प्रदेश निजामती सेवा नियमावली संशोधनका लागि ६ सदस्यीय कार्यदल गठन

लुम्बिनी प्रदेश सरकारले प्रदेश निजामती सेवा नियमावली संशोधनका लागि ६ सदस्यीय कार्यदल गठन गरेको छ । बरिष्ठ सहसचिव बाबुराम अधिकारीले लुम्बिनी प्रदेशका प्रमुख सचिवको जिम्मेवारी सम्हाल्दै उक्त नियमावली संशोधनका लागि आवश्यक कार्यदल गठन प्रक्रिया अगाडि बढाएका हुन ।

बिज्ञापन

गत २६ पुसमा बसेको मन्त्रिपरिषद् बैठकले १३ जना सचिवको सरुवा र २ जनालाई कामु जिम्मेवारी तोकेको थियो । जस अनुसार लुम्बिनी प्रदेशमा बाबुराम अधिकारी र मधेश प्रदेशमा मदन भुजेललाई कायम मुकायम तोकिएको छ ।

बिज्ञापन

रक्षा हुँदै उद्योग, बाणिज्य तथा आपुर्ती मन्त्रालयमा कार्यरत रहेका अधिकारीलाई प्रदेशको कामू सचिवको जिम्मेवारी दिएसँगै उनी आज त्यहाँ हाजिर भएका हुन । बुधबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय राप्ती उपत्यकामा प्रमुख सचिव अधिकारीलाई कार्यालयका सचिव अणप्रसाद न्यौपाने, ईश्वरराज पौडेल लगायत कर्मचारीहरुले प्रमुख सचिव अधिकारीको स्वागत गरेका थिए ।

जिम्मेवारी सम्हाल्दै प्रमुख सचिव अधिकारीले स्थानीय निजामती सेवा नियमावलीको मस्यौदा तर्जुमा र प्रदेश निजामती सेवा नियमावली, २०८० मा आवश्यक संशोधनकालागि कार्यदल गठन गर्ने निर्णयमा हस्ताक्षर गरेका छन् । कार्यदलमा प्रदेश सचिव ईश्वरराज पौडेलको संयोजकत्वमा ६ सदस्यीय रहेका छन् । जसमा कर्मचारी प्रशासन शाखाका उपसचिव, शासकीय सुधार तथा समन्वय शाखाका उपसचिव, आर्थिक मामिला तथा योजना मन्त्रालयका उपसचिव, आन्तरिक मामिला तथा कानून मन्त्रालयका उपसचिव सदस्य र मुख्यमन्त्री कार्यालयका कानुन उपसचिव सदस्य सचिव रहनेछन् ।

बिज्ञापन

यस्तै स्थानीय निजामती सेवा ऐन २०८१ तर्जुमा र प्रदेश निजामती सेवा ऐनमा आवश्यक संशोधन भइसकेको छ । अब दुवै ऐन कार्यान्वयनको लागि नियमावली बनाउन थालिएको हो ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

कानुनबाट फिर्ता भयो संघीय निजामती सेवा विद्येयक,३०- ५५ को प्रावधान यथावत

रसुवामा म्याद सकिएको विस्फोटक पदार्थ डिस्पोज गर्ने क्रममा विस्फोट, एकको मृत्यु, ६ घाइते

चार सय खरिदार- सुब्बा कटौती,संघीय मन्त्रालयमा दरबन्दी बनाइँदै शून्य

सचिवालयको दबाब : ‘कानुन, विधि हामी हेर्छौ,तपाई सही गर्नुहोस’

स्थायी संयन्त्रमाथि सचिवालय हाबी,अनुचित दबाब ठाडो इन्कार गर्ने प्रशासकहरुको दावी

पूर्वमन्त्री गोविन्दराज जोशीले अब जेलमा बस्न नपर्ने

अकिंत कर्णको कहालीलाग्दो संघर्ष : २७ प्रयास पछि बल्ल स्थायी नियुक्तिका लागि सिफारिस

एकैपटक म्याडमद्वारा महिनाभरको हाजिर

बिशेष