहरू विरुद्ध प्रहरीमा जाहेरी समेत दिइएको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

जावलाखेल चिडियाघरको बर्डफ्लु प्रकरण : सूचना लुकाइयो कि बलिको बोको बनाइयो ?

राहदानी छपाइ अनियमितता अनुसन्धानमा पूर्वमन्त्री श्रेष्ठसँग अख्तियारको सोधपुछ

वाणिज्य नीति : सरकारी निकायमा स्वदेशी वस्तु प्रयोग गर्ने व्यवस्था

पूर्वाधार विकास मन्त्रालयमा दुई सचिवको प्रस्ताव

प्रधानमन्त्री कार्यालयमा निर्वाचन आयोग पदाधिकारी पनि अपमानित, बोलाएर गेटबाटै दिइएन प्रवेश

नेपालको निजामती प्रशासन: रूपान्तरणको संकट र सुधारको मार्गचित्र

ओली सरकारका खास,वालेन सरकारका आसपास

घरबाट हराएका पूर्व कार्यवाहक महालेखापरीक्षकको शव नारायणी किनारमा

बिशेष